March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओस)ी ले एनओसी अवार्ड दिने घोषणा गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले एनओसी अवार्डको लागि स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ । एनओसीले पहिलोपल्ट प्रदान गर्न लागेको अवार्ड कार्यक्रम ओलम्पिक डेको अवसरमा जुन २३ मा हुनेछ । यसअघि कमिटीको १२औं साधारण […]
February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन्स संघको आयोजनामा अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् । हभागीलाई पुस्करराज पन्तले योग तथा ध्यान, राजेश पाण्डेले पब्लिक स्पिकिङ तथा […]
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सर्वोच्च अदालतले पछिल्लो आदेशले नेपाली खेलकुदमा दीर्घकालिन असर परेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२ औं साधारण सभाको मंगलबार उद्घाटन गर्दे मन्त्री गहतराजले भने, ‘देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्दछ ।’ सर्वोच्चले मन्त्री परिषद्ले कात्तिक ८ गते […]
December 15, 2021
प्रकाश तिमल्सिना, काठमाडौं सर्वोच्च अदालतले गत महिना मन्त्री परिषद्बाट बर्खास्त गरिएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पूर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सिलवाल सर्वोच्च गएका थिए । न्यायाधिश हरि फुयालको एकल इजलासले बुधबार सिलवाललाई […]
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– बेजिङ शितकालिन ओलम्पिक छनोटको तयारीका लागि इटाली जान लागेका स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले किट्स प्रायोजन गरेको छ । सफलरामलाई बिहीबार केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले किट्स हस्तान्तरण गरेका छन् । केल्मी नेपालले यसअघि ओलम्पिक र पारालिम्पिक खेल्ने नेपाली खेलाडीलाई पनि किट्स प्रायोजन गरेको थियो । त्यस्तै केल्मीले राष्ट्रिय भलिबल टोली महिला […]
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीले कमिटीका पूर्व महासचिव समेत लामा टेन्डी शेर्पाको निधनको १४औं पुण्य तिथिमा मंगलबार शोक सभा कार्यक्रमको आयोजना गरेको छ । शेर्पाको मंसिर ८ मा निधन भएको थियो । नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष रहेका टेन्डी शेर्पा राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष पनि हुन् । त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, […]
December 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई सोमबार स्वागत गरेको छ । सातदोबाटो स्थित एनओसी भवनमा संघिय सांसद समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय एनओसी र राखेपबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । […]
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको उनका बुवा लामा पासाङ शेर्पाले जानकारी दिए । नशा सम्बन्धी रोगले थला पर्नुअघि उनले अमेरिका, भारत […]