default_image

एसोसिएसन

October 1, 2018

आठौं राष्ट्रिय खेलकुदको मिति सर्‍यो

काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]

September 28, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । […]

September 28, 2018

‘धर्मश्री’ शारीरिक सुगठन अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तराष्ट्रिय शारीरिक सुगठनमा क्षेत्रमा नेपालको सर्वाधिक सम्मानित ‘धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्काे साता काठमाडौंमा हुने भएको छ । नेपालको पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको १५औं संस्करण असोज १९ र २० गते दुई दिन राजधानीमा हुने नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले शुक्रबार […]

September 27, 2018

प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]

September 23, 2018

जुम्ल्याहा दिदी बहिनी (मायांका र माहिका) सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् ।   सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र […]

September 18, 2018

गोपीचन्द्रलाई हाफ म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले संविधान दिवसको अवसरमा आयोजना भएको हाफ म्याराथनको उपाधि जितेको छ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदबाट मंगलबार बिहान भएको हाफ म्याराथनमा गोपीले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा १० मिनेट ५४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबमा होमलाल श्रेष्ठ दोस्रो […]

September 17, 2018

स्व. खेलाडीको परिवारलाई विमा रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेको थियो ।   स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी […]

September 15, 2018

‘खेलाडीको मनस्थिति बलियो नबनाए सफलता असम्भव’ –ओलम्पिन विष्ट

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टले राष्ट्रले खेलाडीको मनस्थिति बलियो बनाउनु पर्ने र खेलाडीले पनि निश्चित समयका लागि सम्पूर्ण समय खेलका लागि दिने हो भने सफलता सम्भव हुने बताएका छन् । इन्डोनेसियसामा यसै महिना सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालका अधिकांश खेलाडीले निराश पारेपछि डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा बोल्दै कीर्तिमानी विष्टले सरकारले खेलाडीको […]

September 13, 2018

विश्व सिनियर जुडो च्याम्पियनसिप खेल्न जुडो टोली अजरबैजान जाने

काठमाडौँ  (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । […]

September 3, 2018

एशियाली पदक विजेता पाराग्लाईडिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् । बिजयी खेलाडीहरुले […]

Success

Thank you for your time.