default_image

एसोसिएसन

September 3, 2018

एशियाली पदक विजेता पाराग्लाईडिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् । बिजयी खेलाडीहरुले […]

September 2, 2018

एसियाडको भब्य समापन, नेपाल एक पदकमै सीमित

जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । […]

August 31, 2018

मन्त्रीद्वारा खेलकुद पूर्वाधार निरिक्षण

काठमाडौं (हाम्रो खेलकुद) –युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् । यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र […]

August 31, 2018

एसियाड जुडोः पुनम रेपिचेजमा पराजित

जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन् जेसीसी प्लेनरी हलमा शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन् । ३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन् । […]

August 29, 2018

राखेप बार्षिकोत्सव सप्ताह सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ । एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन […]

August 29, 2018

एसियाडमा नेपाल पदक विहीन हुनबाट जोगियो, प्याराग्लाइडिङमा रजत पदक

जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।  एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]

August 28, 2018

एसियाड खेलकुद ११औं दिनः नेपाल अझै पदकविहीन, प्याराग्लाइडिङबाट बलियो सम्भावना

जकार्ता (हाम्रो खेलकुद) – १८औं संस्करणको एसियन गेम्सको आज ११औं दिन सकिएको छ । ११औं दिनसम्म पनि नेपाल पदकविहीन बनेको छ । एसियाडको १०औं दिन नै यसअघिका एसियन गेम्समा पदक जितेका तेक्वान्दो, कराते र बक्सिङको चुनौती सकिएको थियो । एसियाड सकिने संघारमा रहँदा नेपाल पदकविहीन हुने हो कि भन्ने अड्कल काटिरहँदा मंगलबार प्याराग्लाइडिङले केही खुशी […]

August 28, 2018

एसियाड कुरासः उपेन्द्र प्रि–क्वाटरफाइनलमा पराजित

जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगत कुरास खेलमा नेपालका उपेन्द्र थापा प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । जेसीसी एसेम्ली हलमा मंगलबार भएको पहिलो चरणमा पाकिस्तानका समिउल्लाह सेइदलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका उपेन्द्र उज्वेकिस्तानको बुरिभ रुस्लानसँग १०–० को अन्तर पराजित भए । यता, महिलातर्फ भगवती माझी […]

August 28, 2018

चोटका कारण याम साजनले २०० मिटर दौडिएनन्

जाकार्ता (हाम्रो खेलकुद)- नेपाली तीब्र गतिका धावक यामसाजन सुनारले चोटका कारण पूरुष २०० मिटर दौडमा अनुपस्थित रहेका छन् । जेरोला बुङकार्नोमा मंगलबार बिहानको लागि तय भएको पुरुष २०० मिटर दौडमा हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम रहेपनि मांशपेशीको दुखाईका कारण रेस त्याग्नु परेको हाम्रो खेलकुदलाई जानकारी दिए । यामसाजनको २०० मिटरमा भने २१.७५ सेकेन्डको […]

August 27, 2018

एसियाड १०औं दिनः नेपाललाई पदक दिलाउने तेक्वान्दो, कराते र बक्सिङ पदकविहीन

जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै […]

Success

Thank you for your time.