default_image

एसोसिएसन

May 6, 2023

पोखरा स्पोर्ट्स अवार्ड– सावित्रा र करण वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र राष्ट्रिय क्रिके टोलीका बलर करण केसी सातौं पोखरा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार भएको अवार्डामा आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुष्मिता थापालाई पछि पार्दै सावित्रा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]

May 4, 2023

नवौंको स्वर्ण विजेतालाई पुरस्कार वितरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ । राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ । ८ सय ४० स्वर्णका […]

May 3, 2023

लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । यसअघि प्रधानमन्त्री दाहालले नै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बुधबार ३ मन्त्री नियुक्त गर्दा लिम्बुको जिम्मेवारीमा खेलकुद मन्त्रालय परेको छ । कांग्रेसका […]

May 2, 2023

सागकी स्वर्ण पदक विजेता सन्तोषी स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ झन्डै अढाई महिनापछि मंगलबार स्वदेश आइपुग्दैछिन् । नेदरल्यान्ड्सबाट सोमबार हवाई यात्राको तयारीमा रहेकी सन्तोषले मंगलबार दिउँसो ३ बजेको आसपासमा स्वदेश आइपुग्ने जानकारी दिएकी छिन् । एक महिना भन्दा लामो समय इथोपियामा प्रशिक्षण गरेकी सन्तोष पछिल्लो एक महिनाभन्दा लामो समय नेदरल्यान्ड्समा रहेकी […]

April 30, 2023

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीलाई ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक ग¥यो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद […]

April 30, 2023

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको स्पर्धामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै […]

April 29, 2023

लङजम्पमा सुदीपको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुदीप थारुले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् ।लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम ग¥यो । […]

April 28, 2023

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारवदेखि सुरु भएको छ । प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सहायले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने […]

April 28, 2023

सुजल र आरुषीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली […]

April 27, 2023

खेलकुद बिमालेखमा छलफल

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद बिमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद बिमालेख तयार गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो । खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उदेश्य […]

Success

Thank you for your time.