default_image

एसोसिएसन

September 3, 2022

केल्मीको विक्रेता कामारुलाई राखेपको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री तथा पोशाक उत्पादक केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा लि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सम्मानित भएको छ । राखेपले आफ्नो ५९ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट खेल सामाग्री उत्पादकका रुपमा कामारुलाई सम्मान गरेको हो । प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्मान ग्रहण गरेका थिए । […]

September 3, 2022

आचार्य र कार्की राखेप उत्कृष्ट खेलकुद पत्रकारबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राष्ट्रिय समाचार समितिकी मुना कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारबाट सम्मानित गरेको छ । राखेपको ५९ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा आचार्य र कार्की सम्मानित भएका हुन् । राखेप उपाध्यक्ष शिव कोइरालाले उनीहरुलाई ट्रफी र नगद हस्तान्तरण गरे […]

September 3, 2022

पलेशा र किरण राखेप वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]

September 2, 2022

तानडोरीमा काठमाडौं पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं पहिलो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत […]

August 30, 2022

राखेपको वार्षिकोत्सवमा दीपावली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा सोमबार दीपावली गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको केन्द्रीय कार्यालयका साथै सातै प्रदेश र ७७ जिल्लामा वार्षिकोत्सवका अवसरमा दीपावली गरिएको थियो । केन्द्रीय कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बेलुन उडाएर वार्षिकोत्सवको शुभारम्भ गरे । वार्षिकोत्सवका अवसरमा आइतबार राखेप कर्मचारीबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन […]

August 30, 2022

तालिमको निर्देशकमा दाहाल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी हिमालराज दाहालले पाएका छन् । यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । दाहाललाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सोमबार पत्र हस्तान्तरण गरे । सोही अवसरमा विकलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको […]

August 29, 2022

झापाबाट छानिए ४ सय ४९ खेलाडी

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल्न झापाबाट ४ सय ४९ जना खेलाडी छानिएका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिताबाट सोमबार २७ खेलका महिला र पुरुष गरी ४ सय ४९ छानिएका हुन् । झापाबाट छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग […]

August 28, 2022

पाँचथरबाट १६ खेलका २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्ने

दीपक बोहोरा, पाँचथर गण्डकी प्रदेशमा अर्को हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा प्रदेशस्तरीय छनोटमा पाँचथरले १६ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश छनोटमा १६ खेलमा २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद बोर्डले दिएको कोटा अनुसार फुटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, टेबल–टेनिस, कबड्डी , कुस्ती, […]

August 27, 2022

‘ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं’ – मन्त्री अथक

कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]

August 26, 2022

नवौं राष्ट्रिय खेलकुद – बागमतीले ९ खेलमा स्वर्ण जित्नेलाई मासिक भत्ता दिने

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको तयारी र योजना सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले स्वर्ण पदक विजेतालाई मासिक […]

Success

Thank you for your time.