default_image

एसोसिएसन

April 11, 2024

अन्तरप्रदेश खेलकुद– बागमती अगाडि

भरतपुर (हाम्रो खेलकुद) – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ । विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष […]

April 11, 2024

राष्ट्रपति रनिङ सिल्ड – ६ सय ८६ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सात प्रदेशका ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । वैशाखको ४ गते देखि ६ गते सम्म हुने प्रतियोगितामा ६ खेलमा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने त्रिपुरेश्वरस्थित राखेपमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा […]

April 11, 2024

धावक गोपीलाई केएल दुगडले १ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)– लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, […]

April 10, 2024

अन्तरप्रदेश खेलकुद– लुम्बिनी र कर्णाली सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – लुम्बिनी र कर्णाली प्रदेश प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो । अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली अन्तिम चारमा पुगेको छ […]

April 10, 2024

पलेशाको तयारीका लागि २ लाख बढी हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् । अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् । पलेशाको तयारीका लागि नेसनल […]

April 10, 2024

फाल्डो जुनियर टुर – सदभाव, इदान्त र अवानी अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ-आफ्नो उमेर समूहको शीर्षस्थानमा रहेन सफल भएका छन्। नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा सुरु भएको च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव ५-अन्डर ६३ को उत्कृष्ट स्कोर […]

April 10, 2024

गोपी लन्डन म्याराथनका लागि शुक्रबार जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्। नेपालगञ्ज म्याराथनले बुधबार गोपीका लागि विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ला सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे। लन्डन म्याराथन वैशाख ९ […]

April 9, 2024

भारतीय सुधिरलाई बुद्धिचाल उपाधि, रुपेश दोस्रो

बुटवल( हाम्रो खेलकुद)- भारतीय सुधिर कुमार सिन्हाले कर्णेल उजिर सिंह थापाको स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। बुटवल उपमहानगरपालिका बेलबास -१३ मा मंगलबार सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड सुधिर पहिलो भएका हुन् । अपराजित रहेका उनले ट्रफि सहित २ लाख रुपैयाँ प्राप्त गरे। अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने […]

April 9, 2024

कर्णाली हाफ म्याराथन अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अर्को महिना हाफ म्याराथन आयोजना हुने भएको छ । रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन वैशाख २९ गते हुने बताइएको छ। कर्णालीमा प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हाफ म्याराथन […]

April 8, 2024

वर्षा र अमृतलाई एकल कातामा स्वर्ण

भरतपुर (हाम्रो खेलकुद))– प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पहिलो दिन महिला एकल कातामा सुदूरपश्चिमकी वर्षा साउद र पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण पदक जितेका छन् । भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा सोमबार सुरु भएको करातेको महिला एकल कातामा बागमतीकी एलिना थिङले रजत तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई कास्य […]

Success

Thank you for your time.