April 4, 2021
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । आफ्नो प्रशिक्षण करिअरमा पहिलो पटक सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका ३९ वर्षीय अलमुताइरीले पहिलो पटक सार्वजनिक रुपमा बोल्दै राष्ट्रिय टोलीमा प्रचुर सम्भावना रहेको अभिव्यक्ति दिए । खेलाडीका रुपमा गोलरक्षक रहेका अलमुताइरीले लामो समय खेल्न […]
March 30, 2021
भुपेन्द्र जि.सी, काठमाडौं सन्जोक राई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उत्पादन गरेको स्वर्णिम ब्याचका सदस्य हुन् । तर एकेडेमीमा आफूसँगै खेलेका सहकर्मी राष्ट्रका लागि एक पछि अर्को उपाधि जितिरहँदा सन्जोक भने आफ्नै कारणले टोलीमा थिएनन् । एकेडेमी छाडेका झन्डै ६ वर्षपछि सन्जोकले राष्ट्रिय टोलीमा डेब्युको अवसर पाए । र दोस्रो खेलमा गोल गर्दै घरेलु […]
March 24, 2021
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । दशरथ रंगशालामा जारी थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका दौरान विराजले औपचारिक रुपमा सन्यास लिनेछन् । एक वर्ष भन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्व कप छनोटको खेलमार्फत सन्यास लिने सोच बनाएका थिए । […]
March 20, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनका लागि शुक्रबार काठमाडौंमा खेलाडी अक्सन सम्पन्न भयो । राष्ट्रिय स्तरको फुटबलमा पहिलोपटक गरिएको अक्सनले लिगको माहोल परिवर्तन पक्कै गरेको छ । अक्सनमा केहि खेलाडी अपेक्षा गरेभन्दा महँगोमा विक्री भए त केहि ठूला नाम बिकेनन् । विश्वकै सर्वाधिक चर्चामा रहने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को […]
March 16, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा ब्याटिङ सबैभन्दा ठूलो चिन्ताको विषय हो । महिला होस् वा पुरुष, उमेर समूह होस् वा सिनियर सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा हारको कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ । नेपाली क्रिकेटमा शतक कमै मात्रमा देखिन्छ । व्यक्तिगत अर्धशतकका लागि नै खेलाडीहरु संघर्ष गरेको देखिन्छ । तर पछिल्ला समय अर्धशतकको संख्या बढ्दो छ […]
March 7, 2021
सुबास हुमागाईं, काठमाडौं भलिबलमा कृपा अधिकारीको नाम लिँदा न्यु डायमन्डसँगको उनको नाता स्वतः जोडिएर आउँछ । १२ वर्षसम्म न्यु डायमन्डको जर्सीमा खेलेकी कृपाले तीन वर्षअघि अकस्मात क्लबबाट भौतिक नाता भने तोड्नुपर्यो । नेपालगन्जमै भएको प्रधानमन्त्री कपमा न्यु डायमन्डको जर्सीमा अन्तिम पटक उत्रेकी उनै कृपा तीन वर्षपछि सोहि प्रतियोगिताको सातौं संस्करणमा आइतबार पूर्व टोलीविरुद्ध पहिलो पटक खेल्ने […]
March 4, 2021
भुपेन्द्र जिसी, काठमाडौं ‘हरि! हरि! हरि! हरि!’ पोखरा रंगशालास्थित भलिबल कोर्टमा गण्डकी प्रदेशले टाइगर कपको उपाधि जित्दा हजारौं दर्शकहरुको मुखारविन्दमा एकै नाम थियो, हरि पाण्डेयको । घरेलु समर्थकको बीचमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दा टोलीका कप्तान हरिको देब्रे हाते स्पाइक निर्णायक पनि सावित भयो । यसै पनि दर्शकमाझ चर्चामा रहिरहने हरिको उक्त […]
February 16, 2021
भुपेन्द्र जिसी, काठमाडौं विरेन्द्र यादव सप्तरीतिर २०४० को मध्यदशकमा भलिबल खेलाडीका रुपमा चर्चित नाम थिए । घरेलु भलिबलमा उनले पुर्वान्चलबाट झन्डै दर्जन प्रतियोगिता खेले । कम उचाइका कारण राष्ट्रिय टोलीको यात्रा भने तय गर्न सकेनन् । आफ्नो चाहना पूरा हुन नसकेपछि छोरा विवेकलाई भलिबलको राष्ट्रिय खेलाडी बनाउने इख उनले राखेका थिए । तर विवेक सानो उमेरदेखि नै भलिबल भन्दा क्रिकेटमा बढी […]
February 10, 2021
भुपेन्द्र जिसी, काठमाडौं सुदूरपश्चिम प्रदेशका युवा ब्याट्सम्यान तथा विकेटकिपर १८ वर्षिय खडक बहादुर बोहरा पहिलो पटक नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परे । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणलाई ३२ सदस्य टोली बोलाउँदा सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिनिधित्वको रुपमा खडक परेका थिए । बैतडी सुदूरपश्चिम प्रदेशको एक भौगलिक विकट, दुर्गम र आर्थिक रुपमा पछि परेको […]
February 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं कर्णाली प्रदेशको जाजरकोट आर्थिक देखि भौगलिक लगायत अधिकांश पक्षमा पिछडिएको जिल्ला हो । सामान्य जीविका निर्वाह गर्न नै धौधौ पर्ने जाजरकोटमा खेल प्राथमिकता त पर जावोस्, खेल्ने नै कम भेटिन्छन् । कहिलेकाहीं फुर्सदमा बालबालिकाले खेल्नेबाहेक खेलकुद, अझ क्रिकेट शून्यप्राय छ । स्थान बिकट हुँदा खेलका कार्यक्रम कम होलान्, तर प्रतिभा र रुचिलाई भने यसले रोक्न सक्दैन । त्यसका […]