default_image

Author

April 18, 2021

नेपाली समर्थकसामु ध्यान गुमाएका शतकधारी

सुबास हुमागाईं, काठमाडौं ओपनर म्याक्स ओडाउडले आइतबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सको क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरे । मलेसियाविरुद्ध आक्रामक ब्याटिङको उम्दा नमुना प्रस्तुत गर्दै उनले डच क्रिकेटका लागि अन्तर्राष्ट्रिय टि२० मा पहिलो शतक बनाए । मलेसियाविरुद्ध सुरुवातमा केहि संयमित देखिएका म्याक्सले अन्त्यतिर भने आक्रामक ब्याटिङ गर्दै विश्व क्रिकेटकै उत्कृष्ट मध्यको एक इनिङ खेले […]

April 16, 2021

त्रिकोणात्मक सिरिज : ग्लोबल टि२० विश्वकप छनोट तयारीको सुरुवात

भुपेन्द्र जि.सी, काठमाडौं नेपालले शनिबार घरेलु मैदान टियुमा नेदल्याड्ससँग खेल्दै त्रिकोणात्मक टि२० आई सिरिजको सुरुवात गर्दै छ । नेपाल क्रिकेट संघ (क्यानं) को आयोजनामा नेपाल, नेदरल्याड्स र मलेसियाबीच डबल राउन्ड रोविनको आधारमा त्रिकोणात्मक टि२० आई सिरिज हुने छ । लिगमा समान चार खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । १४ महिनापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न […]

April 15, 2021

सदाबहार साहब!

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीलाई राष्ट्रिय टोलीमा पर्न पहिला घरेलु वा उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । उत्कृष्ट प्रदर्शन र क्षमताले मात्र राष्ट्रिय टोलीमा परिन्छ भन्ने हुँदैन । टोलीमा उक्त भूमिका आवश्यक छ वा छैन त्यो बढी महत्वपूर्ण हुन्छ । आवश्यक छ भने छोटो समयमै अवसर पाउछ । छैन भने लामो समय धैर्यता र […]

April 14, 2021

नेपाली क्रिकेट २०७७ वर्षलाई फर्केर हेर्दा…

भुपेन्द्र जि.सी. / काठमाडौं कोरोना महामारीको भुमरिमा फसकेको नेपाली क्रिकेट २०७७ निस्कने प्रयासमा सकिएको छ । कोरोना महामारीले लकडाउनबाट सुरुवात भएको नयाँ वर्ष अन्त्य ललितपुर मेयर वुमन्स च्याम्पियनसिप हुँदै भयो । २०७७ अन्तर्राष्ट्रिय खेल विहिन बनेपनि घरेलु मैदानमा नेदरल्याड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजका साथ २०७८ को सुरुवात गर्ने छ । २०७७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन […]

April 13, 2021

१९ वर्षीय स्यान्सु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा!

सुबास हुमागाईं, काठमाडौं कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट अन्तर्गत नेपालको बाँकी रहेका तीन खेललाई लक्षित गर्दै ३२ सदस्यीय टोली घोषणा गरेका छन् । घोषणा भएको टोलीमा ४ नयाँ अनुहार समेटिएका छन् । प्रशिक्षक अलमुताइरीले कतारमा रहँदै आएका १९ वर्षीय मिडफिल्डर स्यान्सु भुषाललाई पनि टोलीमा समेटेका छन् । कतारको अल वाक्रा क्लबको यू-२३ टोलीमा खेल्दै आएका […]

April 13, 2021

व्यस्त सिनियर टोली, शून्य उमेर समूह

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि काम गर्दा जग बलियो हुन सकेन भने त्यसको अन्तिम नतिजामा दीर्घकालीन असर पर्छ । बलियो जगविना सफल नतिजाको परिकल्पना गर्न सकिदैन । धेरै पक्षमा बलियो जग नै सफलताको आधार हुन्छ । नेपाली क्रिकेट भने पछिल्लो समय जग बसाल्ने पक्षमा चुक्दै आएको छ । सिनियर टोली एकपछि अर्को प्रतियोगिता खेल्दा उमेर समूहको गतिविधि  शून्य जस्तै छ । सिमित […]

April 10, 2021

आमा बनेपछि मैदान फर्कन आतुर अञ्जली

भुपेन्द्र जि.सी, काठमाडौं कोहीपनि महिला खेलाडीलाई विवाह र त्यसपछि आमा बन्ने निर्णय लिनु कठिन कार्य हो । अझ खेल करिअरको उच्च विन्दुमा पुगेर यो निर्णय लिन निकै साहस चाहिन्छ । कतिपय अवसथामा परिवारबाट उचित साथ र सहयोग नपाए खेल नै छोड्नुपर्ने हुन्छ । नेपालको परिपेक्षमा विवाह भन्दा अझ कठिन क्षण आमा बन्दा हो । सन्तान लाभपछि […]

April 8, 2021

त्यो आँसुपछिको यो हाँसो

सुबास हुमागाईं, काठमाडौं पछिल्लो पटक रंगशालामा भएको फाइनलमा आँखाभरी आँसु बोकेर स्ट्रेचरमा मैदान छाडेकी प्रतिभा मालीको बिहीबार फाइनल सकिँदा पनि आँखा ओभानो रहेन । दुखपछिको खुसीको थप महत्त्व हुने भएकोले नै होला अन्य खेलाडीभन्दा स्पाइकर प्रतिभालाई न्यु डायमन्ड लिग च्याम्पियन बन्दाको क्षण केहि विशेष थियो । गत वर्ष माघमा न्यु डायमन्ड विरुद्ध एपिएफको फाइनल, प्रतिस्पर्धात्मक खेलमा […]

April 7, 2021

सुनसान टियु मैदान

भुपेन्द्र जिसी, काठमाडौं समर्थक नेपाली क्रिकेटको सबैभन्दा बढी प्रेरणा, शक्ति र हौसलाका स्रोत हुन् । नेपाली समर्थकको माया, साथ, सहयोग र हौसला अमूल्य र अद्भुत छ । जसलाई शब्दमा बयान गर्न सकिँदैन । घरेलु क्रिकेट होस् वा अन्तर्राष्ट्रिय समर्थकले सबैमा राम्रो साथ दिने गर्दछन् । तर शनिबारबाट सुरु भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगितामा […]

April 6, 2021

एएफसी कप छनोट : आर्मीका खेलाडीमा कोरोना संक्रमण

सुबास हुमागाईं, काठमाडौं एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको खेल खेल्ने तयारीमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडीमा कोरोना संक्रमण देखिएको छ । श्रीलंका पुलिस स्पोर्टस् क्लबसँगको खेलको पूर्व सन्ध्यामा मंगलबार साँझ आर्मी टोलीले दशरथ रंगशालामा प्रशिक्षण गर्दा ४ खेलाडी अनुपस्थित थिए । स्रोतका अनुसार खेलको अघिल्लो दिन गरिएको कोरोना परिक्षणमा चार खेलाडी र […]

Success

Thank you for your time.