default_image

सुबास हुमागाईंका लेखहरु

December 19, 2022

मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

सुबास हुमागाईं हिजोसम्म विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी को थियो भन्ने प्रश्न सुन्ने बितिक्कै सबैको मस्तिष्कमा दुई नाम आउँथ्यो । तर आइतबार कतारको लुसेल रंगशालाबाट विश्वकप इतिहास मात्र नभएर समग्र फुटबल इतिहासकै उत्कृष्ट मध्यको खेलबाट विश्वले अर्जेन्टिनालाई च्याम्पियनको रुपमा पाएको छ । र अर्जेन्टिनाको उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा निसन्देह मात्र एक नाम पनि […]

November 27, 2022

साउदी सफलतामा नेपाली फिजियोको साथ

सुबास हुमागाईं, कतार अर्जेन्टिनाविरुद्ध समूह चरणको पहिलो खेलमा साउदी अरेबियाले सनसनीपूर्ण जित निकाल्यो । मेस्सीको गोलमा अग्रता लिएको अर्जेन्टिनाविरुद्ध साउदीका सालेह अल शेहरीले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनाविरुद्ध गोल गरेका अल शेहरी विश्वकप यात्रामा नेपालको नाम पनि जोडिन्छ । विश्वकपको केहि महिनाअघि घाइते भएका उनको रिह्याबिलिटेसनमा नेपाली फिजियोको सहभागिता थियो । अल शेहरी आफैंले […]

November 26, 2022

जो आफ्नै देश अर्जेन्टिनालाई विश्वकपबाट निकाल्ने प्रयासमा छन्

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ मा उपाधिको दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोर्दै खराब सुरुवात गर्यो । साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा मेक्सिकोसँग पराजित भएको अवस्थामा समूह चरणबाटै बाहिरिने डर छ । लिओनेल मेस्सीका लागि सारा अर्जेन्टिनी समर्थक मात्र नभएर अन्य देशबाट फुटबल प्रेमी अर्जेन्टिनी जितको अपेक्षामा रहँदा एक अर्जेन्टिनीको […]

November 19, 2022

प्रिमियर लिगकै भरमा समूह बी पार गर्ने प्रतिस्पर्धा

सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने देखिएको समूह बीमा प्रिमियर लिग खेल्ने खेलाडीको भरमा तीन टोली छन् । इंग्ल्यान्डको टोलीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका मिडफिल्डर जुड बेलिंघमबाहेक सबै खेलाडी प्रिमियर लिगका हुन् । गत संस्करणको युरोपेली च्याम्पियनसिपमा फाइनल र सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको इंग्ल्यान्ड यसपटक […]

November 11, 2022

कतार विश्वकपबारे उत्साहित हुने २२ कारण

सुबास हुमागाईं, काठमाडौं फिफा विश्वकप २०२२ अर्को साताबाट कतारमा सुरु हुँदैछ । फिफा विश्वकपको २२ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको कतार पहिलो पटक विश्वकप खेल्दैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले त्यसयता खेल संरचना निर्माणमा निकै मिहिनेत गरेको छ । कतारले विश्वकप आयोजनाका लागि थुप्रै संरचना निर्माण गरेको छ । विश्वकप आयोजना हुने भएपछि […]

September 22, 2022

नेपालजस्तो ७ साता होइन, ७ वर्षअघि सुरु भएको थियो च्याम्पियन बंगलादेशको तयारी

सुबास हुमागाईं, काठमाडौं नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ७ साताको तयारी गरेको थियो । प्रशिक्षक कुमार थापाले टोली तयार गर्नका लागि ७ साता समय पर्याप्त रहेको बताएका थिए । उपाधि जित्ने लक्ष्यसाथ मैदान ओर्लिएको टोली फाइनलमा बंगलादेशसँग पराजित भयो । भारतलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको नेपाली टोली […]

September 18, 2022

बंगलादेशकी सदाबहार सहयात्री सविना

सुबास हुमागाईं, काठमाडौं बंगलादेशले सन् २०१० मा घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपको पहिलो संस्करण आयोजना गर्दा सविना खातुन मात्र १६ वर्षकी थिइन् । कलिलो उमेरमै राष्ट्रिय टोलीको आक्रमण सम्हाल्ने जिम्मेवारी पाएकी उनी हाल राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छिन् । नेपालमा जारी साफ च्याम्पियनसिपमा आक्रामक मिडफिल्डरको जिम्मेवारी निर्वाह गरिरहेकी उनले ८ गोल गरिसकेकी छिन् । सविनाले […]

September 17, 2022

बंगलादेशविरुद्ध महाभूकम्पले बिथोलेको ‘त्यो’ फाइनल

सुबास हुमागाईं, काठमाडौं विसं २०७२ वैशाख ११ / सन् २०१५ अप्रिल २४ – शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १-० लाई पराजित गर्दै नेपाल फाइनलमा । फाइनलमा उपाधिका लागि बंगलादेशसँग भिड्ने । प्रतियोगिता – एएफसी यू-१४ च्याम्पियनसिप २०१५ (साउथ एन्ड सेन्ट्रल रिजन) विसं २०७९ भदौ ३१ / सन् २०२२ सेप्टेम्बर १६ – शुक्रबार दशरथ रंगशालामा […]

September 4, 2022

इतिहास रच्न आतुर नेपाल : टोलीभित्र अभावसँगै आन्तरिक प्रतिस्पर्धा

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली मंगलबारदेखि सुरु हुने छैटौं साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबलकै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि पटक पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख भएको नेपाली टोलीलाई दशरथ रंगशालामा स्वर्णीम इतिहास रच्ने अवसर छ । खेलाडीसँगै प्रशिक्षक कुमार थापा पनि इतिहासमा नाम लेखाउन मिहिनेत गरिरहेका छन् । यसअघि […]

August 23, 2022

प्रशिक्षक हुमागाईको झुट र एन्फाको लाचार निर्णय

सुबास हुमागाईं, काठमाडौं समान्यतया मुख्य प्रशिक्षक अनुपस्थित हुँदा उनको स्थान लिने सहायक प्रशिक्षक हुन्छन् । तर नेपालको हकमा भने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको अनुपस्थिति हुनेबितिक्कै एक खेल नै सहि, पूरै प्रशिक्षण टोली नै फेर्ने नयाँ र निकै खराब प्रयोग अघि सारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण […]

Success

Thank you for your time.