default_image

breaking big news

June 10, 2020

च्याम्पियन्स लिग रद्द भए एटलेटिको च्याम्पियन हुनुपर्ने दावी

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले कारणवश च्याम्पियन्स लिगको सिजन अन्त्य हुन नसकेको खण्डमा आफूलाई च्याम्पियन घोषणा गर्नुपर्ने जनाएको छ । क्लबका अध्यक्ष एन्रिके सेरेजोले स्पेनिस रेडियो ओन्दा सेरोसँग दिएको अन्तर्वार्तामा बोल्दै साविक विजेता लिभरपुललाई हराएको कारण प्रतियोगिता रद्द भएमा आफ्नो क्लबलाई च्याम्पियन घोषणा गर्नुपर्ने माग राखेका हुन् । एटलेटिकोले राउन्ड अफ १६ को खेलमा […]

June 9, 2020

मधेशी आयोगले एन्फा अध्यक्ष शेर्पालाई सचेत गरायो

प्रकाश तिमल्सिना,काठमाडौं मधेशी आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई तराईमा राष्ट्रियताको कमी रहेको भन्ने जस्ता अभिव्यक्ति नदोहोराउन सचेत गराएको छ । जेठ महिनाको सुरुवातमा एक वेब पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रासरुट फुटबलका विषयमा बोल्ने क्रमाम शेर्पाले तराईमा राष्ट्रियता कमी रहेको बताएपछि विवादमा तानिएका थिए । उनको त्यो अभिव्यिक्तिका विषयमा प्रतिनिधि सभामा […]

June 9, 2020

राखेप सदस्य सचिव भन्छन् – भलिबल कभर्ड हलका लागि ५० लाख !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले भलिबलको कभर्ड हल निर्माणका लागि रातो किताबमा ५० लाख रुपैयाँ छुट्टाइएको बताएका छन् ।   युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेल भलिबलका लागि केहि रकम छुट्टाइएको जानकारी दिएको भोली पल्ट मंगलबार सदस्य सचिव सिलवालको यस्तो दाबी सार्वजनिक भएको हो । प्रतिनिधि […]

June 8, 2020

आरोप प्रमाणित गर्न सांसद यादवलाई खेलकुद मन्त्रीको चुनौती

प्रकाश तिमल्सिना, काठमाडौं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफुमाथि सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग १७ करोड रुपैयाँ लिएको भन्ने आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । आर्थिक वर्ष २०७७/०७८ विनियोजित बजेटअन्तर्गत आफ्ना मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सोमबार सांसद यादवलाई आफ्नो आयश प्रष्ट पार्न वा आरोप […]

June 7, 2020

लिगलाई मात्र एन्फाको १९ करोड भन्दा बढीको बजेट

प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा-जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ । यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ […]

June 7, 2020

क्यानले राष्ट्रिय टोलीलाई प्रशिक्षण अनुमतीको माग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) — कोरोना भाइरस (कोभिड-१९) कारण झण्डै तीन महिनादेखि प्रशिक्षण विहिन बनेको राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन सरकारसँग नेपाल क्रिकेट संघ (क्यान) ले माग गर्ने भएको छ । शनिबार बसेको अनलाइन बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन माग गर्नेदेखि केन्द्रिय सम्झौताको सुचिमा रहेका खेलाडीको पारिश्रमिक बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) […]

June 7, 2020

अन्तर्राष्ट्रिय पुम्सेमा दावालाई पनि स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । गए राती भएको प्रतिस्पर्धामा मुस्कान सेवाका दावा शेर्पाले स्वर्ण पदक जितेका हुन् । दावाले कलर बेल्टमा पहिलो स्थान प्राप्त गरेका हुन् । च्याम्पियनसिपको तेस्रो दिन सष्मिता केसी र अर्जुन तामाङले रजत पदक जितेका छन् । माइती नेपालीकी सष्मिताले पनि कलर बेल्टमा […]

June 6, 2020

खेलकुद मन्त्री भन्छन् – ‘आरोपको जवाफ संसदबाटै दिन्छु ‘

प्रकाश तिमल्सिना, काठमाडौं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफुमाथि सांसद प्रदीप यादवले लगाएको गम्भिर आरोपको जवाफ प्रतिनिधि सभाको बैठकबाटै दिने बताएका छन् । पर्साका सांसद यादवले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का कर्मा छिरिङ शेर्पाले तराईमा राष्ट्रियताको कमी रहेको भन्ने विवादास्पद अभिव्यक्तिको छानबिनको माग गर्ने क्रममा खेलकुद मन्त्रीले १७ करोड रुपैयाँ लिएको आरोप […]

June 6, 2020

रोनाल्डो बने पहिलो बिलियनर अर्थात खर्बपति फुटबल खेलाडी

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर (एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने) बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन् । बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई […]

June 5, 2020

दशैंअघि नै दशरथ रंगशालामा नेपाल र अष्ट्रेलिया खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति शुक्रबार एएफसीले सार्वजनिक गरेको छ । यसअघि विश्वकप छनोटका लागि दशरथ रंगशाला […]

Success

Thank you for your time.