February 20, 2018
विगान (एजेन्सी) – गए राति एफए कपको पाँचौं राउन्डको खेलमा म्यानचेस्टर सिटी विगान एथ्लेटिकसँग १-० ले पराजित भएको छ । सो हारसँगै सिटी एफए कपबाट पनि बाहिरिएको छ । पहिलो हाफमा खेल सिटीले नियन्त्रणमा राखे पनि गोल गर्न असफल भएको थियो । त्यस्तै पहिलो हाफको अन्तिम समयमा म्यानचेस्टर सिटीका मिडफिल्डर फाबियन डेल्फले ट्याकलका लागि रातो […]
February 19, 2018
हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छ । वनविज्ञानको खेल मैदानमा सुदूरपश्चिम ११ लाई सोमबार टाइब्रेकरमा ५–३ हराउँदै आर्मी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि हेटौंडा गोल्डकपको अन्तिम चारमा पुगेको हो । गत शनिबारमात्र सिमरा गोल्डकपको उपाधि जितेर हेटौडा गोल्डकपमा सहभागिता जनाएको आर्मीले […]
February 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– हङकङ महिला फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । हङकङमा सोमबार भएको मैत्रीपूर्ण खेलमा एपिएफले घरेलु टोलीलाई ३–१ ले हराएको छ । एपिएफको जितमा सावित्रा भण्डारीले २ र अर्को गोल अन्जली तामाङले गरिन् । अन्जलीको गोलबाट अग्रता लिएको एपिएफका लागि राष्ट्रिय महिला टोलीकी फरवार्ड समेत रहेकी सावित्राले […]
February 19, 2018
बेटिस (एजेन्सी) – गए राति स्पेनिस लालिगामा रियल म्याड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको छ । रियलको जितमा मार्को एसेन्सियोले दुई गोल गरे । खेलको एघारौं मिनेटमा एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आइसा मान्डिको गोल र नाचोको आत्मघाती गोलमा घरेलु टोली रियल बेटिसले अग्रता लिएको थियो । दोस्रो हाफमा भने रियलले […]
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बाब्वेमा खेलिने आइसीसी विश्वकप छनोट २०१८ का लागि नेपाली टोलीको घोषणा भएको छ । टोलीमा एक नयां अनुहार ललित नारायण राजवंशी समावेश भएका छन् । हालै नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता भएको नेपालले आगामी आइसीसी विश्वकप छनोट २०१८ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । […]
February 18, 2018
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन […]
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले आइतबार हिरो इन्डियन लिग (आइ लिग) मा सफलता प्राप्त गरेको छ । मोहन बहानले नेरोकालाई ३–२ ले हराएको छ । हारका वावजुद नेरोका ३१ अंकका साथ शीर्षस्थानमा छ । नेरोकाले १७ खेल खेलिसक्दा दोस्रो स्थानमा रहेको मिनेर्भा (२०) ले १४ तथा […]
February 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रि«य फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले प्रेसिडेन्ट कप २०१८ को उपाधि जितेको छ । बाली युनाइटेडलाई शनिबार ३–० ले हराउँदै जाकार्ता च्याम्पियन बनेको हो । च्याम्पियन जाकार्ताले २ लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको रोहितका दाजु रविन्द्रले हाम्रो खेलकुदलाई जानकारी दिए । सेमिफाइनलको दोस्रो लेगमा आराम […]
February 17, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा थ्रीस्टारलाई २-० ले हराउँदै आर्मीले सिजनको पाँचौं उपाधि हात पारेको छ । खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा बक्स […]
February 17, 2018
सिमरा (हाम्रो खेलकुद)– जारी ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भैरहेको खेलको दोस्रो हाफमा नेपाल आर्मीले आग्रता लिएको छ। खेलको ५८ औ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीले अग्रता लिएको हो । खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका हुन्। खेलको ५८ मिनेटमा […]