June 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई गोल्छा अर्गानाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षको ७५ लाखको प्रायोजन सम्झौता भएको हो। प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख […]
June 19, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ । फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने […]
June 19, 2017
सुबास हुमागाईं काठमाडौँ – आज बाट किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने भनिएको एसियन क्लब प्रिमिएर लिग टि-२० (एपिएल टि-२०) तयारी पुरा नभएका कारण सुरु हुन सकेन। दिनको २ बजे खेल सुरु हुने र १ बजे उद्घाटन कार्यक्रम गरिने भनिएपनि खेल भने हुनसकेन। सामान्यतया खेलको १ घण्टा अगाडीबाट खेलाडीहरु मैदानमा वार्म अप गरिरहेका हुन्थे […]
June 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ। प्रतियोगिता जानुअघि टोलीबाट १४ खेलाडीलाई अन्तिम टोलीमा समेटिने छ भने ४ खेलाडी वैकल्पिकका रुपमा रहनेछन्। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको […]
June 18, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई फाइनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको भारतले राम्रो सुरुवात गर्न सकेन। ओपनर फखर जमानले शतक बनाएपछि पाकिस्तानले ३ सय ३८ रनको योगफल खडा गरेको थियो। जमानले १ सय ६ बलमा १ […]
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका प्रख्यात पर्वतारोही संजय पण्डितको पर्वतारोहणको क्रममा अमेरिकामा मृत्यु भएको छ। प्युठानमा जन्मिएका पण्डित अलास्काको माउन्ट डेनाली आरोहणका लागि अमेरिका पुगेका थिए। नेपालका आधा दर्जन भन्दा बढी हिमाल चढिसकेका संजयको शुक्रबार शव फेला पारेको अलास्काको राष्ट्रिय निकुन्जले जनाएको छ। १७ हजार ५ सय फिट माथि शव फेला परेको तर मृत्युको कारण […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पोखरा रंगशालाको प्रारम्भिक डिजाईन सार्वजनिक भएको छ । यसैवर्ष भित्र निर्माण कार्य शुरु हुने अन्तर्राष्ट्रिय स्तरको रंगशालाको आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच रंगशालाको प्रारम्भिक खाका सार्वजनिक गरिएको हो । खाका अनुसार पोखरा रामबजारस्थित हाल रहेको रंगशालालाई भत्काएर त्यस स्थानमा नयाँ सुबिधासम्पन्न रंगशाला […]
June 18, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबले माग गर्दै आएको क्षतिपूर्तिका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लब सहमतिको नजिक पुगेका छन् । १ करोड देखि डेढ करोड रुपैयाँ सम्ममा सहमति बन्ने सम्भावना रहेको बुझिएको छ । दुई वा त्यो भन्दा बढी किस्तामा भूक्तानी दिने गरि आज दुवै पक्षबीच सहमति बन्ने सम्भावना बढी […]
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) –विश्वकै सबैभन्दा अग्लो ठाउँमा फुटबल खेलिएको प्रतिस्पर्धात्मक फुटबल खेलको किर्तिमान तोड्न ‘इक्वेल प्लेइङ फिल्ड’ नामक संस्थासँग आवद्ध रहेर नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य दिपा अधिकारी तान्जानिया पुगेकी छिन्। तान्जानियास्थित किलिमान्जरो पहाड १९ हजार ३ सय ३० फिट अग्लो रहेको छ। सीएनएनले जनाए अनुसार खेलाडीहरु पहाडको टुप्पोसम्म पुग्नेछन् र फर्किएर १८ हजार ७ […]
June 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसी शनिबार एनपिएलको खेलमा पराजित भएको छ । आइतबार जगजितको ‘डेब्यू’ खेलमा १–० को जित हासिल गरेको नुवावडिङ शनिबार मोरेल्यान्ड सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंक छ । सहित आठौं स्थानमा रहेको […]