default_image

breaking big news

August 19, 2025

एनओसीको ताला खुल्यो, तदर्थ समितिलाई जिम्मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुगेको छ । अहिले दुई ओलम्पिक कमिटी अस्तित्वमा आएका छन् । धुव्र बहादुर प्रधान संयोजक रहेको तदर्थ समितिको माग बमोजिम युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा सातदोबाटो स्थित एनओसी कार्यालयमा लागेको ताला ५ महिना पछि आज खुलेको हो ।‌ तदर्थ समिति गठन भएपछि […]

August 19, 2025

ललितपुर क्विन्सको मुख्य प्रायोजक रुप्से होलिडेज  

ललितपुर (हाम्रो खेलकुद) – ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो । ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से […]

August 19, 2025

महाराजको ५ विकेटसँगै दक्षिण अफ्रिकाको जित

एजेन्सी – दक्षिण अफ्रिकाले केन्र्समा अष्ट्रेलियालाई पहिलो ओडिआईमा हराउँदा स्पिनर केशव महाराजले ओडिआईा पहिलो पटक ५ विकेट लिएका छन्। दक्षिण अफ्रिकाले उक्त मैदानमा अहिलेसम्मकै उच्च स्कोर २ सय ९६ रनको रक्षा गर्दै खेललाई सुरुबाटै नियन्त्रणमा लियो। आठौं ओभरदेखि १७औं ओभरसम्म २९ रनमै ६ विकेट लिँदा महाराजले प्रभावशाली प्रदर्शन गर्दै ३३ रनमा ५ विकेट लिए। उनले […]

August 19, 2025

एसिया कपका लागि भारतको टोलीको घोषणा, गिलको पुनरागमन

एजेन्सी – शुभमन गिलले टि ट्वान्टी एसिया कपका लागि भारतको टोलीमा पुनरागमन गरेका छन् । जहाँ उनले अक्षर पटेलको स्थान लिँदै उपकप्तानको भूमिका पाएका छन्। मंगलवार छनोट समितिबाट चयन गरिएको १५ सदस्यीय टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन्। टोलीमा अभिषेक शर्मा र संजू सामसन अन्य दुई ओपनिङ खेलाडीको रुपमा समावेश छन्। तर, उपकप्तानको रुपमा गिललाई प्राथमिकता […]

August 19, 2025

नन्दनले ५ विकेट लिएको खेलमा‌ नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद)- नन्दन यादवले ५ विकेटनेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपालले पहिलो जित निकालेको छ। हाबार्ट हेरिकेन्सलाई आज ६६ रनले हराउँदै नेपालले सिरिजको आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको हो। १ सय ८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो। नन्दनले ३ ओभर बलिङ गर्दै […]

August 19, 2025

मेस्सीसहितको‌ अर्जेन्टिना टोलीको‌ घोषणा

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्। इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्। अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै […]

August 19, 2025

सान्तोसको लज्जास्पद हारपछि नेयमार रुँदै मैदान बाहिरए

एजेन्सी – ब्राजिलियन सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा भास्को दा गामासँग ६-० को लज्जास्पद हार बेहोरेको छ। यो नेयमारको करियरकै सबैभन्दा ठूलो हार हो। हारपछि उनी रुँदै मैदानबाट बाहिरिए। यो सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा पहिलो पटक ६ गोल खाएको खेल हो। क्लबका मुख्य प्रशिक्षक क्लेबेर जेभियरलाई खेल सकिएको केही घण्टामै बर्खास्त गरिएको […]

August 18, 2025

ललितपुर क्विन्सको गुडविल एम्बेसडर आयशाको निरन्तरता   

ललितपुर (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग) को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई  गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ । ललितपुर क्विन्सको कार्यालयमा सोमवार क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । “फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा […]

August 18, 2025

नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। नेपाललाई आज मेलबर्न स्टार्सले नेपाललाई ३१ रनले हरायो। जितको लागि १ सय ७६ रनको चुनौती पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो। ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौका सहित २५ रन जोडेर […]

August 18, 2025

आर्सनलसँग म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा आइतवार म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफियोरीको हेड गोल नै खेलको निर्णायक बन्यो। कर्नरबाट गरेको उत्कृष्ट प्रदर्शन आर्सनलले नयाँ सिजनको पहिलो कर्नरमै गोल गरेर जित निकालेको हो। खेलको १३ औं मिनेटमा कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाइटेडका गोलकिपर आलताय बायिन्दिरको त्रुटिपूर्ण बचाउ पनि […]

Success

Thank you for your time.