November 2, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले एनपिएलको दोस्रो सिजनको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास ‘ सार्वजनिक गरेको छ । एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । दर्शकको भावबाट लेखिएको सर्जक पराजुली बताएका छन् । एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् । एनपिएल को ट्रफी […]
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस लाई अनुबन्ध गरेको छ। विराटनगर किङसले शुक्रवार विज्ञप्ति जारी गर्दै डु प्लेसिसलाई अनुबन्ध गरेको जनाएको थियो। डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन्। कप्तानको रुपमा देश दक्षिण अफ्रिका र आइपिएलको फेन्चाईज आरसिबी लाई नेतृत्व गरेको […]
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ । गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरको रुपमा भित्राएको जनाएको छ । गोर्खाजले एनपिएल खेल्दा आफ्नो जर्सीको दुबै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्ने छ । यसका लागि गोर्खाज र शिखर इन्स्योरेन्सबीच बिहीवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । […]
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दुई शतक बनाउने पहिलो नेपाली बनेका छन्। आज रोहितले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा युएई विरुद्ध शतक बनाएर यो सफलता प्राप्त गरेका हुन्। ओपनर कुशल भुर्तेल ७ रन जोडेर पहिलो विकेटको रुपमा आउट भएपछि कप्तान रोहित क्रिजमा […]
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाका ब्याटर मिलिन्द कुमारले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्। गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नामिबियाका कप्तान जेर्हाड इरसमसले काठमान्डु गोर्खाजबाट लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई भित्राएको हो । उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन् । इरसमसले २०२३ र २०२४ मा आईसिसी पुरुष […]
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोर्टस प्रालिले एसियन पेन्ट्ससँग सह प्रायोजक सम्झौता गरेको छ। आज कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। निर्देशक घिमिरेले पेन्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी भएको बताउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि तयार रहेको बताए। यसअघि कर्णाली याक्सले […]
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लिले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए । यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। ‘हामीले ओपनिङ […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यु […]
October 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि इंग्ल्यान्डका अनुभवी विकेट किपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ। मंसिर १ गते सुरु हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरिएको पोखराले जनाएको छ। रोसिङटनले नेपालमा पहिलो पटक खेल्न लागेका हुन् । मिडलसेक्सबाट […]