October 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लीले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् । कर्णाली याक्सको जर्सीमा आकाशे र पहेँलो रंग समावेश गरिएको छ । […]
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ। यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने विश्वास टोलीले राखेको छ। हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो। ‘यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र […]
October 16, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ। डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टि ट्वान्टी आई र ओडिआई खेलेका थिए । बाँयाहाते ओपनिङ ब्याटर डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय […]
October 16, 2025
काठमाडौ (हाम्रो खेलकुद)- कर्णाली याक्सलाईनेबिको लिमिटेडले सह प्रायोजन गरेको छ । याक एण्ड यति होटलमा आज आयोजित कार्यक्रममा कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए । […]
October 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दीर्घकालीन सम्झौताको बारेमा भने थप खुलाइएको छैन। खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई […]
October 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यु २३ टोली सहभागी हुने प्रतियोगिता टि–ट्वान्टी फर्म्याटमा खेलाइने विराटनगर किंग्सले जनाएको छ। प्रतियोगिता असोज […]
October 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले राजु बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष झनकदत्त खनालले आज बस्नेतलाई एनपिएलको दोस्रो संस्करणको लागि नियुक्त पत्र प्रदान गरे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य रहिसकेका बन्स्यातले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । […]
September 2, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । क्रिकेटमा युवालाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ । करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशलाई मातृ शोक परेको छ । ललितकी आमा ६० वर्षिय शुभकुमारी राजवंशीको आइतवार विराटनगरस्थित घरमा निधन भएको हो । उनलाई मुटु सम्बन्धि समस्या रहेको बताइएको छ। राजवंशीको आजै दाहसंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ। ललित शनिवार भएको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन हेर्न पुगेका थिए। […]