default_image

क्रिकेट

September 27, 2025

नेपालले वेष्टइण्डिजलाई दियो मध्यम लक्ष्य

दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी–२० आई खेलमा वेष्टइण्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाए […]

September 27, 2025

नेपाल पहिले ब्याटिङमा, सन्दीप प्लेइङमा परेनन्

शारजाह (हाम्रो खेलकुद)- नेपाल र वेस्ट इण्डिजबीचको ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। शारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले वेस्ट इन्डिजले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। यो सँगै नेपाल पहिले ब्याटिङमा उत्रनेछ। यो खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने बेन्चमा छन्। ललित नारायण राजवंशीलाई प्रशिक्षक स्टुवार्ट लले प्लेइङ‌ इलेभेनमा […]

September 27, 2025

भारत एक बलमै विजयी!

एजेन्सी – भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । जित्नलाई सुपर ओभरमा ३ रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पार्यो । भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ३ रन बनाउन ब्याटिङमा आएका थिए । वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो […]

September 27, 2025

‘अवसरको ढोका खोल्न ऐतिहासिक सिरिजको नतिजा महत्वपूर्ण हुन्छ ‘- कप्तान रोहित

शारजाह (हाम्रो खेलकुद)- ऐतिहासिक युनिटी कप भोलि देखि युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुँदैछ। नेपालले कुनै पनि टेष्ट राष्ट्रसँग खेल्न लागेको पहिलो सिरिज भएको कारण यसको महत्व छुट्टै छ। सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी […]

September 26, 2025

वेष्टइण्डिजविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

दुबई (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक वेष्टइण्डिजसँग टी-२० आई खेल खेल्दैछ । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिबार साँझ ८ : ४५ मा शारजाह क्रिकेट रंगशालामा हुनेछ । अर्को सातादेखि ओमानमा हुने आईसीसी टी ट्वान्टी एसिया कप क्षेत्रिय छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग टी-२० आई खेलको सिरिज खेलेको हो […]

September 26, 2025

जनकपुर बोल्ट्सले नयाँ लोगो ल्यायो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले शुक्रवार नयाँ लोगो सार्वजनिक गरको छ । साविक विजेता जनकपुरले एनपिएलको दोस्रो संस्करणका लागि पुरानो लोगोमा परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास लिएका जनकपुरले जनाएको छ। […]

September 26, 2025

एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भिड्ने

एजेन्सी – भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् । युएईमा जारी एसीसी टि ट्वान्टी एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका छन् । फाइनलमा पुग्न बिहीवार निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । भारतले भने शुक्रबार श्रीलंकासँग […]

September 26, 2025

अफ्रिदीको उत्कृष्ट प्रदर्शनमा पाकिस्तान फाइनलमा

एजेन्सी ( तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । जित्नलाई १ सय ३५ रनको […]

September 25, 2025

कर्णाली याक्स र याक एण्ड यतिबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोर्टस प्रा.लिले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि होटेल याक एण्ड यतिसँग सहकार्य गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटल प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर भयो । यसअघि एनपिएलको दोस्रो संस्करणको लागि पनि कर्णाली याक्सले हिल्टन होटेलसँग सम्झौता नवीकरण गरेको थियो । जेनजी प्रदर्शनको क्रममा हिल्टनमा आगलागी भएपछि […]

September 24, 2025

बंगलादेशलाई हराउँदै भारत फाइनलमा

एजेन्सी -भारतले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । जित्नलाई १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १ सय २७ रनमा अल आउट भयो । बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए […]

Success

Thank you for your time.