default_image

क्रिकेट

October 7, 2022

स्टार्क र वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियालाई सिरिज

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर डेविड वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई खेलको सिरिज अष्ट्रेलियाले २–० ले जितेको छ । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय […]

October 6, 2022

सन्दीप प्रहरी वृत गौशालामा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिके टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो । गौशालाबाट स्वास्थ परिक्षणका लागि सिनामंगलस्थित काठमाडौं मिडिकल कलेज लगिएका सन्दीपलाई पुन प्रहरी वृत गौशाला पुर्याएको छ । उनलाई आइतबार […]

October 6, 2022

स्वदेश आएलगत्तै सन्दीप पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश आइपुगेका छन् । स्वदेश आएलगत्तै सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । खराब मौसमका कारण विमान आइपुग्न निर्धारित समय भन्दा केहि समय ढिला भएको बताइएको छ । हिजो राती सामाजिक सञ्जालमा कतार एयरवेजको विमानबाट बिहान १०ः०० बजे […]

October 6, 2022

सन्दीप भन्छन्- ‘बिहान १० बजे आइपुग्छु’

काठमाडौं (हाम्रो खेलकुद)– बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू बिहीबार बिहान १०ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । बिहीबार राती सामाजिक सञ्जालमा पोष्ट राख्दै सन्दीपले आफू कतार एयरवेजमार्फत आउन लागेको जानकारी दिएका हुन् । यसअघि शनिबार सामाजिक सञ्जालमार्फत नै आफूले आत्मसमपर्ण गर्ने र निर्दोष सावित गर्नका लागि कानुनी […]

October 5, 2022

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी – कप्तान आरोन फिन्चको अर्धशतक र तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा […]

October 5, 2022

बुमराहको स्थान लिनसक्ने सम्भावित तीन खेलाडी

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुई सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाई सकेका छन् । प्रमुख बलर घाइते भएपछि भारत ठूलो समस्यामा छ । पछिल्ला दुई खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले २ सय २० माथि रन खर्चिएका छन् । बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाएका […]

October 5, 2022

स्मिथ अष्ट्रेलियाको बेन्चमा

एजेन्सी – अष्ट्रेलियाले अनुभवी खेलाडी स्टिभ स्मिथलाई वेस्टइन्डिजसँगको पहिलो टि२० आई खेलमा बेन्चमा राखेको छ । क्विन्सल्यान्डमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाको टोलीमा अनुभवी ओपनर डेविड वार्नर, मिचेल मार्श र तीव्र गतिका बलर मिचेल स्टार्क फर्किदा स्टिभ स्मिथलाई भने बेन्चमा राखेको छ । भारत भ्रमणमा सानदार […]

October 5, 2022

लगातार दुई डकपछि रोसोउको आक्रामक शतक

एजेन्सी – शीर्षक्रमका ब्याटर राइली रोसोउको शतकमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो । भारतलाई विशाल लक्ष्य दिन तेस्रो नम्बरका ब्याटर राइली रोसोउले १ सय रनको […]

October 5, 2022

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – राइली रोसोउको शतक र उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले १-२ ले गुमाएको छ । जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत १८.३ ओभरमा १ सय ७८ रनमा […]

October 4, 2022

रोसोउको विष्फोटक शतकमा भारतलाई विशाल लक्ष्य

एजेन्सी– शीर्षक्रमका ब्याटर राइली रोसेउको विष्फोटक शतकमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो । दक्षिण अफ्रिकाका राइली रोसोउ ४८ बलमा ७ चौका र ८ […]

Success

Thank you for your time.