default_image

क्रिकेट

November 26, 2021

नेपाललाई मलेसियाको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ९३ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो । मलेसियाकी एल्सा हन्टर ४८ बलमा ४ चौका सहित सर्वाधिक ३९ रनमा रनमा अविजित रहिन् । पहिलो […]

November 26, 2021

पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबईमा नेपालको कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट […]

November 26, 2021

कमिन्स अष्ट्रेलियाको कप्तानमा नियुक्त

एजेन्सी – तीव्र गतिका बलर प्याट कमिन्स अष्ट्रेलियाको ४७ औं टेस्ट कप्तानको रुपमा नियुक्त भएका छन् । नियमित कप्तान टिम पेइनमाथि महिला सहकर्मीलाई अश्लिन म्यासेज पठाएको आरोप लागेपछि कप्तानी त्यागेका थिए । त्यसैले अष्ट्रेलियाले प्याट कमिन्सलाई नयाँ कप्तानमा नियुक्त गरेको छ । स्टिभ स्मिथलाई कप्तानको रुपमा हेरिएपनि कमिन्सलाई उक्त जिम्मेवारी दिएको छ । स्मिथलाई अष्ट्रेलियाले […]

November 26, 2021

फराकिलो जित निकाल्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो चौथो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : १५ मा दुबईमा सुरुहुनेछ । ६ टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा चलेको यस प्रतियोगिता विजेताले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउनेछ । शीर्ष स्थानमा रहेर […]

November 26, 2021

दिल्लीद्धारा रबाडा र ऐरलाई फुकुवा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा रहने चार खेलाडीको नाम सार्वजनिक गरेको छ । तीव्र गतिका बलर कागिसो रबाडा र पूर्व कप्तान श्रेयस ऐरलाई दिल्लीले टोलीबाट फुकुवा गरेको छ । दिल्लीले चार खेलाडीको रुपमा कप्तान ऋषभ पन्त, ओपनर पृथ्वी शा, स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर […]

November 25, 2021

साहब र कुशल चल्दा आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको समूह २ को खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७.३ ओभरमा […]

November 25, 2021

ऐर र जडेजाको अर्धशतकमा भारत मजबुत

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकमा भारतले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा भारत ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले मजबुत सुरुवात गरेको छ । भारतका लागि टेस्टमा डेब्यू खेल […]

November 25, 2021

आदिलको विष्फोटक ब्याटिङसँगै प्रदेश २ को रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर आदिल अन्सरीले उत्कृष्ट ब्याटिङ गरेपछि यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश २ का लागि आदिल अन्सारी […]

November 25, 2021

वेस्टइन्डिजमाथि श्रीलंकाको फराकिलो जित

एजेन्सी – कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ८७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दुई टेस्ट खेलको सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ७९ ओभरमा १ सय ६० रनमा अल […]

November 25, 2021

कुवेतमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे १० बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । इन्दु बर्मा ८ […]

Success

Thank you for your time.