default_image

क्रिकेट

November 5, 2021

टस जितेर पहिला फिल्डिङ गर्दै भारत

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा भारतले स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर शार्दुल ठाकुरको स्थानमा स्पिनर बरुण चक्रवर्तीलाई मौका लिएको […]

November 5, 2021

नामिबियालाई हराउँदै न्युजिल्यान्ड दोस्रो स्थानमा

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियालाई ५२ रनले हराउँदै सुपर १२ को समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जितसँगै न्युजिल्यान्ड समूह २ को दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ । अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्न सकेको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर हुनेछ । जितको […]

November 5, 2021

नामिबियालाई न्युजिल्यान्डको बलियो लक्ष्य

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा नामिबियालाई १ सय ६४ रनको बलियो लक्ष्य दिएको छ ।शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्स २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३९ रन अविजित […]

November 5, 2021

न्युजिल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा न्युजिल्यान्डले नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट मैदानमा सुरुहुनेछ । न्युजिल्यान्ड नामिबियामाथि विशाल जितको साथ शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ । न्युजिल्यान्डले अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग खेल्नेछ । यी दुई खेलमा विजयी […]

November 5, 2021

एकै मैदानमा क्रिकेटर बुवा र कप्तान छोरा

भुपेन्द्र जिसी, काठमाडौं सुन्दा विश्वास गर्न कठिन हुन्छ, तर नाताले बाबुछोरा ५५ वर्षीय उदय थापा र १९ वर्षीय अमृत थापा धादिङ जिल्लास्तरिय टि२० क्रिकेट प्रतियोगितामा एकसाथ मैदानमा उत्रिए । धादिङ जिल्लाको टिम निर्माणको लागि धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा छोरा अमृतको कप्तानीमा उत्रिएको त्रिपुरासुन्दरी क्रिकेट क्लबले राम्रो प्रदर्शन गर्यो । कुनैपनि बुबाको सपना […]

November 5, 2021

भारतले स्कटल्यान्डसँग खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ मा एसोसियट टोली स्कटल्यान्डले भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बचाई राख्न भारतलाई आजको खेलमा विशाल जितको आवश्यक पर्दछ । अन्तिम खेलमा भारतले सोमबार नामिबियासँग […]

November 4, 2021

साविक विजेता वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता वेस्टइन्डिज टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । दुई पटकको च्याम्पियन वेस्टइन्डिज खराब प्रदर्शनका साथ समूह चरणबाटै बाहिरिएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० […]

November 4, 2021

गजुरी धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन

धादिङ (हाम्रो खेलकुद) – गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको थियो । योसँगै च्याम्पियन गजुरीले १ लाख र उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङका […]

November 4, 2021

बंगलादेशलाई हराउँदै अष्ट्रेलिया दोस्रो स्थानमा

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा बंगलादेशमाथि एकपक्षीय जित हासिल गर्दै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित बनाएको हो । बंगलादेशले प्रस्तुत गरेको ७४ रनको कमजोर लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा पूरा गरेको हो । टोलीका लागि कप्तान आरोन […]

November 4, 2021

बंगलादेशको खराब ब्याटिङसँगै अष्ट्रेलियालाई अवसर

एजेन्सी – स्पिनर एडम जाम्पाले ५ विकेट लिँदै तल्लोक्रमलाई धराशायी पारेपछि आइसीसी टि२० विश्वकपको सुपर १२ अन्तर्गत समूह १ को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ७३ रनमा अलआउट गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले दुबईमा १५ ओभर ब्याटिङ गर्दै ७३ रनमा आफ्नो सबै विकेट गुमायो । पहिलो ओभरमा नै मिचेल स्टार्कले लिटन दासलाई गोल्डेन डकमा […]

Success

Thank you for your time.