default_image

क्रिकेट

November 12, 2021

कोहलीलाई विश्राम

एजेन्सी – भारतले कप्तान विराट कोहलीलाई न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा विश्राम दिएको छ । कोहलीलाई पहिलो टेस्टमा विश्राम दिएपछि भारतको कप्तानी अजिंक्या रहाणेले गर्नेछन् । भारतले न्युजिल्यान्डसँग हुने दुई टेस्ट सिरिजको लागि शुक्रबार टोली घोषणा गरेको छ । घोषणा टोलीमा स्पिन अलराउन्डर जयन्त यादवले चार वर्षपछि भारतीय टेस्ट टोलीमा पूनरागमन गरेका छन् । ३१ वर्षिय […]

November 12, 2021

कवितालाई सिप्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । हेर्ने कथामा उनको जीवनी समेटेर कथा सार्वजनि भएपछि सिप्यानले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । गत चैतमा काठमाडौंमा भएको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियन्सिप ललितपुरबाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट […]

November 12, 2021

‘खेलाडीको गल्तीमाथि कसैले प्रश्न नउठाउनु’– बाबर

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले कसैले पनि खेलाडीको गल्तीमाथि प्रश्न नउठाउन अनुरोध गरेका छन् । बिहीबार दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएपछि बाबरले खेलाडीलाई सम्झाउँदै उक्त सन्देश दिएका हुन् । ‘दुःख सबैलाई छ । हामीले कहाँ गल्ती गर्यौ र कहाँ राम्रो गर्नुपर्ने थियो कसैले भन्नु प्रर्दैन । यो सबैलाई थाहा […]

November 12, 2021

पाकिस्तानले सेमिफाइनलमा अष्ट्रेलियासँग हार्नुको पाँच कारण

एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका साथ पाकिस्तानले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेपनि बलिङ अपेक्षा अनुसार चल्न नसक्दा पराजित हुन पुगेको हो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले […]

November 12, 2021

टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने

एजेन्सी – आइसिसी टि२० विश्वकपले २०२१ मा नयाँ च्याम्पियन पाउने भएको छ । न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेपछि टि२० विश्वकपले नयाँ च्याम्पियन पाउने भएको हो । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराउँदै फाइनलमा स्थान बनाएको छ । यी दुबै टोलीले टि२० विश्वकप […]

November 11, 2021

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि२० विश्वकपको फाइनलमा

एजेन्सी – अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाले उपाधिको लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]

November 11, 2021

फखार र रिजवानको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई बलियो लक्ष्य

एजेन्सी – ओपनर मोहम्मद रिजवान र शीर्षक्रमका ब्याटर फखार जमानको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई १ सय ७७ रनको बलियो विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । पाकिस्तानका ओपनर […]

November 11, 2021

टस जितेर पहिला फिल्डिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पाकिस्तान र अष्ट्रेलिया दुबैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । […]

November 11, 2021

जितको खुसी मनाइसकेको खेल टाई भएपछि…

एजेन्सी – जुनसुकै खेल वा प्रतियोगिता होस् । धेरै थोरै जितको खुसी र महत्व हुन्छ । प्रतियोगिता वा खेलमा त्यसको महत्व र खुसी निर्भर पर्छ । तर जितको खुसी मनाई सकेको र सेलेब्रेसन गरि सकेको खेल केहि समयपछि नजितेको थाहा भएपछिको अवस्था कस्तो होला । यस्तै घटना आइसिसी टि२० विश्वकप अमेरिका क्षेत्र छनोटमा अमेरिका र […]

November 11, 2021

नेपाली क्रिकेट टोली बंगलादेशबाट बसमा स्वदेश फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशको ढाकाबाट स्वदेश बस (सडकमार्ग) मार्फत फर्किने भएका छन् । कोरोना प्रोटोकल पालना नगर्दा बिहीबार बिहान ९ बजे काठमाडौं फर्किने उडान छुटेपछि नेपाली महिला क्रिकेट टोली बसमा स्वदेश फर्किने तयारी भई रहेको छ । महिला टोली आइसिसी टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि कात्तिक १८ […]

Success

Thank you for your time.