default_image

Featured

January 2, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

म्यानचेस्टर (एजेन्सी)– दस खेलाडीमा सिमित हुनुका वावजुद म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सोमबार बर्नलीलाई २–१ ले हराएको छ । अर्को खेलमा लिभरपुल २–२ को बराबरीमा रोकिएपनि सिटी तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको चेल्सीभन्दा एक खेल बढी खेलेको सिटी अझै ७ अंकले पछाडी छ भने बराबरी २० खेल खेलेको दोस्रो स्थानको लिभरपुलभन्दा २ अंकले पछाडी […]

January 2, 2017

रुपन्देही–११ काँकरभिट्टा गोल्डकपः सेमिफाइनलमा

काँकरभिट्टा (हाम्रो खेलकुद) – रुपन्देही ११ काँकरभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटानको फ्यान्स क्लब बिआरसीलाई ३–१ ले हराउँदै रुपन्देही काँकरभिट्टा गोल्डकप दोस्रो संस्करणको अन्तिम चारमा पुगेको हो । रुपन्देहीको जितमा दीपक राईले २ र लक्ष्मण रुचालले १ गोल गरेका थिए । बिआरसीका लागि रमेश केसीले गोल फर्काएका थिए […]

January 2, 2017

सिएमजी क्लब संकटा टुबोर्ग हेटौंडा गोल्डकपको क्वार्टरफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा क्लब काठमाडौंले टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा जारी प्रतियोगितामा भुटानको डुकस्टार फुटबल क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै संकटाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । संकटाले सेमिफाइनल प्रवेशका लागि बुधबार नेपाल आर्मीको सामना गर्नेछ […]

January 2, 2017

एलाभेन एरोज फाल्गुनन्द गोल्ड कपको सेमिफाइनलमा, हिमालयन शेर्पा बाहिरियो

दिपक बोहोरा पाँचथर (हाम्रो खेलकुद)– सुनसरीको एलाभेन एरोज आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । तीन बर्षपछि घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्केका हिमालयन शेर्पालाई ३–० ले हराउँदै एलाभेन एरोजको अन्तिम चारमा पुगेको थियो । तीन दिनअघि झापा ११ सँग पराजित हुँदै हिमालयन शेर्पा काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको थियो । खेलको ३० औं […]

January 2, 2017

साफ च्याम्पियनसिपमा नेपालविरुद्ध भारतको अग्रता

दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपालविरुद्ध महिला साफ च्याम्पियनसिपको पहिलो हाफ भारतले १–० को अग्रता लिएको छ । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा कमलादेवीले नेपालविरुद्ध गोल गरेकी थिइन् । रक्षक मनीष पानाले मैदानको मध्यभागमा निकालेको पासलाई अघि बढाउँदै कमलाले पेनाल्टी बक्सको दायाँ पट्टिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । नेपाल र भारतले […]

January 2, 2017

महिला साफ २०१६: नेपालविरुद्ध भारत : प्रत्यक्ष अपडेट

नेपाल १ -३ भारत नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना सिलगुढी – खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।  सुरुआती ११ नेपाल : एन्जिला तुम्वापो सुब्बा (गोलकिपर), गिता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अनिता बस्नेत, रेणुका नगरकोटी (कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन, […]

January 2, 2017

इतिहास रच्ने पालो महिला टोलीको

दिपेश तिमल्सिना सिलगुढी (भारत)– झन्डै डेढ बर्षमा नेपाली फुटबलले एक पछि अर्को सफलताको सिढी चढ्दै आएको छ । त्यसमा मुख्यतः पुरुष टोलीले सफलता दिलाएको छ । यद्दपी, महिला टोलीको प्रदर्शन पनि कमजोर भएन थिएन । मात्रै महिला टोली च्याम्पियन बनेर फर्कन सकेको छैन, जसरी चारवटा प्रतियोगितामा नेपाली पुरुष टोली विजेता बन्न सफल भएको छ । […]

January 1, 2017

नेपाल यसपटक थप मजबुद देखिएको छ – भारतीय प्रशिक्षक दार

सिलगुढी (एजेन्सी)– पहिलो पटक महिला साफ च्याम्पियनसिपमा नेपाल र भारतमध्ये एउटा टोलीले मात्र फाइनल खेल्नेछ । भारतको सिलगुढीमा जारी च्याम्पियनसिपमा अर्को तिर फाइनलको प्रतिद्वन्द्वि बंगलादेश र माल्दिभ्समध्ये हुनेछ । यसअघिका तीनै संस्करणमा फाइनल खेलेका नेपाल र भारत यसपटक एक कदमअघि नै भेट्दैछन् । साफ च्याम्पिनसिपमा मात्र होइन दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पनि नेपाल […]

January 1, 2017

फराकिलो जितसंगै स्पर्सले सिटीलाई उछिन्यो

एजेन्सि – इङ्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा वाटफर्डलाई ४-१को फराकिलो अन्तरले हराउँदै टोटेनहम हट्सपरले अंक तालिकामा म्यानचेष्टर सिटिलाई उछिनेको छ। ह्यारी केन र डेले अलिको २-२गोलको मद्दतले स्पर्सले वाटफर्डलाई ४-१को अन्तरले पाखा लगाएको थियो। स्पर्सका लागि ह्यारी केनले पहिलो हाफमा दुई गोल गरेका थिए भने डेले अलिले पहिलो हाफको अन्त्य र दोश्रो हाफको […]

January 1, 2017

मनाङ टुबोर्ग हेटौडा गोल्डकपको सेमिफाइनलमा

 हेटौंडा (हाम्रो खेलकुद)– दुई दिनअघि राष्ट्रिय च्याम्पियन बनेको एपिएफलाई हराउँदै साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब हेटौंडामा जारी टुबोर्ग हेटौडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा दुई दिन अघि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफ क्लबको चुनौती ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि […]

Success

Thank you for your time.