January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई पहिलो हाफमा बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको मछिन्द्र र फ्रेन्ड्सले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि मछिन्द्रले फ्रेन्ड्सको बलियो रक्षापङ्ति […]
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) आठौं चरणका तीन खेल हुँदैछन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र अर्को एक खेल पोखरा रंगशालामा हुनेछ । उपाधि होडमा रहेका मछिन्द्र फुटबल क्लब र मनाङ–मस्र्याङ्दी क्लबले फरक खेलमा प्रतिस्पर्धा गर्दैछन् । न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच […]
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल बराबरीमा टुंगियो । ६२औं मिनेटमा सुनिल खड्काको […]
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् । एपिएफ लिगमा दोस्रो जितको खोजीमा रहँदा जावलाखेल तेस्रो जितको खोजीमा रहने छन् ।
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको नतिजा नै खेलको अन्तिम नतिजा बन्यो ।सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले […]
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफमा संकटार सातदोबाटोले १–१ गोलको बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले बराबरी गोल फर्काएका हुन् । […]
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आधा भन्दा बढी खेल समाप्त भइसकेको छ । जारी लिगमा १४ टोलीको सहभागिता रहेको छ । लिगमा हरेक टोलीले १३ खेल खेल्नुपर्नेछ । त्यस हिसाबले यसपटक लिगमा ९१ खेल हुनेछन् । जसमध्ये सातौं चरण अर्थात ४९ खेल सकिसकेका छन् । अब ६ चरणका ४२ खेल […]
January 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिगमा अपराजित रहेको संकटा क्लबका क्यामरुनी डिफेन्डर अर्नेस्ट टाम्पी गम्भीर घाइते भएका छन् । क्लबकै प्रशिक्षणका क्रममा चोट बोकेपछि उनी कम्तिमा ६ महिना मैदानबाहिर रहने भएका छन् । संकटाको भक्तपुर जिल्लामा अवस्थित प्रशिक्षण स्थलमा उनले सोमबार चोट बोकेका थिए । प्रशिक्षणका क्रममा टर्न गर्ने बेलामा उनको कुर्कुच्चाको माथिल्लो भागमा चोट लागेको […]
January 5, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टोलीको मेहनतका कारण एएफसी कप छनोटमा पुग्न सफल भएको जनाउँदै मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनले छनोट पार गर्दै अघि बढ्ने विश्वास समेत व्यक्त गरे । ‘एएफसी कप छनोट खेल्न पाउँदा अवश्य पनि खुसी लागेको छ । सातौं खेलमा निर्णय भएको छ’, उनले भने, ‘अलिक टोलीमाथि […]
January 3, 2022
सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसिएसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा गर्ने क्रममा ७ नयाँ खेलाडीलाई समेटेका छन् । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, सुदीप […]