December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २१औं मिनेटमा विजय भुजेलको प्रहार […]
December 18, 2021
पोखरा (हाम्रो खेलकुद) – एएफसी कप छनोटमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने एक स्थानमा मनाङ मर्स्याङ्दी क्लबको दाबेदारी बलियो देखिएको छ । शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै मनाङले अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गर्यो । सातौं चरणको खेल सकिँदा शीर्षस्थानमा रहने टोली एएफसी कप छनोट खेल्ने प्रावधान रहेको छ […]
December 18, 2021
पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको छ । यस जितसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना बलियो बनेको छ । पोखरा रंगशालामा पुलिसका गोलरक्षक रोशन खड्काले बिर्सनलायक प्रदर्शन गरेको खेलमा अन्जन विष्टले २ गोल गरेपछि मनाङले पुलिसलाई […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जितपछि स्वभाविक रुपमा खुसी लागेको जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसीले बताएका छन् । लिगको आफ्नो पाँचौं खेलमा शनिबार च्यासल युथ क्लबलाई १–० ले हराउँदै जावलाखेलले पहिलो जित दर्ता गराएको छ । ‘पहिलो जित हो । खुसी हुनु स्वभाविक हो । यो जितले टिमको […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकाल्दा च्यासल युथ क्लबलाई पराजित गरेको छ । पहिलो हाफमा निकोसल फर्नान्डेसले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो । जारी लिगमा जावलाखेलको यो पहिलो गोल समेत हो । यसअघिका चार खेल खेलमा जावलाखेलले गोल गर्न सकेको थिएन । […]
December 18, 2021
पोखरा (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफको समाप्तीमा १–१ को बराबरी खेलेका छन् । लिगको पाँचौं चरणअन्तर्गतको पोखरा रंगशालामा भइरहेको खेलमा मनाङका लागि कप्तान अञ्जन विष्ट र पुलिसका लागि सुमन लामाले गोल गरेका थिए । खेलको १० औं मिनेटमा लिएको अग्रतालाई मनाङले […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा च्यासल युथ क्लबविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा शनिबार भएको खेलको ३७औं मिनेटमा भारतीय निकोलस फर्नान्डेसले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका हुन् । डिफेन्डर यान्निक केट्चाबाट बल खोस्दै ओनगना एन जुनियरले पेनाल्टी बक्सभित्र उपलब्ध गराएको […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो क्लबका प्रशिक्षक मेघराज केसीले पछिल्लो एक दुई वर्षमा त्रिभुवन आर्मी फुटबल क्लबको टोली शुक्रबार सबैभन्दा कमजोर रहेको महसुस गरेको बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आर्मीसँग १–१ को बराबरी खेलेपछि सातदोबाटोका प्रशिक्षक केसीले भने, ‘यो लिगमा मैले आर्मीको अघिल्ला चार खेले हेरे । आर्मीमा म आफू पनि […]
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग बराबरी खेलेको छ । मछिन्द्रले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा अंक बाड्न बाध्य बनेको हो । खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा […]