default_image

फुटबल

May 14, 2020

बगैंचामा छोरासँग रोनाल्डोको अभ्यास

एजेन्सी – इटाली फर्केयता युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आइसोलेसनमा छन् । तर उनले घरमा पनि उनको सक्रियाता भने रोकिएको छैन । प्रशिक्षणमा फर्कनुअघि उनी घरमै प्रशिक्षण गरिरहेका छन् । टोलीका कुनै खेलाडी विनानै उनको प्रशिक्षण जारी छ । कोरोना भाइरस कोभिड १९ का कारण सिरि ए स्थागित भएपछि रोनाल्डो आफ्नो आमालाई भेट्न स्वदेश फर्केका थिए […]

May 14, 2020

मेस्सीको पक्षमा लिभरपुल प्रशिक्षक क्लोप

एजेन्सी – लामो समयदेखि उच्च स्तरको प्रदर्शन गरिरहेका सुपरस्टारद्वय बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने बहस समयमा समयमा चल्ने गरेको छ । यसक्रममा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले पनि उनीहरुको तुलना गरेका छन् । जर्मन प्रशिक्षकले मेस्सीलाई आफ्नो रोजाईमा राखेपनि उनले रोनाल्डो पनि उत्तिकै प्रशंसा गरेका हुन् । ‘मेरो लागि मेस्सी उत्कृष्ट […]

May 14, 2020

सिरी ‘ए’ जुन दोस्रो सातादेखि गर्ने तयारी

एजेन्सी – इटालियन सिरी ‘ए’ आगमी जुन दोस्रो सातादेखि पुनः सुरु गर्ने तयारी गरिएको छ । इटालियन सरकारले अनुमति दिएको खण्डमा लिग आयोजकले सिरी ‘ए’ १३ जुनबाट सुरु गर्ने तयारी गरिएको हो ।  लिग आयोजकको भिडियो कन्फ्रेन्समार्फतको बैठकले सरकारले अनुमति र मेडिकल प्रोटोकलका आधारमा जुन दोस्रो सातादेखि सिरी ‘ए’ पुनः सुरु गराउन सकिने बारे योजना […]

May 14, 2020

‘डर्टमण्डमै केन्द्रित छु’ : हालान्ड

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्टार अर्लिङ ब्राउट हालाण्डले स्पेनिस क्लब रियल मड्रिड जाने हल्लालाई अस्वीकार गरेका छन् । १९ वर्षे युवा फरवार्ड हालाण्डले आफु डर्टमण्डमै केन्द्रित रहेको बताउँदै रियल जाने चर्चालाई अस्वीकार गरेका हुन् । गत जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड आएयता सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड […]

May 13, 2020

बार्सिलोना र जादुमयी जर्सी नम्बर १०

एजेन्सी – बार्सिलोनाका सुरुवाती दिनका नायक लास्जलो कुबाला देखि म्याराडोना हुँदै मेस्सीसम्म, बार्सिलोनामा जर्सी नम्बर १० को इतिहास बेग्लै छ । बार्सिलोना र जर्सी नम्बर १० को सम्बन्ध सुरुवात देखिनै सुमधुर रहँदै आएको छ । पछिल्लो दशक लिओनेल मेस्सीले जर्सी नम्बर १० को महत्त्व बढाउँदा त्यसअघि रोनाल्डिन्होले यस जर्सीमा सजिएर क्याटलान क्लबमा प्रभाव जमाए । […]

May 13, 2020

रोबर्टो कार्लोसको कीर्तिमानमा मार्सेलोको नजर

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो मंगलबार ३२ वर्ष पुगे । कोरोना भाइरसका कारण स्थगित लिग सुचारु हुने तयारी गरिरहँदा मंगलबारदेखि नै प्रशिक्षण पनि सुरु भएको छ । कोरोनाका कारण लिग स्थगित हुँदा मार्सेलोलाई केहि फाइदा भने पुगेको छ । चोटका कारण मैदानबाहिर रहेका मार्सेलोले टोलीमा पुनरागमन गर्न उचित समय पाए । […]

May 13, 2020

फुटबलर उत्तम मास्क लगाएर विवाह बन्धनमा

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको ५० दिन नाघिसकेको छ । यसबीचमा फुटबल खेलाडी उत्तम गुरुङ विवाह बन्धनमा बाँधिएका छन् । उनले बेलायत बस्दै आएकी पोखराकी ज्योति गुरुङसँग विवाह गरेका हुन् । पोखराको भद्रकाली मन्दिरमा वैशाख २५ गतेको विवाह भएको उत्तमले जानकारी दिए । कोराना भाइरसको कारण […]

May 13, 2020

एट्लेटिकोको त्यो ऐतिहासिक दिन

एजेन्सी – एट्लेटिको म्याड्रिडले युरोपा लिग जितेको यो मंगलबार १० वर्ष पुरा भएको छ । थप समयमा फुलह्यामलाई २–१ ले हराउँदै एट्लेटिको च्याम्पियन बनेको थियो । टोलीलाई जित दिलाउन दुवै गोल डिएगो फोर्लानले गरेका थिए । फोर्लान अहिले ४१ वर्षका भए । उनी अहिले पेनारोलको प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । त्यो उनको युवा अवस्था […]

May 13, 2020

रोनाल्डिन्हो युनाइटेडलाई नकार्दै बार्सिलोना गएको खुलासा

एजेन्सी – ब्राजिलियन मिडफिल्डर रोनाल्डिन्होले बार्सिलोना रोज्नुअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्न मौखिक सम्झौता गरेपनि अन्तिम समयमा बार्सिलोना गएको इंग्ल्यान्डका राष्ट्रिय टोलीका पूर्व खेलाडी पल स्कोल्सले बताएका छन् । सन् २००२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि रोनाल्डिन्होलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबहरु लागेका थिए । युनाइटेडले रोनाल्डिन्होसँग छलफल गरेर मौखिक सम्झौता गरिसकेको थियो । उनले […]

May 13, 2020

बेललाई न्युक्यासलको आकर्षक प्रस्ताव

एजेन्सी – इंग्लिस क्लब न्युक्यासल युनाइटेडले वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेललाई क्लबमा अनुबन्धका लागि आकर्षक प्रस्ताव पेश गर्ने भएको छ ।  पछिल्लो समय रियलमा संघर्ष गरिरहेको अवस्थामा न्युक्यासलले बेललाई आकर्षक प्रस्ताव अघि सारेको हो । न्युक्यासलले ३० वर्षीय बेललाई ५३ मिलियन पाउन्डको प्रस्ताव गर्ने उल्लेख गर्दै प्रिमियर लिगमा फर्काउने योजना […]

Success

Thank you for your time.