default_image

फुटबल

May 25, 2020

डर्बी खेलबाट ला लिगा फर्काउने तयारी

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेवासले रियल बेटिस र सेभियाबीचको डर्बी खेलबाट कोरोना महामारीका झन्डै तीन महिनादेखि स्थगित स्पेनिस ला लिगा सुचारु गराउने तयारी भएको बताएका छन् ।  अध्यक्ष टेवासले सेभिया र रियल बेटिसबीचको खेल ११ जुनमा हुनेमा आशावादी रहेको बताएका छन् । ‘यस्तो सम्भावना छ, ११ जुनमा खेल हुनेछ । त्यही एक खेल […]

May 25, 2020

ला लिगा २०१९/२० : कस्तो छ अवस्था?

एजेन्सी – स्पेनिस ला लिगा पनि कोरोना संक्रमणको स्थगनपछि फर्कने लगभग पक्का भएको छ । जुन ८ देखि लिग सुरु गर्न सरकारले स्वीकृति दिएपछि लिगले जर्मन बुन्डेसलिगाको पथ पछ्याउने भएको छ । मार्च १२ मा रियल म्याड्रिडको बास्केटबल टोलीमा संक्रमण देखिएपछि लिग स्थगित भएको थियो । अब जुन ८ मा लिग सुचारु हुँदा ४३ दिनको […]

May 25, 2020

कभानीलाई इन्टर मिलानको प्रस्ताव

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले उरुग्वे तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान फरवार्ड एडिन्सन काभानीलाई तीन बर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ ।  कभानीलाई प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड, न्यु क्यासल युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गर्ने योजना बनाइरहेका छन् । तर, इन्टर काभानी अनुबन्ध दौडमा अगाडी देखिएको […]

May 24, 2020

वेर्नरको ह्याट्रिकमा लाइप्जिगको सानदार जित

एजेन्सी – टिमो वेर्नरको ह्याट्रिक सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । लाइप्जिगले घरेलु टोली मेइनजमाथि ५–० को सानदार जित निकालेको हो ।  लाइप्जिगको सानदार जितमा टिमो वेर्नरले ह्याट्रिक पुरा गर्दा युसुफ पउलसेन र मार्सेल सवित्जेरले समान १ गोल गरे ।मेइनजमा भएको खेलमा लाइप्जिगले खेलको ११औं मिनेटमा टिमो वेर्नरले कोनराड लेइमेरको […]

May 24, 2020

घरेलु मैदानमै साल्केको लज्जास्पद हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा साल्केले घरेलु मैद्यानमै अग्सवर्गसँग लज्जास्पद हार बेहोरेको छ । साल्केले अग्सवर्गसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । भेल्टिन एरिनामा आइतबार साँझ भएको खेलमा घरेलु टोलीलाई लज्जास्पद हार चखाउन अग्सवर्गका इडुआर्ड लोवेन, नोअ जोएल सारेननेर वाजी र सर्जियो कोर्डाेभाले गोल गरे । कोरोना पछि साल्केको यो लगातार दोस्रो हार हो […]

May 24, 2020

सम्मान नहुने ठाँउमा नबस्न बेललाई सल्लाह

एजेन्सी – वेल्स विंगर ग्यारेथ बेललाई रियल म्याड्रिडमा आफ्नो सम्मान हुँदैन लाग्छ भने क्लब छाड्न उपयुक्त हुने म्यानचेस्टर युनाइटेड तथा टोटेनहम हट्स्परका पूर्व फरवार्ड डिमिटार बर्बाटोभले बताएका छन् । बर्बाटोभले बेलको क्षमता र योगदानका लागि रियलमा सम्मान पाउनुपर्ने तर्क गरेका छन् । ‘रियलमा उनको प्रदर्शन र गोल साच्चै प्रभावशाली छन् । त्यसमा पनि केहि गोल […]

May 24, 2020

विश्वकप विजेताको पदक विक्री !

एजेन्सी – विश्वकप विजेता जित्दाको पदक फ्रान्सेली टोलीका एक सदस्यले लिलामी मार्फत विक्री गरेका छन् । लिलामीमार्फत उक्त पदक ७१ हजार ८ सय ७५ अमेरिकी डलरमा विक्री भएको बताइएको छ । जुनियलन्स लाइभ डट कममा लिलामीका लागि भनेर राखिएको थियो । तर टोलीका कुन सदस्यले आफ्नो पदक विक्री गरेका हुन् भन्ने अहिले सम्म थाहा भएको […]

May 24, 2020

अंकमाल गर्दा डर्टमुन्ड स्टारलाई चेतावनी

एजेन्सी – जर्मन फुटबल एसोसिएसन (डिएफए) ले जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार जाडोन सान्चोलाई चेतावनी दिएको छ । वल्फस्वर्गविरुद्धको खेलमा अक्रफ हाकिमीले टिमको लागि दोस्रो गोल गरेपछि खेलको नियम विपरित खेलाडीसँग अंकमाल गर्न पुगेपछि डिएफएले सान्चोलाई अब त्यसो नगर्न चेतावानी दिएको हो । खेलमा डर्टमुन्ड २-० ले विजयी भएको थियो । डिएफएले कोरोना त्रासकाबीच […]

May 24, 2020

कोउटिन्हो बायर्नबाट बार्सिलोना फर्कने

एजेन्सी – ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो सिजनको अन्त्यसँगै जर्मन क्लब बायर्न म्युनिखबाट क्याटलान क्लब बार्सिलोना फर्कने भएका छन् । सिजनको सुरुवातमा लोनमा बायर्न पुगेका कोउटिन्होलाई बायर्नले खरिद नगर्ने निर्णय लिएको हो । बार्सिलोनाले मे तेस्रो सातासम्म १ सय २० मिलियन युरो खर्च गरे बायर्नले खरिद गर्न सक्ने विकल्प प्रस्तुत गरेको थियो । लिभरपुलबाट बार्सिलोना पुगेका […]

May 24, 2020

गोट्जेले डर्टमुन्ड छाड्ने पक्का

एजेन्सी – जर्मन मिडफिल्डर मारियो गोट्जेले यस सिजनको अन्त्यपछि बोरुसिया डर्टमुन्ड छाड्ने पक्का भएको छ । क्लबका खेलकुद निर्देशक माइकल जोर्कले गोट्जे अर्को सिजन क्लबमा नरहने जानकारी दिएका हुन् । गोट्जेले केहि महिनाअघि नै आफ्नो भविष्य डर्टमुन्ड बाहिर देखिरहेको स्वीकारेका थिए । उनले आफ्नो करीअरलाई नयाँ गतिमा लाग्न यो निर्णय लिएको बुझिएको छ । क्लबका […]

Success

Thank you for your time.