default_image

फुटबल

October 15, 2019

पहिलो हाफमा जोर्डन-नेपाल बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोट दोस्रो चरण अन्तर्गत चौथो खेलमा नेपाल र जोर्डन खेल्दैछन् । पहिलो हाफको खेल सकिंदा खेल गोलरहित बराबरीमा चलिरहेको छ । घरेलु टोली जोर्डनले पहिलो मिनेटदेखि नै दबाब बनाएपनि गोल गर्न सकेको छैन । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले तेस्रो मिनेटमा नै उत्कृष्ट बचाउ गर्दै नेपाललाई खेलमा […]

October 15, 2019

जोर्डनविरुद्ध विमलसहित ३ खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा आज जोर्डनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन् । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड […]

October 15, 2019

टुबोर्ग जेसीज विकास रनिङ शिल्डको तयारी पूरा

विनोदबाबु रिजाल, भरतपुर चितवनमा सबैभन्दा धेरै पुरस्कार राशीको राष्ट्रिय नकआउट फूटबल प्रतियोगिता टुबोर्ग जेसीज विकास रनिङ शिल्डको सबै तयारी सकिएको छ । आयोजक नारायणगढ जेसीजले खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मैदान, प्याराफिटलगायत सबै काम सम्पन्न भएको छ । नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले निकै नै मेहनत गरेर मैदान सम्याइएको जानकारी दिए । नारायणगढको […]

October 15, 2019

नेपाल र जोर्डनको खेलको प्रत्यक्ष प्रसारण एनटिभी प्लसमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तरगत नेपाल र जोर्डनबीचको खेल एनटिभी प्लस एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । एनटिभी प्लस एचडीले एक साताअघि नेपाल र अष्ट्रेलियाबीचको खेलको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । एनटीभी प्लसले विश्वकपको प्रसारण अधिकार पाएको इंग्ल्यान्डको आइएमजी समूहसँग प्रसारण अधिकार लिदै प्रत्यक्ष प्रसारणको अधिकार लिएको हो । नेपाल र […]

October 15, 2019

रोनाल्डोको ७ सय गोल पुरा

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार राति युरोकप छनोट अन्तर्गत युक्रेनविरुद्व २–१ ले पराजित भएको खेलमा ३४ वर्षे कप्तान रोनाल्डोले पेनाल्टीमार्फत करियरको ७ सय गोल पुरा गरेका हुन् । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा ७०० गोलको आँकडा भेट्टाउदै लेजेन्ड खेलाडीको सुचीमा […]

October 15, 2019

नेयमार फेरि घाइते, चार साता मैदान बाहिर

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा ब्राजिलियन स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । नाइजेरियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल दौरान नेयमारले आइतबार साँझ बाया खुट्टामा ह्यामस्ट्रिङ चोट बोकेका थिए । सिंगापुरमा आइतबार साँझ १–१ को बराबरी भएको खेलमा नेयमार खेलको १२औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । नेयमार कम्तीमा […]

October 15, 2019

विश्वविजेता फ्रान्स टर्कीसँग रोकियो

एजेन्सी – विश्वविजेता फ्रान्स युरोकप छनोटमा घरेलु मैदानमा टर्कीसँग बराबरीमा रोकिएको छ । पेरिसमा आइतबार राति भएको खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएर पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँड्नु परेको हो। घरेलु टोली फ्रान्सले टर्कीलाई दवावमा राखेपनि टर्कीको बलियो रक्षापङ्ति तोड्न सकेको थिएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७६औं मिनेटमो ओलिभर जिरुउडको […]

October 15, 2019

बुल्गेरियाको पोस्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

एजेन्सी – रहिम स्ट्रलिङ र रोस बार्कलीको दुई–दुई गोल मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा बुल्गेरियामाथि प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले घरेलु टोली बुल्गेरियामाथि ६–० को प्रभावशाली जित निकालेको हो । सोफियामा सोमबार राति भएको खेलमा कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को आरादायी अग्रता लिदा दोस्रो हाफमा थप […]

October 15, 2019

रोनाल्डोको ७००औं गोलमा पोर्चुगलको हार

एजेन्सी – आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७००औ गोल पुरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ । युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोलीसँग २–१ ले पराजित भएको हो । किभमा युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे । पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह […]

October 14, 2019

विश्व कप छनोट – नेपाल र जोर्डन भोलि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – प्रदर्शनको जति चर्चा गरेपनि खेलमा अन्तत गणना परिणामकै हुन्छ । विश्व कप छनोटमा नेपालले समूह चरणका ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हार छन् । २ खेलमा १२ गोल खाएको नेपालले विपक्षी पोष्टमा २ गोल गरेको छ । विश्व कप छनोटको दोस्रो चरणको यात्रा नेपाली टोलीले गत […]

Success

Thank you for your time.