default_image

फुटबल

April 25, 2023

मनाङको लगातार पाँचौ हार

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार पाँचौ हार बेहोरेको छ । एन्फा कम्प्लेक्समा विभागीय नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै मनाङले यो सिजनको लिगमा लगातार पाँचौ हार बेहोरेको हो । क्लब इतिहासमै मनाङको यो सबैभन्दा खराज नतिजा हो । यसअघि मनाङले लिगमा कहिल्यै पनि लगातार पाँचौ […]

April 25, 2023

फ्रेन्ड्सले एनआरटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स क्लब कुपन्डोलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । फ्रेन्ड्सले एनआरटीलाई ३–१ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु, तोरिच जेब्रिन र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए । खेलको […]

April 25, 2023

टोटेनहमका प्रशिक्षक स्टेलिन बर्खास्त

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले आफ्नो अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तरगत न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटेनहमले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो । प्रशिक्षक स्टेलिनी टोटेनहमको चार खेलपछि नै बर्खास्तीमा परेका हुन् । एन्टेनियो कोन्टेले १६ महिनापछि टोटेनहम छाडेपछि क्लबले ४८ वर्षीय स्टेलिनीलाई २६ […]

April 25, 2023

एटलान्टासँग रोमाको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले एटलान्टासँग हार बेहोरेको छ । रोमा घरेलु टोली एटलान्टासँग ३–१ ले पराजित भएको हो । जिविस स्टेडियम बरगामोमा सोमबार राति भएको खेलमा एटलान्टाको जितमा मारियो पासालिस, राफयल टोलोई र टिअन कुपमेइनर्सले गोल गरे । रोमाका लोरेन्जो पेलिग्रेनीले एक गोल फर्काए । ३९औं मिनेटमा मारियो पासालिसको गोलबाट एटलान्टाले पहिलो […]

April 24, 2023

एन्फाले एकेडेमी फि नतिर्दा स्कुलबाट विद्यार्थी निकालिए

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी फि नतिर्दा तीन विभागीय टोलीमध्य नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको स्कुलमा अध्ययनरत विद्यार्थी एकेडेमी र विद्यालयबाट निकालिएका छन् । एन्फाले २०७७ सालमा खुला छनोटबाट तीन विभाग पुलिस, आर्मी र एपिएफलाई पूर्ण छात्रवृत्तिमा ७-७ खेलाडी उपलब्ध गराएको थियो । आंशिक छात्रवृत्तिमा पनि ७-७ […]

April 24, 2023

रमानी र अर्मान्डको गोलमा एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी फरवार्डद्धय एब्डोउ रमानी र अर्मान्ड विडोमको गोलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्सका सोमबार भएको खेलमा एपिएफले खुमलटारलाई २–० ले पराजित गरेको हो । एपिएफले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै जित पक्का गरे । खेलको […]

April 24, 2023

चार क्लबलाई एन्फाको कारवाही, एपिएफका जिवेशलाई ८ खेलको निलम्बन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले यस सिजनको सहिद स्मारक ए डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साविक विजेता मछिन्द्र फुटबल क्लबसहित चार क्लबलाई कारवाही र एपिएफका अफिसियललाई ८ खेलको निलम्बन गरेको छ । समितिले मछिन्द्र, संकटा क्लब, एफसी खुमलटार र नेपाल एपीएफ फुटबल क्लबसँगै एपिएफका अफिसियललाई विभिन्न खेलमा […]

April 24, 2023

मिलान र इन्टरलाई सफलता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पारेका छन् । एसी मिलानले घरेलु मैदानमा लिसलाई २–० ले पराजित गरेको हो । मिलानको जितमा दुवै गोल राफयल लियोले गरे । मिलानोमा आइतबार राति भएको खेलको १४औं मिनेटमा मिलानले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन । ४०औं मिनेटमा राफयल लियोले सान्द्रो […]

April 24, 2023

युभेन्ट्समाथि नेपोलीको नाटकीय जित

एजेन्सी – अन्तिम समयमा परिवर्तित खेलाडी जियाकोमो रास्पाडोरीले गोल गरेपछि शीर्षस्थानमा रहेको नेपोलीले युभेन्ट्समाथि नाटकीय जित निकालेको छ । नेपोलीले घरेलु टोली युभेन्ट्समाथि १–० को नाटकीय जित निकाल्दै उपाधि जित्ने सम्भावना थप मजवुत बनाएको हो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रास्पाडोरीले गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज एरिना टुरिनमा […]

April 24, 2023

म्यानचेस्टर एफए कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई सडनडेथमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई सडनडेथमा ७–६ ले पराजित गर्दै फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो । वेम्वली स्टेडियम लन्डनमा निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो […]

Success

Thank you for your time.