default_image

फुटबल

April 28, 2023

एनआरटीले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) ले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले १-० को जित दर्ता गर्दै रेलिगेसन क्षेत्रबाट ३ अंकको दुरी कायम गर्यो । पहिलो हाफमा थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी चुकाउँदा संजिव विष्टले गोल गर्दै एनआरटीलाई अघि बढाएका थिए […]

April 28, 2023

लाम्पार्ड चेल्सीमै रहने

एजेन्सी – इंग्लिस क्लब चेल्सीमा खराब नतिजा कायम गरेपनि अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्ड सिजनको अन्त्यसम्म क्लबमै रहने भएका छन् । लगातार खराव नतिजा आत्मसात् गरेपनि सिजनको अन्त्यसम्म स्टामफोर्ड ब्रिजको डगआउटमा अब कुनै परिवर्तन नहुने क्लबले पुष्टि गरेको छ । ‘खराब नतिजाको बाबजुद पनि सिजनको अन्त्यसम्म फ्रान्क लाम्पार्डले चेल्सीको अन्तरिम प्रशिक्षक रहनेछन् ।’ क्लबले भनेको छ […]

April 28, 2023

चेन्चोले सिजन गुमाउने, साफकै लागि शंका

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबका फरवार्ड चेन्चो ग्याल्सेनले चोटका कारण सहिद स्मारक ए डिभिजन लिग २०७९ को बाँकी खेल गुमाउने भएका छन् । भुटानका राष्ट्रिय टोलीका फरवार्ड चेन्चोले बायाँ खुट्टामा चोट लागेपछि सिजन गुमाउने भएका हुन् । बायाँ खुट्टाको पैतालामा रहेको कान्छी औंला नजिकको मेटाटार्सल हड्डी भाँचिएपछि चेन्चोको खुट्टामा प्लास्टर गरिएको छ । […]

April 28, 2023

फियोरेन्टिना कोपा इटालियाको फाइनलमा

एजेन्सी – इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी क्रेमोनेसलाई पराजित गर्दै फियोरेन्टिना कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा पाएको २–० को जितले समग्रमा २–० कै जित निकाल्दै फियोरेन्टिना फाइनलमा प्रवेश गरेको हो । स्टेडियो अर्टेमियो फ्रान्ची इटालीमा बिहीबार राति भएको खेलमा घरेलु टोली फियोरेन्टिनाले बल पोसेसन राख्दै क्रेमोनेसलाई […]

April 28, 2023

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु टोली टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको हो । युनाइटेडका जेडान सान्चो र मार्कस रासफर्डले गोल गर्दा टोटेनहमका पेड्रो पोरो र ह्युङ मिन सनले बराबरी गोल फर्काए । टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बिहीबार राति भएको […]

April 27, 2023

पुछारको पुलिसले खुमलटारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट जोगिने संघर्षमा रहेको नेपाल पुलिस क्लबले फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ । दशरथ रंगशालामा विहीबार पुलिसले ३-१ को जित दर्ता गर्यो । विभागीय टोलीको जितमा अहमद हिजाजीले २ र मोजेस टुम ग्याबाले १ गोल गरे । सिजनको तेस्रो जितसँगै पुलिस १३ खेलमा १२ अंक […]

April 27, 2023

लिगमा एपिएफ र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग अंकतालिकाको मध्यतिर रहेका एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपिएफ र फ्रेन्ड्सले १–१ को बराबरी खेलेका हुन् । एपिएफका लागि प्रदीप लामा र फ्रेन्ड्सका लागि रफिक अर्निमुले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा प्रदीपको गोलबाट […]

April 27, 2023

ए डिभिजन लिग जेठ २७ मा सकिने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजन लिग जेठ २७ सम्पन्न गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । १३ औं चरणको खेल सुरु हुने दिन एन्फाले १४ औं देखि २६ औं तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । वैशाख १७ गते मछिन्द्र क्लब र सातदोबाटो […]

April 27, 2023

अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बन्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि […]

April 27, 2023

लिभरपुलको पूनरागमन जित, चेल्सीको अर्काे हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले पूनरागमन जित निकाल्दा चेल्सीको अर्काे हार बेहोरेको छ । लिभरपुलले घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि २–१ को पूनरागमन जित निकालेको हो । लिभरपुलको पूनरागमन जितमा कोडी गाक्पो र जोइल मटिपले गोल गरे । वेस्ट ह्यामका लुकास पाक्वेटाको गोल सान्त्वना बन्यो ।लन्डन स्टेडियम लन्डनमा बुधबार राति भएको खेलको १२औं मिनेटमा […]

Success

Thank you for your time.