default_image

फुटबल

January 23, 2018

खप्तड गोल्डकप आयोजनामा घाटा

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा डेढ लाख रुपैयाँ भन्दा केही बढी घाटा भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जानकारी दिएको छ । पुस २१ देखि माघ १ गते सम्म धनगढी रंगशालामा आयोजना भएको सर्वाधिक पुरस्कार राशी मध्येको एक खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा […]

January 23, 2018

धनगढीमा अब महिला गोल्डकप आयोजना हुने

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सफल आयोजना पछि धनगढीमा पहिलो पटक अर्को महिना महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १ गते सम्पन्न दास्रो गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने क्रममा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्ड कप आयोजनाको घोषणा गरेको हो । फागुन अन्त्यतिर महिला गोल्ड […]

January 23, 2018

किरण भारतीय क्लब मिनरेभा पन्जाबसँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका गोलकिपर किरण चेम्जोङ्ग भारतीय क्लब मिनरेभा पन्जाबासँग आबद्ध भएका छन् । क्लबले आज ट्विटरमार्फत किरणको सम्झौता सार्वजनिक गरेको हो । मिनरेभा हाल भारतीय हेरो आई लिगको शीर्ष स्थानमा रहेको छ । मिनर्भाको ९ खेलमा २२ अंक रहेको छ । आज क्लबले किरण बांकी सिजनका लागि मिनरेभासँग आबद्ध हुने जानकारी सार्वजनिक […]

January 23, 2018

सुदूरपश्चिम आहा गोल्ड कपको क्वार्टफाइनलमा, आयोजक सहारा स्तब्ध

पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लब १६ औं आहा रारा गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । आयोजकलाई ३–० ले हराउँदै सुदूरपश्चिम ११ स्पोर्टस क्लब आहा राराको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमलाई जित दिलाउन धनबहादुर थापा, मणीराम चोधरी र राकेश हमालले गोल गरे । धनबहादुरको गोलबाट […]

January 23, 2018

भारतको गरिफा स्पोर्टिङ्ग इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को चौथो क्वाटरफाइनलमा भारतीय क्लब गरिफा स्पोर्टिङ्ग क्लबले सुनसरीको राष्ट्रिय जागृती क्लबलाई १-० ले हराएको छ । यस जितसँगै गरिफा स्पोर्टिङ्गले सेमिफाइनलमा स्थान सुनिश्चित पारेको छ । भारतीय टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । गरिफाका लागि […]

January 23, 2018

कोउटिन्होबिनाको लिभरपुल पुछारको स्वान्सीसँग पराजित

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग पराजित गएको छ । गतसाता अपराजित रहेको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल १-० को पराजय भोग्दै अंक तालिकाको चौथो स्थानमा कायम रहयो । स्वान्सीका लागि खेलको पहिलो हाफको अन्तिमतिर अाल्फी मवसनले गरेको गोल जितको लागि पर्याप्त रहयो । उनलाई फेडेरिको फर्नान्डेजले असिट दिएका […]

Rohit Chand

January 23, 2018

इन्डोनेसियाका समर्थक माझ रोहितको क्रेज (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) -नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द गत महिना पुनः इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका हुन् । उनी पर्सिजाका समर्थक माझ इकोनिक खेलाडीको रुपमा स्थापित भएका छन् । तलको एक भिडियोमा दर्शकदिर्घाबाट समर्थकको आवाजलाई सुनेर रोहित दर्शक नजिक जाँदै अटोग्राफ दिन्छन । उनी पर्सिजा जाकार्तामा ‘फ्यान फेब्रेट’ खेलाडी हुन् । रोहित सम्मिलित […]

January 23, 2018

डे ब्रुएन अझै पाँच वर्ष सिटीमै रहने

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभीन डे ब्रुएनले पाँच वर्षको नयाँ अनुबन्धन थप गरेका छन् । यस अनुबन्धनसँगै उनले म्यानचेस्टर सिटीको साथलाई सन् २०२३ सम्म लम्ब्याएका छन् । २६ वर्षीय बेल्जियन प्लेमेकरले यसअघि सन् २०२१ सम्म अनुबन्धन गरेपनि क्लबले उनलाई अझै राम्रो तलबसुबिधा सहितको करार दिएको हो । […]

January 23, 2018

अन्तत: स्यान्चेज युनाइटेड तथा मिखीतार्यान आर्सनल पुगे

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगका महारथी क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले सम्भवत: जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो ट्रान्सफर पुरा गरेका छन् । क्लबहरुको सहमति पश्चात विङ्गर एलेक्सिस स्यान्चेज म्यानचेस्टर युनाइटेड तथा मिडफिल्डर हेनरिक मिखीतार्यान आर्सनल पुगेका छन् । दुवै क्लबले आफ्ना पूर्व-खेलाडीलाई  धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् । म्यानचेस्टर युनाइटेडले करारको […]

January 22, 2018

केनमाथि रियलको चासो

म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिड टोटेनह्यामका स्टार ह्यारी केनलाई विश्व कीर्तिमानी रकममा भित्राउने योजनामा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रसिया विश्व कप अघि नै सम्झौता गर्ने गरि रियलले २ सय मिलियन पाउन्डको प्रस्ताव गर्ने सम्भावना रहेको बताइएको छ । स्पेनिश साविक विजेता रियल जारी सिजनमा लिगको चौथो स्थानमा रहेको छ । टोलीका तीन […]

Success

Thank you for your time.