default_image

फुटबल

November 22, 2017

‘म खेलेको हेर्न चाहन्छौ भने प्रशिक्षकलाई भन’– टुरे

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका मिडफिल्डर याया टुरेले जारी सिजनमा धेरै खेल्न मौका नपाएपनि आफु दिक्क नभएको बताएका छन् । ३४ वर्षे मिडफिल्डरले पेप ग्वार्डिओलाको टोलीबाट यो सिजन मात्र ५ खेल खेलेका छन् । यद्दपी उनले गत राति च्याम्पियन्स लिगमा फेयनोर्डसँग भने सिटीका लागि ७५ मिनेट खेल्ने मौका पाए । खेलपछि यो सिजन धेरै खेल्ने मौका […]

November 22, 2017

भुम्रे र दुर्गा मावि उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुल र रौतहटको दुर्गा मावि कोकाकोला अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सातदोबाटोस्थि एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा भुम्रेले सिन्धुपाल्चोकको सेतीदेवीलाई २–० ले हराएको थियो । दुर्गा माविले कैलालीको श्री शंकर सरस्वतीलाई १–० ले हराउँदै भुम्रेसँगको फाइनल भेट पक्का गरेको थियो […]

November 22, 2017

सताक्षी गोल्ड कप फाइनल – वर्षको दोस्रो उपाधिको खोजीमा मनाङ र आर्मी

सबिन शेर्मा झापा – ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब वर्षको दोस्रो उपाधिका लागि भोली एक अर्कोको सामना गर्दैछन् । झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फइनलमा यी दुई टोलीले एकअर्काको सामना गर्नेछन् । यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ ।   नकआउट फुटबलमा गत […]

November 22, 2017

पुलिस काकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

कारकभिट्टा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कारकरभिट्टा माविको मैदानमा आज भएको खेलमा पुलिसले भारत कोलकताको सुभास चन्द्र ब्वाइज क्लबलाई ४–० ले हराएको थियो । जितसँगै पुलिस सेमिफाइनल पुगेको छ । राजधानीमा हिजो सम्पन्न चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो […]

Paris Saint-Germain's Uruguayan forward

November 22, 2017

च्याम्पियन्स लिगमा पिएसजी सेल्टिकको सामना गर्दै

पेरिस (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज राति च्याम्पियन्समा सेल्टिकको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । घरेलु टोलीका लागि थियागो मोट्टा घाइते रहेका छन् भने थोमस म्युनियर र जुलियन ड्राक्सलर नखेल्ने सम्भावना रहेको छ । सेल्टिकका […]

Barcelona

November 22, 2017

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टसको सामना गर्दै

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज दुई बलिया टोली बार्सिलोना र युभेन्टस एकआपसमा भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि डिफेन्डर जेरार्ड पिके प्रतिबन्धबाट फर्किँदै छन् । आन्द्रेस इनिएस्टा फिट रहेका छन् भने जाभिएर मासेरानो र सर्जी रोबर्टो […]

November 22, 2017

सिटी र टोटनह्याम विजयी, लिभरपुल रोकियो

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एफ’अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर सिटीले फेयेनूर्डलाई १-० ले हराएको छ । सिटीको जितमा निर्णायक गोल रहिम स्टेर्लिङले गरेका थिए । यस जितसँगै सिटीको ५ खेलमा १५ अंक रहेको छ र समूहको विजेता हुने पनि पक्का भएको छ । समूहको अन्य खेलमा नेपोलीले शाख्तार डोनेस्कलाई ३-० ले हराएको थियो । […]

November 22, 2017

रियलको जितमा रोनाल्डोको २ गोल

निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’अन्तर्गत साविक विजेता रियल म्याड्रिडले एपोएल निकोसियामाथि ६-० को शानदार जित दर्ता गरेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले दुई-दुई गोल गरेका थिए । रियलले खेलको २३ औं मिनेटमा लुका मोड्रिचको बक्स बाहिरबाट प्रहार गरिएको सुन्दर गोलद्वारा खेलमा अग्रता लिएको थियो । त्यस्तै टोनि क्रुसको पासमा […]

November 21, 2017

रौतहटको दुर्गा सेकेण्डरी स्कुल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रौतहटको श्री दुर्गा सेकेण्डरी स्कुल राजधानीमा जारी कोकाकोला कप अन्तरविद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत छात्रातर्फको सेमिफाइनलमा पुग्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा दुर्गा सेकेण्डरी ब्राइट फ्युचरलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । दुर्गा सेकेण्डरी स्कुलको जितमा रश्मी कुमारी […]

November 21, 2017

मेची नेत्रालय काकरभिट्टा गोल्ड कप भोलीबाट

कारकभिट्टा (हाम्रो खेलकुद)– मोसफलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संसकरण भोली सुरु हुँदैछ । ए डिभिजन टोली, भारतको सुवासचन्द्र ब्वाइज क्लबसहितको १० वटा टोलीले कारकरभिट्टा माविमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरसहित रमपम झापा –११, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, […]

Success

Thank you for your time.