default_image

फुटबल

January 18, 2017

सिएमजी भेट्रान फुटबल टोली भारत प्रस्थान

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उमेन्द्रमान सिंह र बालगोपाल महर्जनसहित पूर्व खेलाडी सम्मिलित सिएमजी क्लब भेट्रान टोलीले भारतको कोलकातामा आयोजना हुने ‘आठौ कलकता भेट्रान अन्तराष्ट्रिय आमन्त्रण सकर च्यालेन्ज’ भाग लिने भएको छ । प्रतियोगितमा भाग लिन २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । युनाइटेड भेट्रान कोलकाताको आयोजनमा हुने प्रतियोगिता […]

January 18, 2017

एपिएफलाई हराउँदै धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– धरान फुटबल क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । विभागिय टोली एपिएफलाई १–० ले हराउँदै धरान दोस्रो पटक आहा रारा गोल्डकपको दोस्रो चरणमा पुगेको हो । धरानले माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग क्वार्टरफाइनलमा खेल्नेछ । दीपक राईले थप समयमा गरेको गोलमा धरानले अन्तिम आठको यात्रा […]

January 18, 2017

आहा रारा गोल्ड कप – एपिएफ र धरानबीचको पहिलो हाफमा गोलरहित बराबरी

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा बुधबार एपिएफ र धरान फुटबल क्लबबीचको प्रतिस्पर्धाको पहिलो हाफसम्म गोलरहित बराबरी भएको छ । दुवै टोलीले थोरै मात्र अवसर पाएपनि उपयोग गर्न सकेनन् । १६ ओं मिनेटमा नवीन लामाको क्रसमा युवराज खड्काको प्रहार धरानका गोलकिपरले रोके । त्यस्तै एपिएफले २७ औं मिनेटमा गोल गर्ने राम्रो […]

January 18, 2017

किरण टिसी फुटबल क्लबबाट ‘डेब्यू’ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्समा ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबबाट बुधबार डेब्यू गर्दैछन् । अर्को महिना सुरु हुने त्यहाँको प्रिमियर लिगका लागि क्लबहरु तयारीमा जुटिसकेका छन् । केही दिनअघि टोलीको अभ्यासमा जुटेका किरणका अनुसार टिसीले आज गत बर्षको लिग विजेता टोली माजिया स्पोर्टस एन्ड रिक्रियसन क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ […]

January 18, 2017

आहा रारामा एपिएफ र धरान भिड्दै

पोखरा (हाम्रो खेलकुद)– मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेल अब केही समयपछि पोखरा रंगशालामा सुरु हुँदैछ । पहिलो चरणको दोस्रो खेलमा आज विभागिय टोली एपिएफले धरान फुटबल क्लबको सामना गर्नेछ । धरान तीन बर्षपछि आहा रारा खेल्न पोखरा आएको हो । अर्को गत महिना सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफले त्यसपछिका […]

January 17, 2017

कान्तिपुरलाई मिडिया कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर मिडिया ग्रुपले मिडिया कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मिडिया कपको आठौं संस्करणको फाइनलमा कान्तिपुरले पूर्व विजेता इमेज च्यानललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । कान्तिपुरले ५० हजार र इमेजले २५ हजार रुपैयाँ प्राप्त गरे । निर्धारित ६० मिनेटको खेलमा सुनील […]

sahara

January 17, 2017

आयोजक सहारा आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– अफ्रिकिन मुलका खेलाडी मार्टिनको २ गोलसँगै आयोजक सहारा गोल्डकप सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सहाराले माघ ८ गते भारतको सिक्किम युनाइटेडसँग अन्तिम चार प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा मंगलबार मार्टिनले छैटौं मिनेटमा गोल गर्दै साहारालाई अग्रता दिलाएका थिए […]

January 17, 2017

आहा रारा गोल्डकपमा आयोजक सहाराको अग्रता

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपको उद्घाटन खेलको पहिलो हाफमा आयोजक सहाराक गोल्ड कप फुटबल प्रतियोगिताले ३–० ले अग्रता लिएको छ । घरेलु टोलीलाई मार्टिनले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मार्टिनले वान भर्सेस वानमा गोल गरेका थिए । १२ औं संस्करणको विजेता सहराका अलागि २७ औं मिनेटमा रिटार्ड पुनले अर्को गोल थपेका […]

January 17, 2017

आहा रारा गोल्डकप सुरु हुँदै, आयोजक र सुदूरपश्चिम भिड्ने

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपको उद्घाटन खेल केही समयमा पोखरा रंगशालामा सुरु हुँदैछ । १५औ आहा रारा गोल्ड कपको उद्घाटन खेलमा आयोजक साहारा र सुदूरपश्चिम फुटबल क्लब उत्रदैछन् । १२ टोलीको सहभागिता रहेको प्रतियो.गिताको विजेताले बिजेताले ५ लाख १ हजार १ रुपैयाँ तथा दोस्रो हुने टोलीले २ लाख ५१ हजार १ रुपैयाँ पाउनेछन् । […]

January 16, 2017

‘समाजको सकारात्मक परिवर्तनका लागि खेलकुद’

पोखरा (हाम्रो खेलकुद) – ‘संयुक्त राष्ट्र संघले विश्वमा शान्ति र समृद्धिका लागि खेलकुद भनेको छ । समाजमा सकारात्मक परिवर्तन गर्ने खेलकुद हो तर अझै पनि बुझेका मान्छेमा नै खेलले बिग्रन्छ भन्ने मानसिकता कायमै छ । खेलले कहिल्यै बिगार्दैन, समय व्यवस्थापन गर्न नसक्दा चाहिँ हानी हुन्छ ’ नेपाल ओलम्पिक कमिटि सदस्य तेज गुरुङले मंगलबार पोखराका खेलकुद […]

Success

Thank you for your time.