November 8, 2017
बार्सिलोना (एजेन्सी) – ला लिगाको दोस्रो खेलमा घाइते भएका बार्सिलोनाका फरवार्ड उस्माने डेम्बेले चोटबाट समयमै फर्किने भएका छन् । बार्सिलोनाले यसै वर्ष डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट भित्र्याएको थियो । डेम्बेले सेप्टेम्बर १६ मा गेटाफे विरुद्धको खेलमा घाइते भएका थिए । उनलाई चिकित्सकले पूर्ण फिट हुन तीन महिनाको समय दिएका थिए । अहिले प्राप्त खबर अनुसार उनी […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोली एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । विस्केकमा एकपक्षीय बनेको खेलमा ओमानले पहिलो हाफमा ३–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्दै ५–० को सहज […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – युरोपियन फुटबल महासंघ (युइएफए) को फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्सका लागि यहि साता युरोप यात्रामा निस्कन लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कुमार थापालाई आर्थिक सहयोग पनि जुट्न सुरु भएको छ । दुई वर्षे कोर्सका लागि झन्डै ७० लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये आधा युइएफएले थापालाई छात्रबृति […]
November 8, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको यस सिजनमा खराब सुरुवातले एउटा स्ट्राइकरको अभाव देखाएको छ । सो अवस्ठामा प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका ह्यारी केनलाई सम्भावित दाबेदार मानिएको छ । तर स्पेनिश फुटबल विशेषज्ञ गुलेम बालागले भने क्रिस्टियानो रोनाल्डोले केनलाई रियलमा नचाहने बताएका छन् । स्ट्राइक करिम बेन्जेमा र रोनाल्डोको खराब प्रदर्शनका कारण रियलले अहिले विकल्प […]
November 8, 2017
न्युयोर्क (एजेन्सी) – न्यु योर्क सिटीका लागि आफ्नो अन्तिम खेल खेल्दै पूर्व इटालियन खेलाडि आन्द्रे पिर्लोले फुटबलबाट सन्न्यास लिएका छन् । पिर्लो २००६ को विश्वकप विजेता पनि हुन् । ३८-वर्षीय पिर्लोले इटालीका लागि ११८ खेल खेले भने ब्रेसियाबाट क्लब करियर सुरु गर्दै इन्टर मिलान, एसि मिलान र युभेन्टसजस्ता प्रतिष्ठित क्लबहरुबाट पनि खेलेका थिए । दुई […]
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप फुटबलको दोस्रो चरण पुग्ने लक्ष्यसहित किर्गिस्तानमा पुगेको नेपाली युवा टोली छनोटका खेलमा अंकविहित मात्र होइन गोल विहिन फर्कने सम्भावना देखिएको छ । सुरुआती ३ खेलमा १ गोल नगरी ७ गोल खाँदै छनोट चरणबाट बाहिरिसकेको नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज […]
November 7, 2017
म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भविष्यमा क्रिस्टियानो रानाल्डोको सट्टाका रुपमा हेरेको र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नेयमारका बाबुले यस बारे छलफल पनि गरिरकेको बताइएको छ । छलफल मुख्यतः सम्झौतामा उल्लेख हुने सर्तहरुका विषयमा केन्द्रित रहेको समेत जनाइएको छ । तर अध्यक्ष पेरेज र नेयमार सिनियरबीचको छलफलअनुसार रोनाल्डोको रियलसँगको सम्झौता सकिएपछि […]
November 7, 2017
झापा (हाम्रो खेलकुद) –साताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण अर्को साताबाट आयोजना हुने भएको छ । झापाको सातासिधाम स्पोर्टिङ क्लब झिलझिलेको आयोजनामा कात्र्तिक २८ गतेबाट बाट सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए । ए डिभिजनका ३, विदेशी एक सहित प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । झापा ११ […]
November 7, 2017
काठमाडौं (हाम्रो खेलकुद )- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए) ले सञ्चालन गर्ने फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्समा सहभागिता जनाउने भएका छन् । थापा उक्त कोर्षका लागि एसियाली महादेशबाट छनोट हुने एक्लो एसियन खेलाडी हुन् । उक्त कोर्षमा विभिन्न देश र क्लबबाट खेलिसकेका २५ […]
November 7, 2017
लण्डन (एजेन्सी) – पूर्व म्यानचेस्टर युनाइटेड तथा एभर्टनका प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्यामको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । वेस्ट ह्यामले हिजो मात्रै प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको थियो । “डेभिड मोयस प्रिमियर लिगमा निकै सम्मानित प्रशिक्षक हुन् । उनलाई यस लिगको ज्ञान पनि उत्तिकै छ । उनले खेलाडिहरुको क्षमता उकास्न मद्दत गर्ने छन्,” वेस्ट […]