default_image

फुटबल

Messi

September 7, 2017

मेस्सीले सेभिल्लासँगको खेल गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोनाबाट ला लिगामा नोभेम्बरमा सेभिल्लासँगको खेल गुमाउन सक्ने सम्भावना छ । विश्व कप छनोट चरणको अंक तालिकामा माथि उक्लन नसके अर्जेन्टिनाबाट खेल्नका लागि मेस्सीले बार्सिलोनाको खेल छोड्नु पर्ने हुन सक्नेछ । दक्षिण अमेरिका क्षेत्रबाट अंक तालिकाको शीर्ष चारमा पर्ने स्वतः विश्वकपमा छनोट हुनेछन् । पाँचौं स्थानमा रहेको टोलीले […]

September 7, 2017

चितवनमा मनाङलाई झापाले रोक्ला ?

दिपक बोहोरा चितवनमा जारी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगितामा आज लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रमपम झापा ११ आमने सामने हुँदैछन् । अघिल्लो वर्ष झापा गोल्डकपमा आफ्नै घरेलु मैदानमा मनाङसँग पराजित हुँदै उपाधि गुमाएको झापा त्यो हारको बदला लिने धुनमा रहने छ । घरेलु फुटबलमा सफल क्लब मनाङ भने झापालाई हराउँदै यो […]

September 7, 2017

नेयमार र बाप्पे पहिलो पटक एकसाथ अभ्यासमा

पेरिस (एजेन्सी)– यो सिजन दुई स्टारका लागि मात्र ३ सय ६४ मिलियन पाउन्ड खर्चेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसपटक सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको अपेक्षा गरेको छ । हालै पिएसजीमा लोनमा आबद्ध भएका किलियन बाप्पे पहिलो पटक बुधबार नेयमारसहित अन्य टोलीसँग अभ्यास गरेका छन् । मोनाकोबाट १ सय ६६ मिलियन पाउन्डमा लोनमा पिएसजीमा आबद्ध […]

September 6, 2017

झरना कप फुटबलमा १६ टोली

दीपक न्यौपाने बुटबल– झरना स्पोर्टस क्लबको आयोजनामा ३१ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुरमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए । विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको समूह ‘ए’ माछापुच्छ«े, सौभाग्य, जनज्योति, झरना, फर्साटिकर, न्इू राइज, नव […]

mens

September 6, 2017

पल्सर स्पोर्टस अवार्ड २०७३– उत्कृष्ट खेलाडीमा किरणसँग अन्य ४ खेलाडीको प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुषका लागि अलग अलग खेलका ५ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । गत बर्ष उच्च प्रदर्शन गरेका कारण उनीहरुले अवार्डको प्रतिस्पर्धीको रुपमा अभ्याएका छन् । यसपटक यो अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र […]

gianni nepal

September 6, 2017

नेपालको ९ नम्बर जर्सी फिफा अध्यक्ष इन्फान्टिनोलाई उपहार

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले उपहारमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्राप्त गरेका छन् ।   अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले पठाएको उपहार जर्सी प्रदर्शन गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले तस्बिर समेत खिचाएका छन् । एन्फाले ९ नम्बर जर्सीमा इन्फान्टिनो नाम समेत छपाएर पठाएको थियो । […]

messi ronaldo kane

September 6, 2017

रोनाल्डो र मेस्सीको रेकर्डसँग तुलना गर्दै केन

लन्डन (एजेन्सी)– इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटको भनाई मान्ने हो भने इङ्लिस स्ट्राइकर ह्यारी केन आफ्नो गोलको रेकर्ड लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुनाला गर्छन् । प्रिमियर लिगमा लगातार २ सिजन गोल्डेन बुट आफ्नु नाममा गरेका टोटेनह्यामका स्ट्राइकर केन राष्ट्रिय टोलीका लागि लयमा छन् ।  उनले इङ्ल्यान्डका लागि २० खेलमा १० गोल गरिसकेका छन् । जस […]

Jaycess APF

September 6, 2017

एपिएफ जेसिज कपको सेमिफाइनलमा

भरतपुर (हाम्रो खेलकुद)– ‘ए’ डिभिजन क्लबको हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब प्रथम इपलानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेकोछ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा बिहीबार पोखरा ११ लाई ४–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । चौथो मिनेटमा रमेश डंगोलको गोलबाट चौथो मिनेटमा अग्रता लिएको एपिएफका लागि ४६ औं मिनेटमा युवराज खड्काले गोल […]

Saudi Arabia

September 6, 2017

साउदी विश्व कपका लागि छनोट

जेदाह (एजेन्सी) – साउदी अरब अर्को वर्ष रुसमा हुने विश्व कपका लागि एसियाबाट छनोट भएको छ । छनोट अन्तर्गत समूह बीमा जापानमाथि १-० को जित हासिल गरेपछि साउदीले दोस्रो स्थानमा रहँदै छनोट चरण अन्त्य गरेपछि विश्व कपमा स्थान पक्का भएको हो । घरेलु मैदानमा भएको खेलमा साउदीले दोस्रो हाफमा फाहद अल मुवल्हदको गोलमा लिएको अग्रतालाई […]

rohit vs Tajikistan

September 6, 2017

रोहित आज इन्डोनेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग खेलका लागि फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती इन्डोनेसिया फर्कदैछन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ पनि आजै माल्दिभ्स जाँदैछन् । रोहित र किरण सम्मिलित टोली मंगलबार एएफसी एसियन कप छनोट चरणमा ताजिकस्तिानसँग २–१ ले पराजित भएको थियो । रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसियिक फुटबल खेल्दै आइरहेका छन् […]

Success

Thank you for your time.