default_image

फुटबल

August 29, 2017

मेस्सीसहितको अर्जेन्टिना विश्व कप छनोटको तयारीमा

बोयनस आइरिस (एजेन्सी)– लियोनल मेस्सी र उनका अर्जेन्टाइन टोलीका सहयात्रीले विश्व कप छनोटको महत्वपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरेका छन् । मेस्सीसहित सर्जियो अगुइरो, माउरो इकार्डी, पाउलो डेबाला, एन्जेल डि मारियालगायत स्टारहरु उरुग्वे र भेनेजुयलाविरुद्ध हुने खेलको तयारीमा जुटेका हुन् । प्रशिक्षणका दौरान खेलाडीहरु प्रशिक्षक जोर्ज साम्पाउलीसँग गहिरो छलफल पनि गरे । दुई दिनअघि बोर्नमाउथविरुद्ध […]

Barca

August 29, 2017

बार्सिलोनाको अझै दुई खेलाडी भित्राउने लक्ष्य

बार्सिलोना (एजेन्सी)– कीर्तिमानी रकममा बोरुसिया डर्टमाउण्डबाट औसमाने डेम्बेलेलाई भित्राएपछि पनि बार्सिलोनाले अझै १ वा २ खेलाडी भित्राउने लक्ष्य राखेको छ । स्टार खेलाडी नेयमारलाई यसै ट्रान्सफर विन्डोमा गुमाएपछि बार्सिलोना दबाबमा छ ।  बार्सिलोनाका फुटबलका निर्देशक रोबर्ट फेरन्यानडेजले क्लबले थप नँया खेलाडी खरिद गर्ने लक्ष्य लिएको बताएका छन् । ‘हामी थप १ वा २ खेलाडी भित्राउने […]

Chamberlain

August 29, 2017

आर्सनलका च्याम्बरलेन चेल्सीमा जाने

लन्डन (एजेन्सी)– मिडफिल्डर एलेक्स अक्स्लेट च्याम्बरलेन चेल्सीलाई बेच्न आर्सनल तयार भएको छ । लामो समयदेखि आर्सनल छाड्ने सोचाइमा रहेका च्याम्बरलेन प्रिमियर लिगका साविक विजेतासँग आबद्ध हुनेछन् । यो सिजनको अन्त्यसँगै च्याम्बरलेनको आर्सनलसँगको सम्झौताको सकिने थियो । तर, आर्सनलले चेल्सीको ३५ मिलियन पाउण्डको प्रस्ताव स्वीकारेपछि च्याम्बरलेनका लागि बाटो खुलेको छ । च्याम्बरलेनलाई आर्सनलले सम्झौता नवीकरण गर्न […]

August 28, 2017

रोनाल्डोको परिवार मोह

म्याड्रिड (एजेन्सी)– प्रतिबन्धमा रहेका रोनाल्डोलाई रियल म्याड्रिडको पछिल्लो ला लिगा खेल हेर्न सम्भवत कठिन हुन सक्थ्यो । आइतबार रियलले खेलको अन्त्यतिर गोल फर्काउँदै भ्यालेन्सियासँग २–२ को बराबरी खेलेको थियो । तर, रोनाल्डो त्यो खेलमा दर्शकका रुपमा पनि सामेल भएनन् । बरु उनले त्यो समय परिवारलाई दिन उपयुक्त ठाने । अनि परिवारका सदस्यसँगको तस्बिर सार्वजनिक गर्दै […]

Keita

August 28, 2017

कीर्तिमानी रकमसहित केइटा लिभरपुलमा आबद्ध

लिभरपुल (एजेन्सी)– इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले आरबी लेपजिगबाट गिनियन मिडफिल्डर न्याबी केइटालाई भित्राउने भएको छ । लिभरपुलले लेपजिगसँग २२ वर्षिय मिडफिल्डरको ४८ मिलियन पाउण्ड रिलिज क्लज तिर्दै अर्को सिजन उनलाई भित्राउने सम्झौता गरेको छ । केइटाको बुन्डेसलिगा क्लबसँगको सम्झौता अनुसार अर्को वर्ष उनको सम्झौतामा ४८ मिलियन पाउण्डको रिलिज क्लज थपिनेछ । लिभरपुलले उनको रिलिज […]

James

August 28, 2017

बायर्न म्युनिखले रोड्रिग्वेजलाई राष्ट्रिय टोलीबाट खेल्न रोक्यो

म्युनिख (एजेन्सी) – जर्मन क्लब बायर्न म्युनिखले कोलम्बियन स्टार हामेज रोड्रिग्वेजलाई भेनेजुएलाविरुद्धको विश्व कप छनोट चरणको खेल नखेल्ने निर्देशन दिएको छ । हालै तिघ्राको चोटमुक्त भएर फर्केका रोड्रिग्वेजको स्वास्थ जाँच पछि उनलाई भेनेजुएलासँगको खेल नखेल्न क्लबले निर्देशन दिएको हो । ”कोलम्बियन एफएले रोड्रिग्वेजलाई भेनेजुएनासँग ३१ अगस्ट र ब्राजिलसँग ५ सेप्टेम्बेरको खेलमा सहभागी हुन बोलाएको छ […]

August 28, 2017

ताजकिस्तानसँगको खेलका लागि रोहित आज फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग ८ दिन पछि हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती स्वदेश आइपुग्दैछन् । उनी राती ८ः३० बजे त्रिभुवन विमानस्थल ओर्लने उनका दाजु रविन्द्रले जानकारी दिए । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र ताजकिस्तानबीच भदौ २० मा प्रतिस्पर्धा हुँदैछ । भोलीबाट राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकिएका सबै […]

Bappe

August 28, 2017

बाप्पे पिएसजी जाने पक्का

मोनाको (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली युवा खेलाडी किलियन बाप्पे भित्राउन मोनाकोसँग सम्झौता गरेको छ । यो सिजन फरवार्ड बाप्पेलाई लोनमा भित्राउदै पिएसजीले अर्को सिजन १ सय ६६ मिलियन पाउण्डमा स्थायी रुपमा उनलाई खरिद गर्न सक्ने बताइएको छ । मोनाकोबीच सम्झौता भएपनि पिएसजीले बाप्पेसँग भने सहमति गर्न बाँकी छ । रियल म्याड्रिड , […]

August 28, 2017

इन्डोनेसियामा रोहितको क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका रोहित चन्द आबद्ध इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले लिगा १ मा उच्च प्रदर्शनलाई जारी राखेको छ । गए राती घरेलु मैदानमा पर्सिजाले पेरसेलालाई २–० ले हराएको थियो । जितपछि पर्सिजा ३६ अंकसहित लिग अंकतालिकाको छैटौं स्थानमा यथावत छ । टोलीले अहिले सम्मका २२ खेलमा ९ मा जित ९ मा […]

August 28, 2017

घरेलु मैदानमा हारबाट जोगियो रियल

म्याड्रिड (एजेन्सी)– मार्को एसेन्सियोले २ गोल गरेपछि गए राती रियल म्याड्रिड घरेलु मैदानमा हारबाट जोगिएको छ । सिजनको पहिलो खेलमा सहज जित हासिल गरेको रियलले भ्यालेन्सियामा २–२ को बराबरी खेलेको छ । डिपोर्टिभो ला कुरुनासँगको खेलमा रातो कार्ड पाएर प्रतिबन्धमा रहेका सर्जियो रामोस कारण पहिलो रोजाइमा मौका पाएका एसेन्यिोले खेल सुरु भएकै १० मिनेटमा जादु […]

Success

Thank you for your time.