default_image

फुटबल

April 11, 2017

‘रियल छाडेको दिनमा म रोएँ’- हिगुआइन

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस र बार्सिलोनाको खेल अघि रियल म्याड्रिडका पुर्व खेलाडी गोन्जालो हिगुआइनले रियल म्याड्रिड छोड्दाको समय निकै गाह्रो भएको अभिव्यक्ति दिएका छन्। सन् २००७ देखि २०१३ सम्म रियलका लागि खेलेका अर्जेन्टिनी स्ट्राइकर हिगुआइनले म्याड्रिडको जर्सीमा खेल्दै १२१ गोल गरेका थिए। सन् २०१३मा नेपाली लागेका हिगुआइनले युभेन्टस आउनुअघि ३ सिजन इटालीमै […]

April 10, 2017

रियल वा बार्सिलोनाले मात्र औबामेयाङलाई किन्न सक्ने

एजेन्सी – जारी सिजनमा ३२ गोल गरेर लगातार युरोपमा तहल्का मच्चाईरहेको बोरुसिया डर्टमुण्डका स्ट्राइकर पिएर एमेरिक औबामेयाङलाई किन्न स्पेनका ठुला क्लब बार्सिलोना र रियल म्याड्रिडले मात्र सक्ने डर्टमुण्डका प्रबन्ध निर्देशक हान-योचिम वाट्ज्केले बताएका छन्। २७ वर्षीय स्ट्राइकरले पछिल्लो तिन सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको डर्टमुण्डसंगको अनुबन्धन सन् २०२०सम्म कायम रहनेछ र त्यसैकारण क्लबले […]

April 10, 2017

‘नेपाल युथ प्रोग्राम’लाई जर्मनीबाट सहयोग

काठमाडौँ (हाम्रो खेलकुद) – विगत २ वर्षयता युवाहरुलाई फुटबल मार्फत खेल तथा व्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको संस्था नेपाल युथ प्रोग्रामलाई एक कार्यक्रमका बीच आज जर्मनीबाट सहयोग प्रदान भएको छ। जर्मनीको एम्च्योर क्लब भी.एफ.आर मेर्जहौसेनका अध्यक्ष वोल्फगंग वेयर्सले नेपाल युथ प्रोग्रामलाई नगद सहयोग गरेका हुन्। उनले कुलेश्वर स्थित नेपाल युथ प्रोग्रामको मैदानमा गएर प्रशिक्षण […]

April 10, 2017

नेयमारसंगै रोनाल्डोले पनि एल क्लासिको गुमाउने सम्भावना

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रातो कार्ड पाएपश्चात गरेको व्यवहारका कारण नेयमारले थप प्रतिबन्ध पाउँदै एल क्लासिकोमा प्रतिबन्धित हुने भएका छन्। रातो कार्ड पाएपछि मैदान छाड्ने क्रममा चौथो अफिसियललाई व्यंग्यात्मक ढंगले ताली बजाएपछि नेयमार फसेका हुन्। रोनाल्डोले लास पल्माससंग खेल्दा ला लिगाको चौथो पहेंलो कार्ड पाएका थिए र आगामी साता […]

April 10, 2017

सावित्रा र अनिता सम्मिलित माल्दिभ्स एयरपोर्टको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित माल्दिभ्स एयरपोर्ट कम्पनी लिमिटेडले क्लब माल्दिभ्स १८/३० वुमन फुटसल फिएस्टामा विजयी सुरुआत गरेको छ । माल्दिभ्स एयरपोर्टले आइतबार माल्दिभ्स पुलिसलाई ६–३ ले हराएको छ । ६ मध्ये ५ गोल सावित्रा र अनिताले गरेका थिए । सावित्रा ह्याट्रिक गरेको खेलमा […]

April 9, 2017

एसी मिलान जुनियर फुटबल क्याम्प आज सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा एसी मिलान जुनियर फुटबल क्याम्प आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु भएको छ। शुक्रबारसम्म हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी छन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो। एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. […]

April 9, 2017

प्रिमियर लिगमा युनाइटेडसँग सन्डरल्यान्डको हार

सन्डरल्यान्ड (एजेन्सी)– प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अंक तालिकाको पुछारमा रहेको सन्डरल्यान्डलाई ३–० ले पराजित गरेको छ । अंकतालिकाको शीर्ष ४ मा पर्न संघर्षरत युनाइटेड एक खेल कम खेलेको आर्सनललाई पछि पर्दै पाँचौ स्थानमा एक्लेको छ । मुख्य खेलाडी विना मैदानमा उत्रेको युनाइटेडले ३०औ मिनेटमा आग्रता लिएको थियो । पाहुना टोलीका लागि स्वीडिस फरवार्ड ज्लाटन इब्रहिमोभिचले […]

April 9, 2017

कुलेश्वर ‘ए’लाई यु-१४ फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- कुलेश्वर ‘ए’ ले वार्नर अल्बर्ट सिक्स ए साइड यू १४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल युथ प्रोग्राम र कुलेश्वर आवास युथ काउन्सिल (केवाइएसी) को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा कपन ‘ए’ लाई २–१ पराजित गर्दै कुलेश्वर ‘ए’ले उपाधि जितेको हो। प्रतियोगितामा कुलेश्वर ‘ए’ र ‘बी’ तथा कपन ‘ए’ र ‘बी’ टोलीको […]

April 9, 2017

अनिता र सावित्रा आज माल्दिभ्समा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित माल्दिभ्स एअरपोर्ट कम्पनि लिमिटेडले क्लब माल्दिभ्स १८/३० वुमन फुटसल फिएस्टा अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दै छन्। नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुने खेलमा नेपाली खेलाडी सम्मिलित एअरपोर्ट टोलीले पुलिस क्लबको सामना गर्दैछ। दुइ साता अघि माल्दिभ्स प्रस्थान गरेका […]

April 9, 2017

नेयमारले एल क्लासिको गुमाउने

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको मालागा र बार्सिलोनाबिचको खेलमा रातो कार्ड पाएका ब्रजिलिएन फरवार्ड नेयमारले दुइ सातापछि हुने रियल म्याड्रिड र बार्सिलोनाको खेल गुमाउने भएका छन्। मालागाको घरेलु मैदानमा भएको खेलमा २-०को पराजय भोगेसंगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको थियो। मालागा विरुद्धको खेलमा दुइ पहेंलो कार्ड पाएका नेयमारले लिगको नियमअनुसार १ खेलमात्र […]

Success

Thank you for your time.