default_image

फुटबल

March 26, 2017

नेपाली फुटबल टोली फिलिपिन्स पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली आज बिहान फिलिपिन्स पुगेको छ। त्रिभुवन विमानस्थलबाट गए राती मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुगेको हो । नेपाल र फिलिपिन्सबीच मंगलबार रिजाल रंगशालामा प्रतिस्पर्धा हुनेछ ।  कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक […]

March 26, 2017

अस्ट्रेलियामा जगजितको टोलीको हार

काठमाडौँ (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जर्ज क्रस फुटबल क्लबले भिक्टोरिया नेसनल प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । जगजित विना उत्रेको सनसाइन मेलबर्न भिक्ट्रीसँग १–० ले पराजित भएको थियो । अघिल्लो साता अभोनडेल एफसीसँगको फुटबल फेडेरेसन अस्ट्रेलिया कपमा रातो कार्ड पाएका कारण शनिबारको खेलमा जगजित प्रतिबन्धमा थिए ।

giroud

March 26, 2017

जिरुडको दुई गोलमा फ्रान्सलाई सफलता

लग्जेमबर्ग (एजेन्सी)– आर्सनलका स्ट्राइकर ओलिभर जिरुडको २ गोलको मद्दतले फ्रान्सले लग्जेमबर्गलाई ३–१ ले हराउँदै समूहको शीर्षस्थानमा थप मजबुद बनेको छ । २८ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । मिनेटमा पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घरेलु टोलीले पेनाल्टी मार्फत बराबरी गरेको थियो । पिएसजीका मिडफिल्डर ब्लैसे माटौदीले […]

robben

March 26, 2017

नेदरल्यान्ड्सको विश्व कप यात्रा कठिन बन्दै

बुल्गेरिया (एजेन्सी) – बुल्गेरियाको घरेलु मैदानमा २–० पराजय भोगेपछि नेदरल्याड्स विश्व कप छनोट यात्रा कठिन बनेको छ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स अंकतालिकाको चौथो स्थानमा झरेको छ । युरोपको ९ समूहका विजेताले स्वतः रुसमा सन् २०१८ मा हुने विश्व कपमा प्रवेश पाउनेछन् । त्यस्तै ९ समूहका उत्कृष्ट ८ उपविजेताले पनि विश्व कपमा स्थान बनाउनेछन् […]

March 26, 2017

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

लिस्बन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको २ गोल र आन्द्रे सिल्भाको गोलमा पोर्चुगलले विश्व कप युरोप छनोटअन्तर्गत समूह ‘बी’ को आइतबार बिहानको खेलमा हंगेरीलाई ३–० ले हराएको छ । रोनाल्डोले पोर्चुगलका लागि ७० अन्तर्राष्ट्रिय गोल पुरा गरेको खेलमा घरेलु टोलीले सहज जित हासिल गरेको थियो । यसअघि युरो २०१६ को समूह चरणको भेटमा यी पोर्चुगल र हंगेरीले […]

carlos

March 25, 2017

लेजेन्डहरुको खेलमा लिभरपुलले रियल मड्रिडलाई हरायो

लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबको घरेलु मैदान एनफिल्डमा भएको च्यारिटी खेलमा लिभरपुलका पूर्व खेलाडीको टोलीले रियल मड्रिडलाई ४-३ ले हराएको छ । लिभरपुलका लागि माइकल ओवेन, जोन अलरिज , रव्बी फोलर र स्टेभेन जेरार्डले गोल गरे भने रियलका लागि एडविन कंगो, फर्नान्डो मोरिएन्टस् र रुबेन डी ला रेडले गोल गरे । रियलले ४-० ले […]

barcelona-nepal-purwanchal

March 25, 2017

सुरेन्द्रको उपस्थितिमा पूर्वाञ्चल बार्सा फ्यान क्लब गठन

इटहरी (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका पूर्व खेलाडी सुरेन्द्र तामाङको प्रमुख अतिथि रहेको पूर्वाञ्चल बार्सिलोना फ्यान क्लबको भेलाले शनिबार सञ्जिव शाख्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । सय भन्दा बढी समर्थकहरुको भेलाले विप्लब दहाललाई उपाध्यक्ष अभिषेक शर्मालाई सचिव, नवराज खड्कालाई सह सचिव र कौशिला खड्कालाई कोषाध्यक्षमा चयन गरेको छ । समितिका सदस्यमा मनीष […]

kamal-shrestha-nepal

March 25, 2017

नेपाली फुटबल टोली फिलिपिन्सको यात्रामा निस्कदै

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि नेपाली फुटबल टोली आज राती त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन विमानस्थलबाट मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुग्नेछ । नेपाल र फिलिपिन्सबीच मंगलबार एएफसी एसियन कप छनोटको समूह चरणको पहिलो खेल हुँदैछ । खेल रिजाल रंगशालामा हुनेछ । जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा रहेको […]

ronaldo

March 25, 2017

पोर्चुगल विश्व कप छनोटमा आज हंगेरीको सामना गर्दै

पोर्चुगल (एजेन्सी) – विश्व कप युरोप छनोट चरण अन्तर्गत आज पोर्चुगलले घरेलु मैदानमा हंगेरीको सामाना गर्दै छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा पोर्चुगलले जित निकाल्न सके सन् २०१८ मा रुसमा हुने विश्व कपमा स्थान बनाउने सम्भावना थप मजबुद हुनेछ । पोर्चुगलले छनोटका ४ मध्ये ३ खेल जितेको छ । ९ अंकसहित पोर्चुगल दोस्रो र […]

hart

March 25, 2017

हार्टलाई लिथुआनियाविरुद्ध इङ्गल्याण्डको कप्तानीको जिम्मेवारी

इङ्ल्यान्ड (एजेन्सी) – लिथुआनियाविरुद्ध आइतबार हुने विश्व कप छनोट अन्तर्गतको खेलका लागि गोलकिपर जो हार्टले इङ्ल्यान्ड फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । म्यानचेस्टर सिटीका हार्ट इटालीको टोरिनो क्लबमा लोनमा छन् । छनोट अन्तर्गतको पाचौं खेल खेल्ने क्रममा रहेका इङ्ल्यान्डका अघिल्ला चारमध्ये २ खेल म्यानचेस्टर युनाइटेडका वेन रुनी र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले २ खेलमा […]

Success

Thank you for your time.