default_image

फुटबल

February 27, 2023

मिलानको जित, इन्टरको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सफलता हात पार्दा इन्टर मिलानले हार बेहोरेको छ । मिलानले घरेलु मैदानमा एटलान्टालाई २–० ले पराजित गरेको हो । मिलानको जितमा जुनियर मेसिएसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानोमा आइतबार राति भएको खेलको २६आं मिनेटमा आत्मघाती गोलबाट मिलानले खेलमा अग्रता बनाएको थियो । जुआन […]

February 27, 2023

बायर्न शीर्षस्थानमा उक्लियो

एजेन्सी – युनियन बर्लिनलाई पराजित गरेपछि बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।बायर्नले युनियन बर्लिनलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । बायर्नको जितमा एरिक म्याक्सिम चुपो मोटिङ, किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलको […]

February 27, 2023

म्यानचेस्टर कारवाओ कप च्याम्पियन

एजेन्सी – म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको च्याम्पियन बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै युनाइटेड २०१७ पछि कारवाओ कपको च्याम्पियन बन्न सफल भएको हो । ६ वर्षअघि अर्थात सन् २०१६–१७ को सिजनमा साउथह्याम्टनलाई हराएर उपाधि जित्न सफल भएको थियो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा युनाइटेडलाई च्याम्पियन […]

February 27, 2023

एमबाप्पे र मेस्सी चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु टोली मार्सेलाई ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई गोल र एक असिस्ट तथा मेस्सीले एक गोल र दुई असिस्ट प्रदान गरे […]

February 27, 2023

बार्सिलोना स्तब्ध

एजेन्सी – शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा अल्मेरियासँग स्तब्ध बनेको छ । बार्सिलोना घरेलु टोली अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो । बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफका इएल विलाल टोउरेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पावर हर्स स्टेडियम अल्मेरियामा आइतबार राति भएको खेलमा विलालले २४औं मिनेटमा लुइस सुआरेजको पासमा […]

February 26, 2023

टोटेनहमले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो । टोटेनहमको जितमा ओलिभर स्किप र कप्तान ह्यारी केनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै […]

February 26, 2023

आर्मी र सातदोबाटोको दोस्रो हाफ भोलि हुने

काठमाडौं (हाम्रो खेलकुद) – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तरगत विभागीय त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीचको सेमिफाइनलको दोस्रो हाफ सोमबार हुने भएको छ । उपत्यकामा आइतबार भएको वर्षाका कारण खेल प्रभावित बन्न पुगेपछि सेमिफाइनलको दोस्रो हाफ सोमबार बिहान हुने आयोजकले जनाएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार ५६औं मिनेटको […]

February 26, 2023

सुजलको गोलमा मछिन्द्र भद्रपुर गोल्डकपको उपाधि नजिक

हिमाल खरेल, भद्रपुर मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल […]

February 26, 2023

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्यालेस्टाइनले ओलम्पिक छनोट नै नखेल्ने भएपछि […]

February 26, 2023

बायर्नलाई पछि पार्दै डर्टमुण्ड शीर्षस्थानमा

एजेन्सी – बायर्न म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमुण्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । डर्टमुण्डले घरेलु टोली होफेनहाइनलाई १–० ले पराजित गरेपछि शीर्षस्थानमा उक्लन सफल भएको हो । डर्टमुण्डको जितमा पहिलो हाफमा जुलियन ब्रान्ड्टले गरेको गोल नै निर्णायक बन्यो । उनले ४३औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा गोल गर्न सफल भएका थिए । प्रेजेरो एरिनामा […]

Success

Thank you for your time.