default_image

फुटबल

May 17, 2017

लेबनानसँगको खेल रद्द भएपछि भारतले नेपाल रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी जुन ६ तारिखमा मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्समा भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।  भारतले जुन ७ तारिखमा लेबनानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएपनि भारत सरकारले लेबनानका खेलाडीहरुलाई ‘अन अराइभल’ भिसा दिन नमानेपछि अल इन्डिया फुटबल फेडेरेसन (ए.आइ.इफ.एफ)ले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको थियो। […]

May 17, 2017

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यहि जुन ६ तारिखमा भारतको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मुम्बईमा खेलिने खेल दुवै टोलीका लागि एसियन कप २०१९को छनोट खेलको राम्रो तयारी हुनेछ। अल इन्डिया फूटबल फेडेरेसनको निम्तोमा उक्त खेल आयोजना हुन लागेको हो। नेपालले जुन १३मा एसियन कप २०१९को छनोट चरणको दोर्सो खेलमा यमनको सामना […]

May 17, 2017

म्यानचेस्टर सिटी तेश्रो स्थानमा उक्लियो

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत मंगलबार रातीको खेलमा वेष्ट ब्रमविच आल्बियानलाई ३-१से पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ। खेलको २७औं मिनेटमा केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गर्दै ग्याबरिएल जेससले सिटीलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट नबित्दै जेससको पासमा केभिनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। दोश्रो हाफको ५७औं […]

May 16, 2017

ला लिगाको ‘टिम अफ द सिजन’मा रोनाल्डो परेनन्

एजेन्सी – स्पेनिस ला लिगाको अन्तिम लिग चरणसम्म आइपुग्दा पनि उपाधिको टुंगो भने अझै लागेको छैन। बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा रहेको छ तर समान अंक बोकेको रियल म्याड्रिडले बुधबार राती सेल्टा भिगोसंग एक खेल खेल्न बाँकी छ। तेश्रो स्थानमा पुन: एकपटक डिएगो सिमिओनीको प्रशिक्षकत्वमा रहेको एटलेटिको म्याड्रिड रहेको छ भने चौथो स्थानमा सेभिल्ला रहेको छ। […]

May 16, 2017

मलेसियामा हुने मैत्रीपूर्ण खेलका लागि अन्तिम नामावलीको घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेष्ठ ८ र १० गतेका दिन मलेसियाविरुद्ध हुने २ मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तिम नामावली एन्फाले सार्वजनिक गरेको छ। दुइ सातायता प्रशिक्षणमा रहेको टोलीबाट २० खेलाडी अन्तिम छनोटमा परेका हुन्। गत डिसेम्बरमा भारतमा  आयोजना भएको साफ च्याम्पियनसिपको लागि घोषित टोलीबाट प्रशिक्षक कुमार थापाले एक खेलाडी परिवर्तन […]

May 16, 2017

च्याम्पियन चेल्सीको संघर्षपुर्ण जित

लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राती चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको लिग खेलमा वाटफर्ड ४-३ गोलअन्तरले पराजित भएको छ। लिग उपाधि पक्का गरिसकेको अवस्थामा प्रशिक्षक कोन्टेले केहि मुख्य खेलाडीलाई विश्राम दिएका थिए। खेलको २२औं मिनेटमा कप्तान जोन टेरीले विलियनको कर्नरबाट आएको बललाई पोष्टको दिशा दिंदै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको […]

May 15, 2017

अलविदा व्हाइट हार्ट लेन!

सुबास हुमागाईं सन् १८९९ सेप्टेम्बर ४ तारिखका दिन खुलेको टोटेनहम हट्स्परको घरेलु मैदान व्हाइट हार्ट लेनको ढोका १४ मे, २०१७का दिन सदाका लागि बन्द भयो। लेनमा खेलिएको पहिलो खेलमा सुखद सुरुवात गरेको टोटेनहमले अन्तिम खेलमा पनि उत्कृष्ट नतिजा हात पार्यो। नट्स काउन्टीविरुद्ध ४-१को जित संग सुरु भएको व्हाइट हार्ट लेनसंगको सहयात्रा म्यानचेस्टर युनाईटेड विरुद्धको २-१को […]

May 15, 2017

रियलका लागि रोनाल्डोको ४०० गोल पुरा

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबकै इतिहासमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। रोनाल्डोले सेभिल्लासंग जितमा पहिलो हाफमा गोल गर्दै व्यक्तिगत ४०० गोल पुरा गरेका हुन्। रोनाल्डोले अगष्ट २९, २००९का दिन डेपोर्टिभो विरुद्ध आफ्नो डेब्यु खेलमा पेनाल्टी मार्फत गोल गर्दै म्याड्रिडको लागि खाता खोलेका थिए। उनले ४०० गोलमध्य २८२ […]

May 15, 2017

टोटेनहमसंग म्यानचेस्टर युनाईटेड पराजित

लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनहम हट्स्परको घरेलु मैदान व्हाइट हार्ट लेनमा भएको खेलमा २-१को पराजय भोगेको छ। खेलको छैठौं मिनेटमा भिक्टर वानयामाले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले बेन डेभिसले छोटो कर्नरबाट दिएको क्रसलाई सजिलै गोलमा परिणत गरेका थिए। पहिलो हाफमा दबाबमा […]

May 15, 2017

नेयमारको ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ४-१ले पराजित गरेको छ। खेलको २५औं मिनेटमा लुइस सुआरेजको पासलाई सदुपयोग गर्दै नेयमारले बार्सालाई अग्रता दिलाएका थिए। त्यसको २ मिनेट नबित्दै नेयमारले दिएको पासमा सुआरेजले गोल गर्दै खेलमा बार्सिलोनाको अग्रता दोब्बर पारे। दोश्रो हाफको ६३औं मिनेटमा केभिन […]

Success

Thank you for your time.