default_image

फुटबल

January 20, 2022

रोनाल्डो प्रशिक्षकसँग रिसाएपछि…

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ को गोल अन्तरले पराजित ग¥यो । खेलमा पोर्चुगिज फरवार्ड रोनाल्डोले भने गोल गर्न सकेका थिएनन् । निर्धारित समयको खेल सकिन २० मिनेट बाँकी रहँदा टोली २–० को अग्रतामा रहँदा अन्तरिम प्रशिक्षक राल्फ रागनिकले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सब्सिच्युट गरिदिए । त्यसपछि उनले बारम्बार असन्तुष्टि […]

January 20, 2022

नाइजेरिया समूह विजेता, इजिप्ट पनि नकआउट चरणमा

एजेन्सी – समूह चरणमा शतप्रतिशत जित निकाल्दै नाइजेरिया समूह ‘डी’ को विजेता बन्दै अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा इजिप्ट पनि समूह उपविजेताको रुपमा अघि बढेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा गिनिया विसाउलाई २–० ले पराजित गर्दै नाइजेरियाले समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भयो । नाइजेरियाको जितमा उमार […]

January 20, 2022

एट्लेटिको म्याड्रिड बाहिरियो

एजेन्सी – ला लिगा प्रतिद्वन्द्वी रियल सोसिडाडसँग पराजित हुँदै एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । एट्लेटिको घरेलु टोलीसँग २–० ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको हो । रिएले एरिनामा बुधबार राति भएको खेलमा घरेलु मैदानमा एट्लेटिकोलाई हराउन सोसिडाडका एडनान जानुजाज र एलेक्जेन्डर सोर्लाेथले पहिलो र दोस्रो हाफमा गोल गरे । […]

January 20, 2022

इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा सिरी ‘ए’ प्रतिद्वन्द्वी इम्पोलीको चुनौती पन्छाउँदै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा इम्पोलीलाई ३–२ को गोल अन्तरले पराजित गर्दै इन्टरले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । इन्टरको जितमा एलेक्सिस सान्चेज, एन्ड्रिया रानोकिया र स्टेफानो सेन्सीले गोल गरे । इम्पोलीका […]

January 20, 2022

इन्ज्युरी समयमा बर्गवाइनको दुई गोलमा टोटेनहमको पूनरागमन जित

एजेन्सी – डच मिडफिल्डर स्टेभन बर्गवाइनले इन्ज्युरी समयको थप गरिएको समयको अन्तिम दुई मिनेटमा दुई गोल गरेपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक पूनरागमन जित निकालेको छ । टोटेनहमले खेलमा दुई पटक पछि परेको स्थिति उल्ट्याउँदै घरेलु टोली लेस्टर सिटीमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित आत्मसात गरेको हो । टोटेनहमा लागि एक गोल ह्यारी केनले […]

January 20, 2022

ब्रुनो चम्कँदा म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई असिस्टमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमासहज जित निकालेको छ । युनाइेटडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ ले पराजित गरेको हो । ब्रेन्टफर्डको मैदानमा युनाइटेडको जितमा एन्थोनी इलांगा, मासन ग्रीनवुड र मार्कस रासफोर्डले गोल गरे । घरेलु टोलीका इभान टोनीले एक गोल फर्काए । सबै चारै गोल दोस्रो हाफमा भएको […]

January 19, 2022

आयुष, दिनेश र कमल राष्ट्रिय टोलीबाट बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना अफ्रिकी राष्ट्र मरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको लागि प्रशिक्षण शुरु भएकै दिन नेपाली राष्ट्रिय फुटबल टोलीबाट तीन खेलाडी बाहिरिएका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले बन्द प्रशिक्षणमा ३७ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएपनि पहिलो दिन मंगलबार ३४ खेलाडी मात्रै प्रशिक्षणमा उपस्थित रहे । बन्द प्रशिक्षणको सुचीमा […]

January 19, 2022

सहाराले मानबहादुरकै कप्तानीमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विहीबारदेखि पोखरामा सुरु हुने आहा रारा गोल्डकपमा आयोजक टोली सहारा क्लबले मानबहादुर तामाङको कप्तानीमा नै खेल्ने भएको छ । गत संस्करण पनि मानबहादुरले टोलीको कप्तानी गरेका थिए । सहाराले उद्घाटन खेलमा विहीबार नेपाल एपिएफ फुटबल क्लबको सामना गर्दैछ । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । गत संस्करणको उद्घाटन खेलमा […]

January 19, 2022

रोनाल्डो भन्छन् – ‘अझै ४/५ वर्ष खेल्न चाहन्छु’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३७ वर्ष पुगेपनि अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको बताएका छन् । रोनाल्डोले यसै साता फिफा द बेस्ट अवार्डमा फिफाबाट बेस्ट विशेष अवार्ड प्राप्त गरेका थिए । गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएसँगै रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको […]

January 19, 2022

फुटबल प्रशिक्षणअघि राष्ट्रिय गान, ए डिभिजन प्रशिक्षकलाई आमन्त्रण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसपटक कुल ३७ खेलाडी समेट्दै मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरेका छन् । मंगलबार प्रशिक्षण सुरु गर्नुअघि प्रशिक्षक अलमुताइरीले सबै खेलाडीलाई मैदानको बीच भागमा ल्याएर राष्ट्रिय गान गाउन लगाए । उनले हरेक दिन प्रशिक्षण सुरु हुनुअघि […]

Success

Thank you for your time.