default_image

फुटबल

March 27, 2021

फाइनल पुग्ने लक्ष्यका साथ बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपको राउन्ड रोविन लिगको अन्तिम खेलमा आज साँझ घरेलु टोली नेपालले बंगलादेशको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा नेपाल बंगलादेशलाई हराउदै लिगको शीर्षस्थानमा रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । ६ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्कदा नेपाली टोली पहिलो खेलमा […]

March 27, 2021

पोग्वा फर्काउने युभेन्टसको योजना

एजेन्सी – इटालियन क्लब युभेन्टसले आफ्ना पुर्व मिडफिल्डर पल पोग्वा अनुबन्धको योजना बनाएको छ । जसका लागि युभेन्टसले आरोन राम्सी र एड्रियन राविओटलाई बेच्ने तयारी गरेको छ । सिरी ‘ए’ च्याम्पियन युभेन्टसले पोग्वालाई क्लबमा फर्काउनको लागि प्रयास थालिरहेको छ । युनाइटेडमा पोग्वाको सम्झौता अर्काे समरसम्म रहेको छ । यस्तै युभेन्टसले सिरी ‘ए’ क्लब सास्सुलोका मिडफिल्डर […]

March 26, 2021

बंगलादेशविरुद्ध जितको दबाबमा नेपाली टोली !

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा ६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्कदा नेपाली टोलीले विजयी सुरुवात गर्ने अपेक्षा थियो । तर, किर्गिस्तानको यू २३ विरुद्ध बिहीबारको त्यो योजना सफल हुन सकेन । झन्डै आधा घन्टा १० खेलाडीमा सिमित रहेको पाहुला टोलीविरुद्ध नेपाली टोली जित दर्ता गर्न असफल रह्यो । टोलीको प्रदर्शनबाट घरेलु समर्थक निराश हुनु स्वभाविक थियो […]

March 26, 2021

सुनौलो संगम विजय स्मृतिको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – फर्साटिकर एफसी रुपन्देहीलाई हराउँदै सुनौलो संगम युवा क्लब बुटवल चितवनमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनौलो संगम बुटवलले फर्साटिकरलाई टाइब्रेकरमा ५–३ ले पराजित ग¥यो । क्याम्पा चौरमा टाइब्रेकरमा फर्साटिकरका भुपाल गुरुङ गोल गर्न चुके । त्यसअघि निर्धारित समयको खेल २–२ को […]

March 26, 2021

शाक्य बुटवल लुम्बिनीको महाप्रबन्धक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राजु काजी शाक्यले फुटबल जीवनमा दुई वटा भूमिका निर्वाह गरे । झन्डै ४ दशकको फुटबल यात्रामा आधा जति खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा सक्रिय रहे । तर, यसपटक अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) मा फरक भूमिकामा देखा पर्ने भएका छन् । फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले […]

March 26, 2021

त्रिवेणीको हारले स्टार सिटी एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – मनकामना युवा क्लब रौतहटसँग त्रिवेणी युवा क्लब लमजुङ २–१ ले पराजित भएपछि सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलाली एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन बनेको छ । ५ खेल खेलेको स्टारको १३ अंक छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टार […]

March 26, 2021

सुआरेजको हालान्ड रोजाइ र बार्सिलोना सम्बन्ध

एजेन्सी – यदि कसैले फुटबलमा ९ नं जर्सी कस्ता खेलाडीले लगाउछन् भन्ने जान्न छ भने एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेजलाई हेर्दा पुग्छ । आइतबार ला लिगामा आल्भेसविरुद्ध गोल गर्दै सुआरेजले खेल जीवनमा ५ सय गोल पूरा गरे । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उरुग्वेली अन्तर्राष्ट्रिय एट्लेटिको पुगेका थिए । आफ्नो करिअरको ५ सय गोल पूरा गरिसकेपछि […]

March 26, 2021

नयाँ जर्सीमा गम्भीर त्रुटी, फिफाकै नियम पालना भएन

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको पहिलो खेलमा बिहिबार किर्गिस्तानविरुद्ध नयाँ जर्सी प्रयोग गर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) र पोशाक उत्पादक संस्था केटिएम सिटीबीच भएको एक वर्षे सम्झौता अनुसार उत्पादित यस जर्सीमा फिफाको खेल सामग्री सम्बन्धि नियमावली भने तोडिएको पाइएको छ । फिफाको नियमावली अनुसार कुनैपनि सामग्री उत्पादन कम्पनिले आफ्नो […]

March 26, 2021

इटाली विजयी, स्पेन रोकियो

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको पहिलो खेलमा इटालीले सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ ।बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्यान्डलाई २–० ले पराजित गरेको हो । स्टेडियो इनिओ टार्डिनी पार्मा इटालीमा भएको खेलमा घरेलु टोलीको जितमा डोनिनिको बेरारडी र सिरो इमोविलले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको […]

March 26, 2021

विश्वकप छनोटमा जर्मनीको सहज जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता […]

Success

Thank you for your time.