October 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द विना सोमबार विहान स्वदेश आइपुगेको छ । टोली ३७ औं दिनमा स्वदेश फर्केको हो । साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले […]
October 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश आइपुग्ने भएको छ । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक शनिबार फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले […]
October 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताएका छन् । उनले फाइनलपछि नेपाल सधैं आफ्नो मुटुमा रहने बताउँदै हाललाई विश्रामको आवश्यकता रहेको बताएका हुन् । फाइनलमा भारतविरुद्ध ३-० को हार बेहोर्दै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । पहिलो […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को व्यक्तिगत विधाको अवार्डमा भारतका कप्तान सुनिल क्षेत्रीले वर्चस्व जमाएका छन् । भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुनिलले फाइनलको म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य अवार्ड पनि हात पारे । प्रतियोगिता अवधिभर ५ गोल गर्दै सुनिल सर्वाधिक गोलकर्ता बने । त्यस्तै टोलीको उपाधि जितमा निर्णायक बनेका […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । उपाधिका लागि भारतविरुद्ध खेल ८:४५ बजे सुरु हुनेछ । गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन् । मिडफिल्डमा पुजन उपरकोटी र […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा नेपाल र भारतको सफलताको तुलना गर्दा आकाश जमिनको फरक छ भन्दा फरक पर्दैन । २८ वर्षे लामो इतिहास भएको साफ च्याम्पिनसिपमा भारत सर्वाधिक सफल टोली हो । अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसको विपरित नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसपटक भने […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक इगोर स्टिमाचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा सहभागी जनाउन नपाउने भएका छन् । त्यस्तै टोलीका तीन मुख्य खेलाडीले पनि फाइनल गुमाउने भएका छन् । माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाउने भएका हुन् । भारतको अर्को […]
October 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताएका छन् । एन्फाले शनिबार विहान आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले आफ्नो भनाइ राखेका हुन् । साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार […]
October 16, 2021
प्रकाश तिमल्सिना, काठमाडौं नेपालले २८ वर्षअघिको चमत्कारलाई आज फेरि दोहोराउन सक्ला ? बंगलादेशमा सन् १९९३ मा आयोजना भएको तत्कालिन छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को च्याम्पियन बनेर नेपाली टोली स्वदेश फर्केको थियो । क्षेत्रिय स्तरमा नेपाल च्याम्पियन बनेको त्यो नै अन्तिम पटक थियो । दक्षिण एसियाको सर्वाधिक सफल र […]