default_image

साफ च्याम्पियनसिप

June 1, 2023

एन्फा पछि हट्यो, राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटबल तयारीका विषयमा गरेको आफ्नो निर्णयबाट पछि हटेको छ । असार ६ गते भारतमा सुरु हुने साफ च्याम्पियनसिप र त्यसको तयारीका रुपमा जेठ ३२ गते फिलिपिन्ससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि बिहीबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको थियो । तर, १४ मध्ये १० क्लबले लिग नसकिदा […]

June 1, 2023

एन्फाले लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षण राख्दा क्लब असन्तुष्ट

सुबास हुमागाईं, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेसँगै ए डिभिजन लिगका क्लबहरु असन्तुष्ट बनेका छन् । बुधबार राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई विहीबार विहान प्रशिक्षणका लागि बोलाएका थिए । तर क्लब र एन्फाबीच समन्वय […]

May 30, 2023

साफ च्याम्पियनसिप तयारी – ३० खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्को महिना आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी ए डिभिजन लिगकै विश्रामको दिन पारेर मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एन्सेले रणनीतिक प्रशिक्षण दिदै आएका छन् । साफ च्याम्पियनसिपका लागि भनेर उनले नियमित […]

May 17, 2023

साफअघि नेपालमा मात्र १ दिन पूर्ण प्रशिक्षण!

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप खेल्न अब १ महिनामात्र बाँकी छ । ए डिभिजन लिग उत्तर्रार्धमा निकै रोमान्चक अवस्थामा रहँदा राष्ट्रिय टोलीको तयारीमा भने प्रत्यक्ष असर परेको छ । लिगको तालिका सार्ने सम्भावना नहुँदा राष्ट्रिय टोलीको छनोटका लागि बन्द प्रशिक्षण त परको कुरा, साफ […]

May 17, 2023

साफ च्याम्पियनसिप– नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले कुवेतविरुद्ध खेल्दै दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । असार ६ गते भारतको बैंगलुरुमा सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपालले कुवेतको सामना गर्नेछ । भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनपछि जारी गरिएको खेलतालिकामा नेपालले दोस्रो खेल आयोजक भारत र तेस्रो खेल पाकिस्तानसँग खेल्नेछ […]

May 17, 2023

साफ च्याम्पियनसिप ‘ड्र’– नेपाल कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल आयोजक भारतका साथ पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेतसँग परेको छ । समूह बीमा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । भारतको बेंगलुरुमा […]

May 8, 2023

लेवनान साफ खेल्ने आठौं टोली

काकाठमाडौं (हाम्रो खेलकुद)– भारतमा यसै वर्ष आयोजना हुने दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा कुवेतसँगै लेवनानले पनि आमन्त्रित टोलीको रुपमा भाग लिने भएको छ । दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले सोमबार साफ च्याम्पियनसिपको १४ औं संस्करणमा लेवनान पनि सहभागि हुने जनाएको छ । गत बुधबार साफले कुवेत पनि आमन्त्रित टोलीको रुपमा रहने जानकारी […]

February 14, 2023

साफ च्याम्पियनसिप भारतमा हुने तय

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली फुटबलको पुरुषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिताका रुपमा रहेको साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतमा आयोजना हुने तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय भएको बताइएको छ । भारतमा साफ च्याम्प्यिनसिप हुने निश्चित भएपछि आयोजना स्थल र […]

August 25, 2022

भुटानी फुटबल टोली काठमाडौं आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा ११ दिनपछि सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिनका लागि भुटानी राष्ट्रिय फुटबल टोली बिहीबार काठमाडौं आइपुगेको छ । भुटान टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा पूर्व खेलाडीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भारतले महिला साफ च्याम्पियनसिप खेल्न पाउने नपाउने निश्चित भइनसकेको अवस्थामा पनि नेपालले […]

December 11, 2021

बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले मौका खेर फालेको थियो । यस बराबरीसँगै नेपाल र बंगलादेशले समान १ अंक जोडेको छ […]

Success

Thank you for your time.