default_image

फुटसल

July 28, 2019

फुटसल राष्ट्रिय खेलाडीको छनोट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्य तिर अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटसल टोलीका लागि ट्रयाल लिने भएको छ । अक्टोबरमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटका लागि एन्फाले राष्ट्रिय टोली तयारीका लागि खुला ट्रयाल लिन लागेको हो । एन्फाले शनिबार सुचना जारी गर्दै इच्छुक फुटसल खेलाडीलाई छनोटमा भाग लिन अव्हान गरेको छ । यसरी […]

July 27, 2019

अन्तर बैंक फुटसल – कुमारी र मेगा बैंक भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबार भएको पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको पहिलो दिन समूह ‘ए’बाट कुमारी बैक विजेता र ग्लोबल आइएमइ बैंक उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् । एनआइसी एसिया बैंक विजेता र मेगा बैंक उपविजेताका रुपमा समूह ‘बी’बाट तथा सिभिल बैंक विजेता र प्रभु बैंक उपविजेताका रुपमा समूह […]

July 25, 2019

एएफसी फुटसल छनोट – नेपाल समूह ‘ए’मा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट चरणका लागि नेपाल समूह ए मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आज बिहीबार समूह विभाजनमा नेपाल मध्य र दक्षिण क्षेत्रको समूह ‘ए’ मा परेको हो । नेपालसहित समूह ‘ए’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन् । मध्य र दक्षिण क्षेत्रको समूह ‘बी’ मा […]

July 24, 2019

एक्टिभमा स्कोडा अन्तर बैंक फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)-– एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । जुनदेखि सञ्चालनमा आएको एक्टिभमा फिटनेस सेन्टर, स्विमिङ पुल र दुई वटा फुटसल पिच रहेका छन् । फुटसल विकासका लागि दीर्घकालिन योजनाका साथ काम गर्ने लक्ष्यसहित सुरुवातमा यो प्रतियोगिता गर्न लागेको एक्टिभले जनाएको छ । दुई साताको शनिबार (साउन […]

July 20, 2019

राष्ट्रिय फुटसल प्रतियोगिता अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले आउदो भदौ दोस्रो सातादेखि राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ । एन्फा अन्तरगतको फुटसल कमिटिका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट खेलका लागि प्रतियोगिता आयोजना गन लागिएको जानकारी गराए । राष्ट्रिय […]

July 12, 2019

जापानमा समर कप फुटसल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली समुदायबीच आयोजना हुने चौथो समर कप फुटसल प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुवकामा फुटसल प्रतियोगिता साउन ८ गते हुने बताइएको छ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार जापानी यान प्राप्त गर्ने बताइएको छ । […]

June 29, 2019

युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइटलाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम ललितपुर ४ युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइट स्पोट्सले जितेको छ। धोविघाट फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई १–० ले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै इलाइटले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सिमित भएपछि ढुकू ३० हजार रुपैयाँमा चित्त बुुझाउन बाध्य भयो । प्रतियोगिताको उत्कृष्ठ प्लेयर […]

June 23, 2019

कौस्तुभ, ड्याफोडिल र किड्सलाई टफिचु जुनियर च्याम्पियन्स कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगितामा कौस्तुभ एकेडेमी, ड्याफोडिल स्कुल र किड्स् लर्निङले विभिन्न उमेर समूहमा उपाधि जितेका छन् । ग्रासरुट फुटसल एकेडेमीमा आइतबार भएको उपाधि भिडन्तमा कौस्तुभ यु–१५ मा, ड्याफोडिल यु–१३ मा र किड्स लर्निङ यु–११ मा च्याम्पियन बन्न सफल भएका हुन् । यु–१५ तर्फ कौस्तुभले सेन्ट जेभियरलाई […]

June 21, 2019

फुटसलमा दिपज्योति च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दिपज्योति आवासीय माध्यमिक विद्यालय टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता अन्तरको फुटसलमा च्याम्पियन बनेको छ । टोखा ग्रान्डीस्थित ग्रान्डी फुटसलमा शुक्रबार भएको फाइनलमा दिपज्योतिले ग्रीनल्यान्ड माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । अमर माध्यमिक विद्यालयले सरस्वती माविलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो स्थान […]

June 21, 2019

समृद्धिलाई एसईई फुटसल कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि कलेजले एसईई फुटसल कपको उपाधि जितेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा शुक्रबार भएको निकै न प्रतिस्पर्धात्मक खेलमा समृद्धिले आयोजक नाइटिङ्गेल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । उपाधिसँगै समृद्धिले २० हजार रुपैयाँ पायो । विधागततर्फ […]

Success

Thank you for your time.