default_image

अन्तर्राष्ट्रिय

May 14, 2017

लज्जास्पद हारसंगै पन्जाब प्रतियोगिताबाट बाहिरियो

राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले राइजिङ पुने सुपरजाएन्टससंग ९ विकेटको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिलो फिल्डिङ रोजेको पुनेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पन्जाबलाई ७३ रनमा सिमित गर्यो। शार्दुल ठाकुरले ३ विकेट लिए भने जयदेव उनदकट, एडम जाम्पा र ड्यान क्रिस्टियनले २/२ विकेट लिए। पन्जाबका […]

May 14, 2017

ला लिगामा बार्सिलोना र लास पाल्मास भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लास पाल्मासंग भिड्दैछ। आफ्नो पछिल्ला ४ लिग खेलमा जित हात पारेको बार्सिलोना यस खेलमा जितसंगै शीर्षस्थानमा आफ्नो दबाब कायम राख्ने योजनामा हुनेछ। लास पाल्मास तालिकाको १४औं स्थानमा छ र उसको रेलिगेसनको डर हटिसकेको छ। लास पाल्मासका लागि यस खेलमा रियलका […]

May 14, 2017

रियलको उपाधि यात्रा रोक्ने सुरमा सेभिल्ला

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती हुने खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबाउमा सेभिल्लाको सामना गर्दैछ। अंक तालिकामा चौथो स्थानमा रहेको सेभिल्ला च्याम्पियन्स लिगको लागि लगभग छनोट भइसकेको अवस्थामा रियल म्याड्रिडको उपाधि यात्रामा रोक लगाउने सेभिल्लाको प्रयास हुनेछ। शीर्ष २ स्थान ओगटेका म्याड्रिड र बार्सिलोनाको समान अंक छ भने म्याड्रिडले १ […]

May 14, 2017

आर्सनलको सहज जित

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनलले स्टक सिटीलाई उसकै घरेलु मैदानमा ४-१को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा हेक्टर बेलेरिनको पासलाई सदुपयोग गर्दै ओलिभिएर जिरूडले आर्सनललाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा एलेक्सिस स्यान्चेजको पासमा मेसुट ओजिलले गोल गर्दै २ गोलको अग्रता बनाए। पिटर क्राउचले हेडीङ्ग गर्ने […]

May 14, 2017

म्यानचेस्टर सिटि तेश्रो स्थानमा उक्लियो

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-१ले पराजित गर्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ। खेलको २९औं मिनेटमा लेरोए सानेको पासलाई सदुपयोग गर्दै डेविड सिल्भाले म्यानचेस्टर सिटिलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेट नबित्दै सानेलाई बक्सभित्र लडाएपछि सिटीले पेनाल्टीको मौका पाएको थियो। ग्यब्रिएल जेससले उक्त पेनाल्टीलाई गोलमा परिणत […]

May 13, 2017

मेस्सीले बार्सिलोनासंग नयाँ सम्झौता गर्ने

बार्सिलोना (एजेन्सी) – फुटबल क्लब बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसका अनुसार लियोनेल मेस्सी छिट्टै बार्सिलोनासंग नयाँ अनुबन्धनमा हस्ताक्षर गर्ने तयारीमा छन्। २९ वर्षीय अर्जेन्टिनी फुटबलर मेस्सीको जारी करार अर्को वर्षको जुन महिनामा समाप्त हुँदैछ र बार्सिलोनाले केहि समयदेखि मेस्सीसंग यसबारे कुरा गरिरहेको छ। कुनै समय मेस्सीले पेप गुआर्डीओलासंगै म्यानचेस्टर सिटि जाने हल्ला चलेको थियो भने पेरिस […]

May 13, 2017

पुनेको हारसंगै आइपिएल रोमान्चक मोडमा

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई ७ रनले पराजित गर्दै प्लेअफ समीकरणलाई थप रोमान्चक बनाएको छ। पहिलो ब्याटिङ गरेको दिल्लीले ओपनर करुण नायरको ६४ रनको मद्दतले राम्रो स्कोर खडा गरेको थियो। उनले ४५ बल खेल्दै ९ चौका प्रहार गरेका थिए। ऋषभ पन्तले २२ बलमा आक्रामक ३६ […]

May 13, 2017

चेल्सीलाई प्रिमियर लिग उपाधि

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा घरेलु टोली वेष्ट ब्रमविच आल्बियनलाई १-०ले पराजित गर्दै चेल्सीले प्रिमियर लिगको उपाधि हात पारेको छ। यो चेल्सीको पाँचौ प्रिमियर लिग उपाधि हो। निकै रक्षात्मक खेल खेलेको वेष्ट ब्रमका विरुद्ध चेल्सीले धेरै आक्रमण बुनेको थियो।. तर डिएगो कोष्टा, एडेन हाजार्ड लगायतका खेलाडीले खेलमा अग्रता भने दिलाउन […]

May 12, 2017

टोटेनहमका सन र पोचेटिनो उत्कृष्ट घोषित

एजेन्सी – इङ्गलिस क्लब टोटेनहम हट्स्परका प्रशिक्षक मौरीसियो पोचेटिनो र खेलाडी ह्युङ्ग मिन सनले अप्रिल महिनाको उत्कृष्ट प्रशिक्षक र खेलाडीको उपाधि जितेका छन्। अप्रिल महिनामा टोटेनहमले लगातार ६ खेलमा जित दर्ता गरेको थियो। यो पोचेटिनोको यस सिजनको पहिलो व्यक्तिगत उपाधि हो। स्पर्सले ६ खेलमा १६ गोल गर्दै जम्मा १ गोल खाएको थियो। पोचेटिनोले पछिल्लो पटक […]

May 12, 2017

रियल म्याड्रिड र सेल्टा भिगोको नयाँ मिति तय

एजेन्सी – आँधीका कारण हुन नसकेको रियल म्याड्रिड र सेल्ट भिगो बिचको ला लिग अन्तर्गतको खेल हुने पक्का भएको छ। ला लिगाको आयोजना कमिटिले उक्त खेललाई यहि मे १७ तारिखमास्पेनको समय अनुसार राती ९ बजे गर्ने निर्णय लिएको हो। नेपाली समयानुसार उक्त खेल मे १८ तारिखको बिहान १२:४५ बजे हुनेछ। लिगको उपाधि पछ्याइरहेका रियल म्याड्रिडले […]

Success

Thank you for your time.