default_image

अन्तर्राष्ट्रिय

July 17, 2022

माउन्टको गोलमा चेल्सीको जित

एजेन्सी – मिडफिल्डर मेसन माउन्टले खेलको अन्तिम समयतिर गोल गरेपछि चेल्सीले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकालाई पराजित गरेको छ । पहिलो हाफ गोलरहित रहेको खेलमा चेल्सी २-१ ले विजयी भएको हो । अमेरिकाको लास भेगासमा चेल्सीले खेलको ५५ औं मिनेटमा टिमो वेर्नरको गोलमा अग्रता लिएको थियो । रिस जेम्सको क्रसमा वेर्नरको पहिलो प्रहार गोलरक्षकले बचाएका […]

July 17, 2022

प्रशिक्षक जाभी बार्सिलोनासँग अमेरिका जान पाएनन् !

एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज टोलीसँगै अमेरिका जान असफल भएका छन् । उनको भिसा कागजातमा प्रशासनिक समस्या भएपछि जाभीको अमेरिका यात्रामा केहि ढिलाई हुने भएको छ । कतारको अल सादका पूर्व खेलाडी रहेका जाभी खेलको सिलसिलामा इरान पुगेका कारण उनको यात्रामा ढिलाई भएको हो । इरानमा पुगेका जो कोहिले सहजै अमेरिकामा प्रवेश पाउँदैनन् […]

July 17, 2022

लेवान्डोस्की बार्सिलोना जाने निश्चित

एजेन्सी – पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो । त्यसमा अर्को ५ मिलियन युरो थप्नु पर्नेे सम्भावना छ । बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो । त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री […]

July 16, 2022

चेल्सीमा आए सेनेगलका कप्तान कौलीबाली

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालियन क्लब नेपोलीबाट डिफेन्डर कालिडु कौलीबालीलाई अनुबन्ध गरेको छ । चेल्सीले सेनेगलको कप्तान समेत रहेका ३१ वर्षीय डिफेन्डरलाई चार वर्षको सम्झौता गरेर भित्र्याएको हो । सन् २०१४ मा बेल्जियमको जेन्कबाट नेपोली आएका कौलीबालीले ३ सय १७ खेल खेले । चेल्सीले लामो समयदेखि उनलाई पछ्याइरहेको थियो । गत सिजनको […]

July 16, 2022

एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – क्रिस्टियन एरिक्सन आफ्नो खेल जीवनलाई फेरि एक पटक प्रमाणित गर्न चाहिरहेका छन् । त्यहि लक्ष्य पुरा गर्नका लागि उनले म्यानचेस्टर युनाइटेडसँग औपचारिक रुपमै ३ वर्षको सम्झौता गरेका छन् । एक वर्ष अघिको मात्र प्रसंग हो उनी जीवन मरणको दोसाँधमा पुगेका थिए । युरो २०२० को उद्घाटन खेलमा डेनमार्क र फिनल्याण्ड खेलिरहँदा उनी अचेत […]

July 15, 2022

रियल म्याड्रिडले खेलाडी नथप्ने

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्चेलोटिले यसपटक ट्रान्सफर विन्डोमा क्लबले कुनै खेलाडी नथप्ने स्पष्ट पारेका छन् । रियलले गत सिजनको टोलीमा दुई खेलाडी अनुबन्ध गरिसकेको छ । चेल्सीबाट डिफेन्डर एन्टोनियो रुडीगर फ्री ट्रान्सफरमा रियल आएका छन् । त्यस्तै रियलले मोटो रकम खर्चेर मिडफिल्डर ओरेलिएन चुआमेनीलाई पनि अनुबन्ध गरेको छ । चुआमेनी फ्रान्सको […]

July 15, 2022

युनाइटेडको लगातार दोस्रो जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ । युनाइटेडले अष्ट्रेलियाको मेलबर्न भिक्ट्रीमाथि ४-१ को सहज जित दर्ता गरेको हो । खेलको सुरुवाती समयमा युनाइटेड पछि परेपनि दुवै हाफमा २-२ गोल गर्दै टोलीले आफ्नो लय कायम राखेको हो । प्रशिक्षक एरिक टेन हागको नियुक्ति पछिको दोस्रो खेलमा युनाइटेडले […]

July 15, 2022

युनाइटेडले भित्र्यायो अर्जेन्टिनी डिफेन्डर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब आयाक्सबाट अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेज भित्र्याउने भएको छ । दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर सहमति भएपछि मार्टिनेज युनाइटेड आउने भएका हुन् । मार्टिनेजलाई अर्को इंग्लिस क्लब आर्सनलले पनि पछ्याएको थियो । तर खेलाडी आफैंले आयाक्सलाई आफु आर्सनल जान नचाहेको बताएका थिए । युनाइटेडमा आयाक्सका पूर्व प्रशिक्षक एरिक […]

July 15, 2022

बेन्जेमा अमेरिका टुरको लागि उपलब्ध हुने

एजेन्सी – च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडले नयाँ सिजनको तयारी सुरु गरिसकेको छ । तर, अन्य खेलाडी भाल्डेबेबासमा जुटिरहँदा टोलीका मुख्य खेलाडी करिम बेन्जमा भने साथमा छैनन् । बेन्जेमा जुलाई १९ मा टोलीमा उपलब्ध हुने अनुमान गरिएको छ । त्यसको अर्थ रियलले गर्ने अमेरिकी भ्रमणका उनी रहनेछन् । अमेरिका पुगेको तीन दिन पछि रियलले लस […]

July 15, 2022

बायर्नसँगै चेल्सी पनि रोनाल्डोबाट पछि हट्यो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले पनि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने निर्णय लिएको छ । क्लबले म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गर्दै रोनाल्डो भित्र्याउन सम्भावनामा पूर्णविराम लगाएको हो । यसअघि क्लबका नयाँ मालिक टड बोहलीसँग रोनाल्डोका एजेन्टले छलफल गरेका थिए । बोहली पनि चेल्सीमा आगमनपछि सुपरस्टार अनुबन्धनका रुपमा रोनाल्डो भित्र्याउन चाहन्थे । तर […]

Success

Thank you for your time.