default_image

अन्तर्राष्ट्रिय

January 8, 2022

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सिटीले लिग टुको स्विन्डनमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा बर्नाडो सिल्भा, गाब्रियल जेसस, इल्केए गुन्डोगान र कोल पाल्मेरले गोल गर्दा घरेलु टोलीका ह्यारी म्याककृडिले एक […]

January 8, 2022

शीर्षस्थानको बायर्न म्युनिखको हार

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमै हार बेहोरेको छ । बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग २–१ ले स्तब्ध बनेको हो । एलिएन्ज एरिनामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका लागि रोबर्ट लेवान्डोस्कीले गोल गर्दा बोरुसिया मोन्चेनग्लाडवाकका फ्लोरियन नेउहस र स्टेफन लेइनरले गोल गरे । बुन्डेसलिगामा बायर्नको यो सिजनमा तेस्रो […]

January 7, 2022

बार्सिलोनाका कौटिन्हो एस्टन भिल्लामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्हो इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् । कौटिन्हो लोनमा इंग्लिस क्लबमा पुगेका हुन् । सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा बार्सिलोना आएपछि कौटिन्होले दोस्रोपटक बार्सिलोना छाडेका हुन् । २९ वर्षीय कौटिन्होले सन् २०१९–२० को सिजनमा जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलेका थिए […]

January 7, 2022

अगुएरो म्यानचेस्टर सिटी फर्कने सम्भावना

एजेन्सी – गत महिना मात्र व्यावसायिक फुटबलबाट संन्यास लिएका फरवार्ड सर्जियो अगुएरो फरक भूमिकामा पूर्व क्लब म्यानचेष्टर सिटी फर्कने सम्भावना रहेको छ । अर्जेन्टिनी पूर्व फरवार्डलाई सिटीले सद्भावना दुतका रुपमा रहन प्रस्ताव गरेको छ । क्लबका महान खेलाडीमध्येका एक अगुएरोले सिटीका लागि सर्वाधिक गोल गरेका छन् । मुटुको समस्यापछि उनले गत महिना सबै खाले फुटबलबाट […]

January 7, 2022

सानदार जित निकाल्दै एट्लेटिको म्याड्रिड प्रि क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस ला लिगा टोली एट्लेटिको म्याड्रिडले सानदार जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । एट्लेटिकोले दोस्रो डिभिजनको रायो माजदाहोन्डामाथि ५–० को फराकिलो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, रेनान लोडी, लुइस सुआरेज, एन्टोइन ग्रिजमन र […]

January 7, 2022

मिलानको सानदार जित, युभेन्ट्स रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दा युभेन्ट्सले बराबरीको नतिजा निकालेको छ । मिलानले रोमालाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा मिलानको जितमा ओलिभर जिरुउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए । मिलानोमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा जिरुउडको पेनाल्टी […]

January 6, 2022

बार्सिलोनामा आल्भेसको दोस्रो ‘इनिङ्स’

एजेन्सी – विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जितेका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी अल्भेसको क्याटलान क्लब बार्सिलोनमा दोस्रो इनिङ्स शुरु भएको छ । ३ जनवरीमा ला लिगामा दर्ता भएपछि कोपा डेल रेमा तेस्रो श्रेणीको लिनारेस डिपोर्टिभोविरुद्ध खेल्दै आल्भेसले बार्सिलोनामा दोस्रोपटक डेब्यु गरेका हुन् । उक्त खेलमा बार्सिलोनाले २–१ को पूनरागमन जित निकाल्दै कोपा डेल रेको अन्तिम […]

January 6, 2022

सनले जिते लगातार पाँचौंपटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनले लगातार पाँचौंपटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ जितेका छन् । उनले इरान तथा रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गका सरदार अजमोन र इरान तथा पोर्चुगिज क्लब पोर्टोका मेहदी तारेमीलाई पछि पार्दै ९ वर्षमा सातौंपल्ट महादेशकै वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले सर्वाधिक २४२ अंक पाए […]

January 6, 2022

पूनरागमन जित निकाल्दै बार्सिलोना प्रि–क्वाटरफाइनलमा

एजेन्सी – तेस्रो श्रेणीको लिनारेस डिपोर्टिभोमाथि पूनरागमन जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले एक गोल पछि परेको अवस्थामा लिनारेसलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाको पूनरागमन जितमा ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले उच्च प्रदर्शन गर्दा औसमाने डेम्वेले र जुट्ग्लाले […]

January 6, 2022

रियल म्याड्रिड अन्तिम १६ मा

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका ड्यानी भेगाले […]

Success

Thank you for your time.