default_image

अन्तर्राष्ट्रिय

March 29, 2021

थ्री नेसन्स कप फाइनल: सन्जोकको डेब्यु गोलमा नेपाल १–० ले अघि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच थ्री नेसन्स कपको फाइनलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध १–० ले अघि बढेको हो । १३औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं […]

March 29, 2021

नेपालको सुरुवाती रोजाई घोषणा, विशाल र सुनिललाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक महर्जनले यसअघि दुई खेलमा सुरुवाती रोजाईका रहेका अभिषेक रिजाल र रवि शंकर पासवान बेञ्चमा राखेको छ । उनीहरुको स्थानमा विशाल राई र सुनिल बलले पहिलो रोजाईमा मौका पाएका छन् । कप्तान किरणले नेपालको पोस्ट सम्हाल्दा रोहित चन्दले […]

March 29, 2021

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपको उपाधिका लागि आज (सोमबार) घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ५ः३० बजे हुनेछ । विश्वकप छनोटका खेल स्थगित भएपछि भएको थ्री नेसन्स कपको आयोजना हुदाँ घरेलु टोली नेपाल बंगलादेशलाई हराउदै उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर फिनिसिङमा चुकिरहेको नेपाल बंगलादेशविरुद्ध गोल गर्दै उपाधि […]

March 29, 2021

इटाली र जर्मनी विजयी

एजेन्सी – इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् । इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । सोफिया बुल्गेरियामा आइतबार राति भएको खेलमा इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । […]

March 29, 2021

केन र माउन्टको गोलमा इंग्ल्यान्डको जित

एजेन्सी – कप्तान ह्यारी केन र मासन माउन्टको गोल मद्दतमा इंग्ल्यान्डले विश्वकप छनोटमा अल्वानियामाथि २–० को सहज जित हात पारेको छ । इंग्ल्यान्डले अल्वानियालाई उसकै मैदानमा पराजित गरेको हो । विश्वकप छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो राउन्डको खेलमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित हात पारेको थियो । टिरआना […]

March 29, 2021

जर्जियामाथि स्पेनको पूनरागमन जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो राउन्डको खेलमा स्पेनले जर्जियामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ । स्पेनले एक गोलले पछि परेको अवस्थामा २–१ को पूनरागमन जित निकालेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । भिचाको गोल सान्तवना बन्यो । विश्वकप छनोटमा स्पेनको यो पहिलो जित हो […]

March 28, 2021

फ्रान्सले काजकस्तानलाई हरायो

एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ । फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार […]

March 28, 2021

इंग्ल्यान्डलाई अल्वानियाको चुनौती

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्डले अल्वानियाको सामना गर्दैछ । खेल अल्वानियाको मैदानमा राति ९ः४५ बजे हुनेछ । घरेलु टोली अल्वानियालाई हराउदै इंग्ल्यान्ड शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । समुह ‘आई’ मा समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । अल्वानिया दोस्रो स्थानमा रहेको छ । यि दुई […]

March 28, 2021

जर्मनी र रोमानिया भिड्दै

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति जर्मनीले रोमानियाको सामना गर्दैछ । खेल रोमानियाको मैदानमा राति १२ः३० बजेपछि हुनेछ । घरेलु टोली रोमानियालाई हराउदै जर्मनी समूहमा आफ्नो शीर्षतालाई निरन्तरता दिने दाउमा हुनेछ । समूह ‘जे’ मा जर्मनी र रोमानियाको समान ३ अंक भएपनि गोल अन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । […]

March 28, 2021

किर्गिस्तानसँग आर्मीको पनि बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – १० दिनपछि घरेलु मैदान दशरथ रंगशालामा एएफसी कपको प्ले अफको पहिलो खेल खेल्ने तयारीमा रहेको विभागीय त्रिभुवन आर्मी क्लबले पनि किर्गिस्तानको यु–२३ टोलीसँग बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा किर्गिस्तानको ओलम्पिक टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा आर्मीले पनि किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । किर्गिस्तानको ओलम्पिक टोलीविरुद्ध […]

Success

Thank you for your time.