default_image

अन्तर्राष्ट्रिय

February 21, 2021

शीर्षस्थानको सिटीको सामना गर्दै आर्सनल

एजेन्सी – प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र आर्सनलबीच आज राती खेल हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ । जारी सिजमा २४ खेलको खेलिसकेका यी दुई टोलीबीच अंक अन्तर भने निकै फराकिलो छ । ५६ अंकसहित सिटी शीर्षस्थानमा रहँदा आर्सनलले भने अंक जोड्का लागि संघर्ष गर्नु परिरहेको छ । […]

February 21, 2021

कार्डिजविरुद्ध बार्सिलोनाको पुरानै टोली

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले काडिजविरुद्धको खेलमा पनि त्यसअघिकै टोलीलाई निरन्तरता दिने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध च्याम्पियन्स लिगमा खेलेकै टोलीलाई कोम्यानले आइतबार ला लिगामा निरन्तरता दिने भएका छन् । चोटका कारण रोनाल्ड अराजु, अन्सु फाती, फिलिप्पे काउटिनो र सर्जियो रोर्बेटोका साथ टोलीमा हुने छैनन् । त्यसै कारण कोम्यानले बी टोलीका […]

February 21, 2021

एभर्टनसँग लिभरपुलको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनसँग हार बेहोरेको छ । यो सिजन खराव लयलाई निरन्तरता दिदा लिभरपुल घरेलु मैदानमा एभर्टनसँग २–० ले पराजित भएको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको […]

February 21, 2021

बायर्न स्तब्ध, डर्टमुन्डको सानदार जित

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख फ्रान्कफुर्टसँग २–१ ले स्तब्ध हुदा बोरुसिया डर्टमुन्डले साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ । बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । घरेलु मैदानमा बायर्नले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता लिएको थियो […]

February 21, 2021

एट्लेटिको म्याड्रिड स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले स्तब्ध बनेको छ । घरेलु मैदानमा एट्लेटिकोलाई स्तब्ध पार्न लेभान्टेका जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । वान्डा मेट्रोपोलिटानोमा लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै […]

February 21, 2021

क्यासमिरोको गोलमा रियल विजयी

एजेन्सी – ब्राजिली मिडफिल्डर क्यासमिरोको एकमात्र गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० ले पराजित गरेको छ । रियलले भालाडोलिडको मैदानमा साँघुरो जित हात पारेको हो । बल पोसेसनमा बलियो पकड बनाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । शनिबार राति भएको खेलमा क्यासमिरोले ६५औं मिनेटमा गरेको गोल नै रियलको जितमा […]

February 20, 2021

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको हो । साउथह्याम्टनमा शनिबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा बराबरीको नतिजा निकालेको हो । साउथह्याम्टनका ताकुमी मिनामिनोले गोल गर्दा चेल्सीका मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । सेन्ट मेरीज स्टेडियममा […]

February 20, 2021

फियोरेन्टिनाले स्पेजियालाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनाले स्पेजियामाथि ३–० को सहज जित हात पारेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा फियोरेन्टिनाको जितमा डुसान भ्लाहोभिक, गेइटानो कास्ट्रोभिल्ली र भालेन्टिन आइसेरिकले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । खेलको ४८औं मिनेटमा घरेलु टोलीले डुसान भ्लाओभिकको गोलबाट अग्रता लिएको थियो । उनले […]

February 20, 2021

लिड्समाथि वल्भ्सको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा दोस्रो हाफमा इलान मेस्लिएरले गरेको आत्मघाती गोल नै वल्भ्सको जितमा निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा एडमा ट्राओरेको प्रहारलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण […]

February 19, 2021

सचिनका छोरा अर्जुनले आइपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटमा सर्वोत्कृष्ट ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ खेल्ने भएका छन् । अर्जुनलाई बिहिबार चेन्नईमा सम्पन्न अक्सनमा मुम्बई इन्डियन्सले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । उनी पहिलो पटक अक्सनमा बिक्री भएका हुन् । मुम्बई सचिनको पूर्व […]

Success

Thank you for your time.