default_image

अन्तर्राष्ट्रिय

January 7, 2021

युभेन्टसले एसी मिलानलाई हरायो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबार राती साविक विजेता युभेन्टसले अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको एसी मिलानलाई लिगको पहिलो हार चखाएको छ । स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो । युभेन्टसको जितमा फेडेरिको किएजाले दुई गोल गर्दा अर्को गोल वैकल्पिक खेलाडी वेस्टन मकेनीको नाममा रहयो । […]

January 6, 2021

युनाइटेडविरुद्धको खेलअघि सिटीका ३ जनामा कोरोना

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनल खेलअघि सिटीका खेलाडी र स्टाफमा कोरोना देखिएको हो । सिटीले आज राति म्यानचेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्दैछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । […]

January 6, 2021

भारत र अष्ट्रेलिया दुवैलाई अग्रता लिने अवसर

एजेन्सी– चार टेष्ट खेलको सिरिज अन्तर्गत तेस्रो खेल बिहीबार सिड्नी क्रिकेट मैदानमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजे सुरु हुने छ । सुरुवाती दुई टेष्ट सकिँदा सिरिज १–१ को अवस्थामा छ । पहिलो टेष्टमा अष्ट्रेलिया र दोस्रोमा भारत समान ८ विकेटले विजयी भएका थिए । दुबै टोलीलाई सिरिजमा अग्रता लिने अवसर […]

January 6, 2021

म्यानचेस्टर युनाइटेड र सिटी भिड्दै

एजेन्सी – कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्ट युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल ओल्डट्राफोर्डमा नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग २५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । टोटेनहमले […]

January 6, 2021

भारतीय क्रिकेट टोलीमा रोहितको पूनरागमन

एजेन्सी – ओपनर तथा उपकप्तान रोहित शर्माले भारतीय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । बिहिबारबाट सिड्नी क्रिकेट मैदानमा सुरु हुने अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलबाट रोहितले भारतीय टोलीमा पूनरागमन गरेका छन् । अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलको लागि भारतले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । रोहित टेष्ट टोलीमा १४ महिनापछि उपकप्तानको रुपमा फर्किएका छन् । रोहितले […]

January 6, 2021

बार्सिलोनाका खेलाडीमा संक्रमण देखिएन

एजेन्सी – बार्सिलोनाका कुनै पनि खेलाडीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण नभेटिएको क्लबले जनाएको छ । ला लिगामा बुधबार एथलेटिक क्लबविरुद्धको खेलका लागि बार्सिलोनामा कुनै समस्या नरहने भएको छ । रोनाल्ड कोम्यानको प्रशिक्षण टोलीमा रहेका दुई सदस्यलाई कोभिड १९ संक्रमण पुष्टी भएपछि मंगलबारको अभ्यास र पत्रकार सम्मेलन स्थागित गरिएको थियो । त्यसपछि सबै खेलाडीको […]

January 6, 2021

पोचेटिनोको ध्यान ट्रान्सफरमा छैन

एजेन्सी – माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षक नियुक्त भएपछि डेले अलि र लिओनल मेस्सी त्यहाँ जान सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनी प्रशिक्षकले त्यसलाई पूर्ण रुपमा अस्वीकार पनि गरेका छैनन् । टोटेनहमका पूर्व प्रशिक्षक समेत रहेको पोचेटिनो मंगलबार पिएसजीको नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरिएको थियो । बुधबार लिग वानमा सेन्ट इटिनीविरुद्धको खेलबाट […]

January 6, 2021

रामोस र रियलबिच सहमति जुटेन

एजेन्सी – रियल म्याड्रिडसँगको सम्झौता नविकरणका विषयमा कप्तान सर्जियो रामोस अझै तयार भएका छैनन् । पछिल्ला छलफलहरु बाट दुई पक्ष सहमतीको निकै टाढा रहेको बताइएको छ । रक्षक रामोस र रियलका अध्यक्ष फलोरेन्टिनो पेरेजबीच छलफल भएपनि कुनै सहमति भने हुन सकेन । शनिबारला लिगाको खेल अघि उनीहरुबीच भालडेबेबासमा कुराकानी भएपनि त्यसले झन जटिलता बढाएको अनुमान […]

January 6, 2021

न्युजिल्यान्ड पहिलो पटक टेष्ट वरियता शीर्षस्थानमा

एजेन्सी – पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको छ । दुई टेष्ट सिरिजमा क्लिनस्विप गरेको न्युजिल्यान्डले भारत र अष्ट्रेलियालाई पछि पार्दै टेष्ट वरियतामा शीर्षस्थानमा उक्लिएको हो । न्युजिल्यान्ड १ सय १८ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा झरेको […]

January 6, 2021

टोटेनहम कारावाओ कपको फाइनलमा

एजेन्सी – च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २–० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे । पहिलो र […]

Success

Thank you for your time.