June 21, 2025
एजेन्सी – अमेरिकामा जारी क्लब विश्वकपमा चेल्सी पराजित भएको छ। समूह डीमा चेल्सी फ्लामिङोसँग ३-१ ले पराजित भएको हो। निकोलस ज्याक्सन खेलमा मैदान छिरेको ४ मिनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि चेल्सी दोस्रो हाफमा पूर्ण रूपमा धराशायी बन्यो । चेल्सीले १३ औं मिनेटमा पेड्रो नेटोको गोलमा अग्रता लिएको थियो । तर ब्रुनो हेनरिक ६२ र डानिलोले […]
June 20, 2025
एजेन्सी – ओपनर यशस्वी जैसवाल र कप्तान शुभमन गिलको शतकको सहयोगमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो टेस्टको पहिलो दिन शुक्रवार भारतले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो दिनको खेल सकिदा भारतले ३ सय ५९ रन बनाउँदा ३ विकेट गुमाएको छ । कप्तान गिल शतकमा र उपकप्तान ऋषभ पन्त […]
June 20, 2025
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड किलियन एम्बाप्पे ग्यास्ट्रोएन्टेराइटिसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। ज्वरोका कारण २६ वर्षीय फ्रान्सेली टोलीका कप्तान एम्बाप्पले मंगलवार प्रशिक्षण छुटाएका थिए । बुधवार मियामीमा भएको अल-हिलालविरुद्धको १-१ को फिफा क्लब विश्व कपको बराबरी खेल उनले खेलेनन्। रियलले एम्बाप्पेलाई ग्यास्ट्रोएन्टेराइटिसको कारण अस्पतालमा भर्ना गरेको बिहीवार जनाएको थियो । तर त्यसको केही घण्टापछि […]
June 19, 2025
एजेन्सी – रियल म्याड्रिडले बराबरीका साथ क्लब विश्वकपको सुरुवात गरेको छ। अमेरिका जारी क्लब विश्वकपको समूह जीमा अल हिलालसँग १–१ को बराबरी खेल्दा रियलका प्रशिक्षक ज़ाबी आलोन्सोको सुरुआत प्रभावहीन रह्यो। १५ पटकको युरोपेली च्याम्पियनले मियामीको हार्ड रक स्टेडियममा कुनै कुनै बेला मात्र लयमा देखिन्थ्यो।काइलियन एमबाप्पे ज्वरोका कारण अनुपस्थित हुँदा गोंजालो गार्सियाले ३४औं मिनेटमा गोल गर्दै […]
June 18, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ। २०१६–१७ पछि पहिलोपटक […]
June 18, 2025
एजेन्सी – इटालियन टोली इन्टर मिलानले च्याम्पियन्स लिग फाइनल हारेको पहिलो खेलमै बुधवार विश्वकपको उद्घाटन खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको छ । अनुभवी स्पेनी स्टार सर्जियो रामोसले पहिलो हाफमा एक शानदार हेडरमार्फत मोन्टेरेका लागि गोल गरे ।इन्टरका लागि लउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काए। ४२औं मिनेटमा कार्लोस अगस्टोको पासमा सहज […]
June 17, 2025
एजेन्सी- लियाम डेलापले चेल्सीको तर्फबाट डेब्यु गरेको क्लब विश्वकपको पहिलो खेलमा चेल्सीले लस एन्जलस एफसीमाथि २-० को जित हासिल गरेको छ। अटलान्टाको मर्सिडीज-बेन्ज स्टेडियममा भएको खेलमा हजारौं खाली सिट खाली थिए। ३४ औं मिनेटमा मा पेड्रो नेटोले नजिकको पोस्टमा गरेको प्रहारले गोलको खाता खोलेका । एन्जो फर्नान्डेजले ७९ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरे। […]
June 16, 2025
एजेन्सी – इटालीले पूर्व मिडफिल्डर जेन्नारो गट्टुसोलाई आफ्नो नयाँ प्रशिक्षक नियुक्त गरेको छ। एसी मिलानका पूर्वमहान खेलाडी गट्टुसोले लुसियानो स्पालेत्तिको स्थान लिने छन् । उनलेले गत हप्ता पत्रकार सम्मेलनमा आफूले पद छाडेको घोषणा गरेका थिए। ४७ वर्षीय गट्टुसोले इटालीका लागि ७३ खेल खेलेका छन् । उनी सन् २००६ मा विश्वकप जित्ने टोलीका सदस्य हुन् । […]
June 16, 2025
एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०-० ले पराजित गरेको छ। क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो । भिन्सेन्ट कम्पनीको नेतृत्वमा रहेको बायर्नले पूर्ण रुपमा खेलमा नियन्त्रण बनायो। जमाल मुसियालाले ह्याट्रिक र थोमस मुलरले २ गोल गरे। क्लबबाट बिदाइको तयारी गरिरहेका मुलरका लागि […]
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतवार बधाई दिएको छ। भुटानको थिम्पूमा जेठ ३० र ३१ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको थियो। महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्। शीला ठकुरीले, पुरुष ५५ केजी तौलसमूहमा […]